राष्ट्रपति विद्या भण्डारीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा भएकी छिन् ।
बिहीवार दिउँसो १ बजे शंखमुलस्थित निवासबाट पक्राउ परेकी झाँक्री साँझ सवा ६ बजे रिहा भएकी हुन् ।
पक्राउ परेकी झाँक्रीलाई महानगरीय अपराध महाशाखा मीनभवनमा राखिएको थियो ।
‘संवैधानिक राष्ट्रपतिप्रति मेरो सम्मान रहेको छ, हिजो, आज र भोलि पनि उत्तिकै रहनेछ । संविधानमा भएको व्यवस्थाअनुसार अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको हकको उपयोग गरेकी हुँ भन्ने लिखित बयान दिएपछि रिहा गरेका हौं,’ महाशाखाका एसएसपी दीपक थापाले लोकान्तरसँग भने ।
