एनआईसी एसिया र ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँमाथि
काठमाडौं। एनआइसी एसिया र ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँ माथी पुगेको छ।
सोमबार नेप्सेले ऐतिहासिक उचाई बनाउँदै २५८६ अंक पुगेपछि एनआइसी एसिया र ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँ माथि पुगेको हो।
११ करोड ५६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको एनआईसी एसिया बैंकको बजार पुँजीकरण एक खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। बैंकको सेयर प्रतिकित्ता ९१७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
त्यस्तै, २१ करोड ६३ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब दुई अर्ब रुपैयाँ पुगेको छ। बैंकको सेयर प्रतिकित्ता ४७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल टेलिकमको बजार पुँजीकरण यसअघि नै एक खर्ब रुपैयाँमाथि रहेको छ।
सोमबार समग्र बजार पुँजीकरण पनि ३५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। फ्लोर पुँजीकरण पनि १२ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
