• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

Corona virus बारे धेरै सोघेको २५ प्रश्न र उत्तरहरू- Dr. Kalyan Subedi


  •   बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
  • #१; Coronavirus सामान्य रुघा खोकीको virus हो आत्तिनु पर्दैन; media ले अनावश्यक उचालेको मात्र हो; बिदेशीको षडयन्त्र हो भन्ने सुन्छु।
    – Coronavirus सामान्य Flu जस्तै रुघा खोकी जस्तै virus हो तर अहिलेको virus बिरुद्ध हाम्रो शरीरले (ready-made) immune तयार पारी नसकेको हुँदा धेरै जसो बृद्धबृद्धा र दिर्घरोगिलाई यस बिरुद्ध लड्दै नयाँ immune को निर्माण गर्न सहज हुँदैन; उनीहरुको थकित र सिथिल शरीरले थाम्न सक्दैन।
    – अहिले संसारभर, निकै धेरै मेहेनत गर्दा पनि ७० नाघेका १०० जनामा करिब ४ को र ८० नाघेका १०० जनामा ९ जना जतिको ज्यान गएको छ । यदि virus फैलन रोकथाम गर्ने प्रयास गरिएन र सबै ठाउँमा सर्न दिईयो भने १०० जनामा coronavirus लाग्यो भने करिब १०-२० जनासम्म मर्न सक्छन। युवामा १०० जनामा १-२ जनासम्म मृत्यु हुन सक्छ। देशभर एकै पटक सबै घरमा फैलन दिने हो भने नेपालको सबै घरमा जुठो बार्नु पर्ने हुन सक्छ।

    Advertisement

    #२; Corona को उपचार छैन पनि भन्ने अनि उपचार सफल भयो पनि भन्ने?
    – प्राय कुनै पनि virus मार्ने औषधि हुँदैन। Corona virus लाई मार्ने औषधि पनि छैन। तर virus ले शरीरमा पार्ने असर कम गर्ने, virus बिरुद्ध लड्न शरीरलाई सहयोग गर्ने, virus शरीरमा फैलन कम गर्ने औषधि उपचार गर्न सकिन्छ। यसो गर्दा धेरैको ज्यान जोगिन्छ।

    #३; Mask लगाएर, Sanitizer प्रयोग गरेर, साबुनले हात धोएर, ६ फिट दुरी कायम गर्दा corona सर्दैन भने lockdown किन गरेको? डाक्टरहरु उपचार गर्न किन डराएको?
    – Mask, Sanitizer, साबुन पानी, ६ फिट दुरी आदि virus एकजनाबाट अर्कोमा फैलने प्रक्रिया कम गर्ने एक उपाय हो। देशभर सबैले प्रत्येक पटक यसो गर्न सक्यो भने lockdown गर्नु पर्दैन।
    – पर्याप्त PPE उपलब्ध र अन्य उपकरण/सुरक्षा पर्याप्त भयो भने कुनै पनि स्वास्थकर्मी hospital र clinic मा जान डराउदैनन् र उपचार गर्न जान छोड्नुहुन्न। स्वास्थ्य सेवा जागिर मात्र नभएर सेवा (धर्म) हुने हुँदा जसरी सैनिक युद्ध लड्न जान डराउँदैनन् स्वास्थकर्मी पनि उपचार गरौँ जान डराउँदैनन्। अमेरिकामा (२ हप्ता अघिको data हेर्दा) ९०० जना स्वास्थकर्मीले ज्यान गुमाईसकेका छन्। Corona भएको बिरामीको जति नजिक जति लामो समय बस्यो उति नै Corona सर्ने chance बढ्ने र उति नै धेरै virus एकै पटक शरीरमा छिर्ने हुन्छ र स्वस्थ शरीरले पनि थाम्न नसक्ने हुन्छ। यहि कारणले पनि स्वास्थकर्मीको मृत्यु हुने सम्भावना धेरै हुन्छ।

    #४; रोगी नभएको युवाले किन mask लगाउने? मलाई corona सर्यो भने मलाई लाग्छ म मर्छु त्यो मेरो कुरा हो अरुलाई के मतलब?
    – Coronavirus को लक्षण युवामा त्यति सार्हो नहुने, (धेरैलाई) १-२ हप्तासम्म सामान्य रुघा खोकी कै जस्तो लक्षण देखिने र सन्चो हुने हुन्छ। कसैलाई कुनै लक्षण अनुभब नहुन सक्छ। युवाले virus परिवार र छरछिमेकका बृद्धबृद्धा र दिर्घरोगिमा सारिदीन सक्ने हुनाले हामी युवा मतलबी हुनु भएन।

    #५; ६-फिटको दुरीले काम गर्ने भए mask किन लगाउनु पर्यो?
    – घर बाहिर (खुल्ला ठाउँमा) कम्तिमा ६ फिटको दुरी भयो भने mask लगाउनु पर्दैन। तर closed space, shopping center भित्र पर्छ। अर्को कुरा, कतिखेर को व्यक्ति आँफु नजिक आउँछ पत्तै नहुन सक्छ र हतारमा mask लगाउन नभ्याउन सकिन्छ। यस कुरामा ध्यान दिनुपर्छ।

    #६; बृद्धबृदाको त immunity कम भयो र ज्यान जाने भो; युवाको कसरी मृत्यु हुन्छ?
    – Coronavirus ले शरीरको सम्पूर्ण कोषमा आक्रमण गरेर कोषको अन्त्य गरेर ज्यान जाने होइन। त्यस virus ले केहि अंगमा जस्तै फोक्सोको कोषमा छिरेर आफ्नो संख्या बढाउने प्रक्रियामा केहि कोषहरु मर्दा, हाम्रो शरीरको भएभरको immune system ले attack गर्न खोज्दा virus मार्ने प्रक्रियामा आफ्नै शरीरका धेरै कोषहरुमा असर पुर्याउँदा मृत्यु हुने हो। (कुनै) युवाको हकमा प्रशस्त भएको immune कोषले उचित तबरले virus लाई मत्थर नपारेर uncontrolled immune reaction देखाउदा आफ्नै शरीरको फोक्सो damage गर्ने, blood clot को निर्माण हुने आदि हुन्छ र मृत्यु हुन्छ।

    #७; बेसारले virus मर्ने भए lockdown किन गरेको?
    – संसारका सम्पूर्ण फलेको फुलेको प्राकृतिक कुरामा हाम्रो शरीरमा चाहिने केहि न केहि गुण हुन्छ। सबै खाने कुरामा antiviral, antibacterial, antioxidant तत्वहरु हुन्छन तर ति कुराले रोगको अन्त्य वा virus मार्ने काम गर्दैनन्। शरीरलाई हल्का सहयोग मात्र गर्छ। बेसार खानु नराम्रो होइन। १०० जना युवामा करिब ९८ जनाको यत्तिकै पनि ज्यान जोगिने भएपछि ति सबैले संक्रमण हुँदा waiwai चाउचाउ खाएका थिए भने waiwai चाउचाउले ९८% रोगीको coronavirus रोग निको पार्यो भन्न पनि सकिन्छ; जुन सत्य हुँदैन।
    – Lockdown गर्नुको कारण केहि खाएर वा नखाएर मात्र corona को रोकथाम हुँदैन; एक अर्कामा फैलन नदिन सबैजना एकअर्काबाट पर बसौं भन्न खोजेको हो।

    #८; Corona सङ्क्रमित ब्यक्तिको शरिरमा भाइरस कति दिनसम्म बस्छ?
    – एकपटक संक्रमित भएपछि शरीरमा virus फैलने प्रक्रिया करिब २ हप्ता चल्न सक्छ। त्यसपछिको केहि हप्तासम्म Virus को केहि अबषेश (genetic material) शरीरमा रहन सक्ने हुँदा कसैको ३-४ हप्तासम्म पनि rtPCR test मा positive देखिन सक्छ। यदि virus positive देखिएको २ हप्ता भो र तपाईं राम्रै हिंडडुल गर्नु भएको छ भने तपाईंले अब virus लाई जित्नु भो। ३ हप्तामा मा त १००% guarantee गर्न सकिन्छ।

    #९; Corona सङ्क्रमित ब्यक्तिमा कुनै लक्षण देखिएन र isolation मा बसेको १४ दिन पछि पुन pcr test नगरी सङ्क्रमितलाई घर पठाउदा उक्त ब्यक्तिबाट अरुमा भाइरस सर्छ कि सर्दैन?
    – सम्भावना निकै कम छ। २१ दिन पछि सर्दैन भनेर १००% guarantee गर्न सकिन्छ।

    #१०; सानो उमेरमा pneumonia भएकोलाई कत्तिको असर गर्छ?
    – सानोमा जस्तो सुकै रोग लागे पनि तपाई अहिले दिनहु जसो खानु पर्ने कुनै पनि औषधि खानु परेको छैन; गएको ६ महिनामा कुनै पनि ठुला शल्यक्रिया भएको छैन भने तपाईं अरु सामान्य स्वस्थ व्यक्ति जस्तै हुनु भयो।
    – फोक्सो, मुटु, मृगौलाको रोगको लागि, diabetes को लागि नियमित जसो औषधि खानु हुन्छ र बेला बेलामा दमको समस्या भएर inhaler लिनु पर्ने हुन्छ भने तपाईं दिर्घरोगि हो भनेर बुझ्नुस। चुरोट पिउनु हुन्छ भने तपाईंलाई दिर्घरोगिलाई भन्दा ज्यादा असर गर्न सक्छ।

    #११; Corona बाट मृत्यु भएको ब्यक्तिलाई छुदा हामीमा corona virus सर्छ? यदि सर्छ भने कसरी?
    – मृत्यु भएको व्यक्तिको नाक र मुखबाट निस्किएको छिटाबाट र शरीरबाट निस्किएको अन्य तरल पदार्थबाट (बढीमा) १-२ हप्ता पछिसम्म Coronavirus सर्न सक्छ। मृत शरीर जांच गर्ने forensic medical professional को मृत्यु भएका घटना पनि छन्।
    – मृतकको अनुहार (पूर्ण रुपमा) ढाकीदिने वा clear plastic को bubble जस्तो (helmet जस्तो) कुराले अगाडीबाट ढाकीदिने हो भने + सुरक्षित रुपले शरीरको कपडा नयाँ परिवर्तन गरिदिने हो + १-२ जना बाहेक अन्य टाढा बस्ने + नजिक गएकाहरु २ हप्तासम्म isolation मा बस्ने हो भने अरुमा virus सर्नबाट रोक्न सकिन्छ।

    #१२; एकपटक लागेपछि फेरी अर्को पटक लाग्छ कि लाग्दैन ?
    – Virus ले करिब ६-१२ महिनामा केहि रुप परिवर्तन गर्छ। सोहि strain को virus पछि पनि आयो भने शरीरले उत्तिखेरै अन्त्य गरिदिन्छ। अलि फरक खाले भो भने पनि शरीरमा फैलिएला (test मा positive देखिएला) तर शुरुमा दुख दिएको जत्ति असर गर्दैन र अन्य सामान्य virus को जस्तो सामान्य रुघा खोकी जत्ति मात्र हुन सक्छ।

    #१३; बाहिर बजारमा सामान किन्न डराउनु पर्छ कि पर्दैन? खानेकुराबाट virus सर्छ कि सर्दैन?
    – Coronavirus तरकारी, फलफूल र माछा-मासुमा bacteria जस्तो संख्या बढ्ने र फैलने हुँदैन तर ति कुरा handle गर्ने वा भर्खर आँफू भन्दा अघि छोएको व्यक्तिले त्यसमा coronavirus सारेको रहेछ भने तपाईंमा सर्न सक्छ। त्यसैले सतर्कता अपनाउनु पर्छ। ति बस्तुलाई अन्य surface area जस्तो सोच्नुपर्छ। बजारका सामान छोएपछि हात अनुहारमा नलाने, घर पस्नु अघि साबुन पानीले हात धुने, मिल्छ भने ति सामानहरु घरको कुनामा राख्ने र १-२ दिन पछि मात्र प्रयोग गर्ने गर्यो भने डराउनु पर्दैन। उत्तिखेरै प्रयोग गर्नु पर्ने तरकारी माछा मासुलाई एकपटक राम्रोसंग पखाल्नुस, हात राम्रोसंग धुनुस। तापक्रम निकै बढेको हुनाले पहिले जस्तो डर छैन। लामो दुरीबाट आउने सामानको surface मा virus सरेको भए आउँदा आउंदै मरेको हुन्छ केहि घण्टा वा दिनमा। Coronavirus कै कारण बजारका सामान किनेर प्रयोग गर्न डराउनु पर्दैन। मैले supermarket जाँदा mask लगाएर जान्छु, पहिले shopping cart को handle sanitize गर्छु, नकिन्ने सामान छोएर चलाएर बस्दिन, अरुले धेरै चलाउने समान paper towel ले grab गर्छु, निस्कने बित्तिकै दुवै हात alcohol based sanitizer ले सफा गर्छु र घर पस्ने बित्तिकै साबुन पानीले हात धुन्छु। पानीको मामलामा, पानीबाट फैलदैन तर बाहिरी bottle वा jar को surface बाट फैलन सक्छ।

    #१४; के फरक देशमा फरक coronavirus छन्?
    – फरक strain भएको COVID-19 हुन सक्छन तर अहिलेसम्म देखिएको सबैखाले strain का coronavirus हरु एकै तरिकाले असर गर्ने खालका छन्। Theoretically, एकपटक virus पसेपछि संख्या बढ्ने क्रममा प्रत्येक व्यक्तिमा फरक फरक strain भएर निस्कन सक्ने सम्भावना रहन्छ।

    #१५; एकजना corona positive भएको व्यक्तिसंग नजिक हुनेहरु कसैलाई positive देखिने कसैलाई नदेखिने कसरी हुन्छ?
    – नजिक हुँदैमा १००% सर्छ भन्ने हुँदैन; probability धेरै हुने मात्र हो। नाक र मुखबाट निस्किएको Virus भएको छिटा कस-कसको शरीरमा पर्यो, शरीरबाट (हात वा अन्य माध्यमले) virus नाक र मुख भित्र कस कसको छिर्यो, शरीरमा छिर्ने बित्तिकै immune system ले कसकसको तुरुन्तै मत्थर पारिदियो वा फैलिएर गयो भन्ने आधारमा positive र negative देखिन सक्छ।

    #१६; साबुन पानीले हात मात्र धुनु पर्ने हो कि अन्य भाग पनि धुनु पर्ने हो? Dettol ले virus मार्छ?
    – सकेसम्म शरीरको छाला देखिने भाग सबै सफा गर्नु पर्छ र कपडा पनि धुनु पर्छ। शरीरको अन्य भागमा भएको virus हातले नाक र मुखमा लान सक्ने हुनाले सबै भन्दा धेरै हात धुनु पर्ने हुन्छ।
    – सबै देशमा dettol मा हुने ingredient र त्यसको concentration उही नहुन सक्छ। Hand sanitizer नभएको र हात धुन नमिल्ने अवस्थामा वा bleach वा अन्य product ले घरका सामानहरु सफा गर्न नपाएको अवस्थामा dettol प्रयोग गर्दा हुन्छ। Dettol ले अन्य रुघा खोकीको virus लाई मार्ने हुँदा covid-19 लाई पनि मार्ने खुबी हुन सक्छ भनेर Dettol को webiste मा लेखेको छ।

    #१७; Isolation भनेको कस्तो हुनु पर्छ?
    – यदि सबै corona positive मात्र isolation मा बसेको हो भने बसेको ठाउँबाट १४-२१ दिनसम्म बाहिर ननिस्किने। उचित आहार, ब्यायाम र रमाइलो काम कुरा हरु गर्ने गर्नुपर्छ।
    – यदि test नगरी संकाको भरमा मात्र isolation मा राखेको हो भने अन्य positive भएको व्यक्तिबाट आँफुमा सर्न नदिन सबैबाट कम्तिमा ६ फिट पर हुनु पर्यो; अरुले छोएको ठाउं पूर्ण रुपमा sanitize नगरी आँफु जाने वा छुने गर्नु भएन; खाने-पकाउने ठाउं, बस्ने कोठा र सौचालय personal हुनु पर्यो अरुले share गर्ने खालको हुनु हुँदैन।

    #१८; यो corona ले कहिलेसम्म दुख दिने हो ?
    – सम्पूर्ण बृद्धबृद्धा, दिर्घरोगी, स्वास्थकर्मी र कम्तिमा ५०% अन्य सर्बसाधारणले vaccine नलगाउँदासम्म अहिलेको स्थिति नै रहने छ र सोहि अनुसार तयारी गर्नु पर्छ। अझै कम्तिमा ४ महिना सतर्क हुनु पर्छ।

    #१९; Ventilator ले कसरी संक्रमण घटाउँछ?
    – Virus ले फोक्सोमा असर पुर्याएपछि फोक्सो भित्र oxygen नपुग्ने र शरीरले oxygen नपाउने हुनाले शरीरका अन्य अंगले पनि काम गर्न छोड्ने स्थितिमा Ventilator को सहायताले oxygen delivery गर्ने काम गर्छ। अरु अंग पहिले देखि नै रोगि र थकित थिएनन् भने ventilator को सहयोगले ज्यान धेरैको जोगाउन सकिने हुन्छ। यसले संक्रमण घटाउँदैन फोक्सो भित्र oxygen deliver मात्र गर्छ।

    #२०; मलाई corona positive देखियो। अब मैले के गर्ने?
    – तुरुन्त isolation मा बस्नुस। यदि तपाईंलाई कुनै दिर्घरोग छैन, सास फेर्न गार्हो भएको छैन र सामान्य हिडडुल गर्न सक्नु भएको छ भने तपाईं आत्तिनु पर्दैन। नियमित खानेकुराहरु प्रसस्त खाने, पानी पिउने, rest र exercise को balance मिलाउने, रमाइलो activities हरु गरेर mind distract गर्ने आदि गर्नुस। जब सास फेर्न निकै गार्हो हुन्छ र केहि पाइला हिंड्दा पनि लड्छु जस्तो हुन्छ भने hospital जानु पर्छ र oxygen र अन्य औषधि उपचार लिनु पर्ने हुन सक्छ।

    #२१; मेरो घर नजिक स्वास्थ्यकर्मी बस्छन। उनीहरुलाई corona लागेको छ भने म जोगिन के गर्नु पर्छ?
    – उनीहरुलाई cornona लागेको नै छ भन्ने प्रमाणित छ भने साएद उनीहरु Isolation मा बसेका छन्। बाहिर नै निस्किएको भए पनि ६ फिट पर हुनु भयो भने तपाईंमा सर्दैन ढुक्क हुनुस। एकै कोठोमा हुनु भयो भने पनि दुवैले mask लगाउनु भयो र पछि साबुन पानीले हात धुनु भयो भने केहि हुदैन। यो virus हावामा उडेर फैलन सक्दैन। सोझै अगाडी हाच्छ्यु गर्दा तपाईंको अनुहारमा परेन भने तपाईंलाई केहि हुँदैन।

    #२२; विदेशमा भन्दा नेपालमा किन मृत्युदर कम छ ?
    – नेपालमा सुरु देखिनै सतर्कता अपनाइयो। बृद्धबृद्धा र दीर्घरोगीहरु पनि सचेत भए। युवाको मात्र चहल पहल धेरै थियो। युवामा मृत्युदर निकै कम हुने हुनाले समग्रमा विदेशमा भन्दा नेपालमा मृत्युदर कम देखिएको हो तर अब बढ्ने सम्भावना धेरै छ।

    #२३; सामान्य साबुनले corona भगाउन सकिन्छ भने यति साबुन जतिको औषधि पनि किन पत्ता लगाउन नसकेको?
    – शरीरको बाहिरी भागमा सामान्यतय virus, bacteria मार्ने धेरै chemical हरु हाम्रो छालाले सहन्छ; छालाको तह बाक्लो र मजबुद हुन्छ । सोहि कुराले फोक्सोमा पसिसकेको virus मार्न पनि सकिन्छ तर फोक्सोको नरम र कलिला कोषहरु damage भएर सोहि कारणले झन् चांढो मृत्यु हुन्छ।

    #२४; संसारका धेरै डाक्टरहरु corona नै hoax (छल/ झुटो) हो भन्छन।
    – दुखदको कुरा सबै भन्दा धेरै यस्तो समस्या अमेरिकामा छ र त्यसपछि भारतमा छ। कतिपय स्वास्थकर्मीहरु corona को कारण आफ्नो private practice र अन्य side business मा घाटा परेको, कोहि पहिले देखिनै चर्चामा आउन यस्तै यस्तै मनगणन्ते कुरा गर्ने गर्थे र तिनैले अहिले पनि मौका छोपेका हुन्। अन्य संघ-संस्था राजनीति जस्तै स्वास्थ्य सेवामा पनि जनतालाई गलत सूचना दिएर भए पनि आफ्नो आर्थिक स्थिति बलियो बनाउने केहि हुन्छन।

    #२५; पहिले देखि अन्य virus हुन्थे भने mask किन नलगाएको ? दुरी किन नराखेको?
    – Mask लगाउनु पर्थ्यो र दुरी कायम गर्नु पर्थ्यो। त्यहि नगरेको कारण धेरैलाई रुघा खोकी सर्ने गर्छ। अमेरिकामा (म बसेको ठाउँमा) स्कूलको शिक्षकले virus को कारणले रुघाखोकी लागेको बिद्यार्थीलाई घरमा फिर्ता पठाई दिन्छन तर allergy को कारणले हो भने बस्न दिन्छन।

    Dr. Kalyan Subedi, DNP, PMHNP

    बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ
    वामन द्वादशीः भगवान् विष्णुको वामन अवतार भएकाे दिन
    १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने
    Vijay Subedi
    राजनीतिमा विरलै भेटिने म्यानेजर : विजय सुवेदी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.