काठमाडौं । अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोनाभाइरस विरुद्धको खोप पठाउने भएको छ ।
अमेरिकाका सरकारी अधिकारीले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने बताएको समाचार संस्था रोयटर्सले जानकारी दिएको छ ।
१५ लाख डोज जोन्सन एण्ड जोन्सनको खोप शनिबार (अमेरिकी समयअनुसार शुक्रबार) नेपाल पुग्ने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई रोयटर्सले जनाएको छ । सो परीमाणको खोप शनिबार नेपाल आइपुग्ने बताइएको छ ।
विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने अमेरिकी सरकारको घोषणाअनुसार नेपाललाई उक्त परिमाणमा खोप उपलब्ध गराउन लागिएको हो ।
साथै अमेरिकाले मोडर्नाको पाँच लाख डोज भुटानलाई पनि उपलब्ध गराउन लागेको रोयटर्सले जनाएको छ । यसअघि शुक्रबार चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।
