पोहोरपरार असार साउन देखिनै दशै भन्दा ठूलो चाड ,तिजलाइ मानेर दर खान हिड्ने छिमेकी काकी यसपाली भने “तिज त झुर नै बनायो नि यो भाइरसले भन्दै गुनासो पोख्दै थिइन “।घरिघरी घरमै बसेर मोबाइलमा “बिचबिचमा” नाच्ने गित सुन्न बाहेक खासै कतै गएर नाच्ने मौका रहेन काकिलाइ यसपाली।
भदौ लागेदेखी आफ्ना लोग्नेसङ्ग माइत जानका लागि साइत खोज्ने अर्कि फुयाल्नी दिदी पनि यसपाली शान्त छिन् ।यसपाली लोग्नेसङ्ग भन्दा वडाअध्यक्षसङ्ग खोज्न पर्ने भो साइत दिदि भन्दै हाम्री आमासङ्ग भालाकुसारी गर्दैथिइन ।
फुयाल दाजु र छिमेकी काका भने यसपाली मस्त छन । हैन भने श्रीमतिहरुका तिजका शौख पूरा गर्दागर्दै भ्याइनभ्याइ हुने समय हुन्थ्यो बिगतका बर्षहरुमा यो बेला। “सहि मानेमा ,चैनी कोरोना भाइरस त प्रत्यक बर्षको तिजा आउन पर्ने कुरो रछ क्या” फुयाल दाजु र काका भेट हुदा अचेल यहि कुरा दोर्याउछन ।
कोरोना भाइरसले अहिले तिजलाइ ड्याम्मै छोपेको छ भन्दा खासै फरक नपर्ला । संक्रमणको जोखिम बढेको भनी विभिन्न ठाउमा पुनः निशेधाग्या जारी गरेपनी ,तिजमा हुने सम्भावित भिडभाड र त्यसबाट बढ्न सक्ने संक्रमणको जोखिम न्यूनीकरण गर्नलाई सरकारका विभिन्न स्थानिय निकायले स्वघोषित रुपमा लकडाउन गरेका छन ।
सरकारको यो निर्णय सार्है सराहनीय मानिएको छ । हैन भने पशुपतिनाथले सबैको रक्षा गर्छन भनेर ढुक्क हुँदै नेपालिले तिज राम्रै मनाउने थियौ ।कोरोनाको कारणले दु:खद निधन भएपछी सेनाको सहायताले पशुपतिनाथको विद्युतिय सवदाह गृहमा अन्त्यष्टी गरिने बाहेक ,यो बेलामा पशुपतिनाथको खासै ठूलो भुमिका रहदैन ।
सरकारले त दिनहु संख्या दिने मात्रै हो ।त्यसैले यस्तो बेलामा पनि सरकारको निर्णयलाई अवज्ञा गर्दै अनावश्यक भिडभाड गरियो भने त ,सरकारको त संख्या मात्र बढ्छ ।हाम्रो त पुरै जीवन घट्छ अनि हामिलाइ चाहनेवालाहरुमा त बज्रपात नै पर्छ ।
तिज त प्रत्यक बर्ष आउँछ ,अर्को बर्ष पनि आउँछ ।त्यसैले अहिलेको तिज मोबाइलमा गित बजाएर आफ्नै परिवारका सदस्यहरुका बिचबिचमा नै नाचौ ।अनि घरबाटै मेसेन्जरमा एकआपसमा भिडियो कल गरेर आफुआफुले आफ्नो घरमा दर खाउ ।हाम्रो महान चाड मध्यको एक तिजलाई यत्तिकै खेर जान दिनु पनि त भएन नि!
Ashok Sapkota
