काठमाडौं। टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बुधबारदेखि फागुन १६ गतेसम्म ग्लोबल सर्भिस क्याम्प संचालन गरेको छ। टाटाका कमर्सियल भेहिकलका लागि यो क्याम्प गरेको हो।
कम्पनीका अनुसार सर्भिस क्याम्प विहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म संचालन हुनेछ। कम्पनीले गत मंसिर २८ गतेदेखि गरेको सर्भिस क्याम्पको यो तेस्रो चरण रहेको जनाएको छ। सिप्रदी कमर्सियल गाडीका ग्राहक सेवा प्रमुख साम्देन छिरिंग लामाका अनुसार ग्लोबल सर्भिस क्याम्प ग्राहकका लागि लाभदायक भएको बताउँदै ग्राहककै आग्रहमा तेस्रो चरणको क्याम्प सचालन गरेको बताए।
उनले १० दिने क्याम्पमा पहिला छुटेका ग्राहकले अवसरको फाइदा उठाउन आग्रह गरे। यो क्याम्प विश्वका ४५ मुलुकमा भइरहेको छ। नेपालका ४८ विभिन्न स्थानमा क्याम्प संचालन हुनेछ। सर्भिस क्याम्पमा गाडीको चेकजाँच हुनेछ।
यो अवसरमा लेवर चार्जमा २५ प्रतिशत छुट, नि:शुल्क इन्जिन आयल टपअप, टाटा जेन्युइन स्पेयर्स पार्टसमा १० प्रतिशत, लुब्रिकेन्टसमा १८ प्रतिशत, स्पेयर्स पार्टसमा ६ महिनाको वारेन्टी, नि:शुल्क कम्प्युटर डाइग्नोसिस र सर्भिसिङमा आउनेलाई दुई सय रुपैयाँको मोबाइल रिचार्ज समेत गरिने कम्पनीले जनाएको छ।
