काठमाडौं । मुलुकभर रहेका सात प्रदेश मध्ये चारमा नेकपा एमालेले सरकार बनाएको थियो । तर, साविक नेकपा खारेज र एमालेभित्रको किचलोका कारण प्रदेशहरुमा एमाले कमजोर बन्दै जान थालेको छ ।
एमालेले गण्डकी प्रदेशको सत्ता गुमाउन पुुगेको छ । एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएर पदमुक्त भएसँगै गण्डकीको सत्ता नेपाली कांग्रेसको हातमा पुुगेको छ ।
साढे तीन वर्षमै सत्तामा पुुगेका कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् । उनको नै नेतृत्वमा गण्डकी प्रादेशिक सरकार बनेको छ ।
यसको झट्का आन्तरिक लफडामा फसेको एमालेलाई नराम्ररी लागेको छ । विशेषगरी प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले झट्का महसुस गरेका छन् ।
प्रदेश १ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा एमालेको सरकार थियो । गण्डकीबाट फुत्किएको छ भने बाँकी प्रदेश १, बागमती र लुम्बिनीमा एमालेकै सरकार छ । जसमा संस्थापन ओली समूहकै मुख्यमन्त्री छन् ।
पार्टीको आन्तरिक किचलो र विवादले सत्ता विपक्षीको हातमा पुुग्ने पाठ सिकेपछि बागमती प्रदेशमा भने एमालेको ओली र माधवुकमार नेपाल समूहबीच मेलमिलाप भएको छ । दुई समूहबीचको मेलमिलापले डोरमणि पोडेल नेतृत्वको सरकार सुरक्षित भएको छ ।
