नेकपा प्रचण्ड नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले रिहा पछि सरकारले चौतर्फी दबाब थेग्न नसकेको बताएकी छन् ।
बिहीबार दिउँसो पक्राउ परेकी उनले साँझ श्रीमन पशुपति पुरीको जिम्मा जमानीमा उनी रिहा भएकी हुन् । उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाउने उद्घोष गरिन् ।
‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाइन्छ’, रिहा भएपछि उनले भनिन् ।
