चितवन । फड्के किराको संक्रमणका कारण धानबाली विनाश भएकाले निराश भएका माडीका एक किसानले खेतमा आगो लगाएका छन् ।
माडी नगरपालिका वडा नं. १, अम्बावास निवासी कृषक खेमराज लामिछानेले धानमा फड्के किराको प्रकोप बढेपछि बोटमै आगो लगाइदिनु भएको हो । अरुको जमीनमा अधिया धानखेत गर्नुहुने उहाँको करीब १५ कठ्ठा धान फड्के किराका कारण विनाश भएको थियो ।
हाल माडीका अधिकांश धानखेतहरुमा फड्के किराको संक्रमण देखापरेको छ । किराले धानको पात तथा काण्ड चुसेर खाइदिनाले धानका बिरुवाहरु गाँजिन र बढ्न नसकेका, बाली लाग्न नसकेका तथा परालजस्तै भई सुकेर मर्ने समस्या देखिएका कारण उत्पादन घट्ने चिन्तामा पिरोलिएका हुन् ।
साभार स्वदेश न्युज
