चितवनको महानगर फलफुल तथा तरकारी बजारमा पनि क्युआर, एनएमबि बैंकले गर्यो हस्तान्तरण
चितवनको महानगर फलफूल तथा तरकारी बजारमा पनि क्युआर कोडबाट भुक्तानी सुरु भएको छ।
एनएमबि बैंकको अग्रसरतामा क्युआर कोडबाट भुक्तानी सुरु भएको हो। बैंकको वागमति प्रदेश प्रमुख गणेश पराजुलीको सभापतित्वतामा महानगर फलफूल तथा तरकारी बजार क्षेत्रपुरका व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरिएको छ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवं महानगर फलफूल तथा तरकारी बजारका प्रवन्धक निर्देशक थिर प्रसाद धितालले क्युआरका कारण भुक्तानी अझ सहज भएको बताए।
राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख रहेको बैंकले जनाएको छ।
