• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

डाक्टरसँग जँचाउँदा अब परामर्श शुल्क नै ९९० रुपैयाँसम्म तिर्नुपर्ने, न्युनतम ३७० रुपैयाँ


  •   बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) ले चिकित्सकहरुको नयाँ परामर्श शुल्क सार्वजनिक गर्दै देशभरका चिकित्सकलाई फागुन ४ बाटै यसलाई कार्यान्वयन गर्न सूचना जारी गरेको छ ।

    Advertisement

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग गत माघ ४ मा भएको सम्झौताबमोजिम परामर्श शुल्क कार्यान्वयनमा नआएपछि अफिन र चिकित्सक संघले संयुक्त वैठक गर्दै एकतर्फी रुपमा निर्धारित शुल्क सार्वजनिक गरेका हुन् ।

    चिकित्सकहरुका यी दुई छाता संगठनले जारी गरेको संयुक्त विज्ञप्तीअनुसार डीएम/एमसीएच गरेर पाँच वर्षभन्दा बढीको अनुभव तथा एमडी, एमएस, एमएस गरी कम्तिमा १० वर्षका अनुभवी चिकित्सकले हरेक बिरामीबाट कम्तिमा ८२५ रुपैयाँ परामर्श शुल्क निर्धारण गरिएको छ ।
    डीएम/एमसीएच गरेर पाँच वर्षको अनुभव पुगेकाले भने कम्तिमा ७७० रुपैयाँ शुल्क लिन सक्ने भनिएको छ ।

    यस्तै, विज्ञप्तीअनुसार एमडी/एमएस/एमएस गरी पाँच वर्षको अनुभव पुग्ने चिकित्‍सकले एक बिरामीवापत न्यूनतम ६६० रुपैयाँ र पाँच वर्षभन्दा माथि ९ वर्षको अनुभव भएकाले कम्तिमा ७०० रुपैयाँ लिन पाउनेछन् ।

    साथै, मेडिकल शिक्षामा डिप्लोमा गरेर ५ वर्षको अनुभव हुनेले न्यूनतम ५१५ रुपैयाँ र त्योभन्दा बढीको अनुभव भएकाले न्यूनतम ५९० रुपैयाँ परामर्श शुल्कका रुपमा लिनसक्ने भनिएको छ ।

    एमबीबीएस/बीडीएस गरी कम्तिमा पाँच वर्षभन्दा बढी अनुभव भएका चिकित्सकले ४५० रुपैयाँ र पाँच वर्ष अनुभवीले ३७० रुपैयाँ परामर्श शुल्क लिन पाउने भनि तोकिएको छ ।

    नेपाल सरकारको २०५९ मंसिर २४ को निर्णयको हवाला दिँदै स्‍तरीय नर्सिङ होम तथा अस्पतालहरुले माथिका सबै शुल्कमा अझ २० प्रतिशत बढी शुल्क लिन पाउने विज्ञप्तिमा भनिएको छ । शैक्षिक योग्यता र अनुभवका हिसाबले सबै वर्गका चिकित्सकले लिने परामर्श शुल्कमा यो लागु हुनेछ ।

    यसअनुसार सबैभन्दा माथिल्लो तहको चिकित्सकले एउटा बिरामी जाँचेबापत परामर्श शुल्कका रुपमा ८२५ रुपैयाँमा थप २० प्रतिशत (१६५ रुपैयाँ) अर्थात् ९९० रुपैयाँसम्म लिन पाउनेछ ।

    मन्त्रालयले २०७१ भदौ ११ मा मन्त्रीस्तरीय निर्णय गरी चिकित्सकले बिरामी जाँच गरेवापत परामर्श शुल्क लिन पाउने व्यवस्था गरेको थियो । २०७१ असोज १ बाट लागू भएको चिकित्सकले बिरामी जाँचमा लिने शुल्क प्रत्येक २/२ वर्षमा पुनरावलोकन हुँदै आएको छ ।

    सोहीबमोजिम चिकित्सकहरुको परामर्श शुल्क पुनरावलोकन गर्न गठित समितिले करिब एक वर्षअघि परामर्श शुल्क सिफारिस गरेर नेपाल मेडिकल काउन्सिलमा पठाएको थियो । काउन्सिलको पूर्ण बैठकले समेत उक्त शुल्क अनुमोदन गरेपछि यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश भएको थियो ।

    तर एक वर्ष बितिसक्दा पनि समय सापेक्ष परामर्श शुल्क परिमार्जन नगरिएको स्वास्थ्यका ट्रेड युनियन तथा पेशागत संघठनहरुको संयुक्त संघर्ष समिति विरोधमा उत्रिएको थियो । सोपछि समितिसँग स्वास्थ्य मन्त्रालयले २०७७ माघ ४ गते सम्झौता गर्दै चिकित्सकहरुको परामर्श शुल्क ३० दिनभित्र लागू गर्ने प्रतिबद्धता जनाएको थियो ।

    त्यसका बाबजुद उक्त एक महिनाको अवधि बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) ले संयुक्त बैठकबाट नयाँ शुल्क सार्वजनिक गरेको छ ।

    फागुन ४ गते बुधबारदेखि नै लागु हुनेगरी तय गरिएको उक्त चिकित्सक परामर्श शुल्क राष्ट्र बैंकको मुद्रा स्फीति दर तथा परामर्श समितिले सिफारिस गरेको शुल्कलाई नै आधार मानेर निर्धारण गरेको विज्ञप्तिमा जनाइएको छ ।

    साथै, निजी क्षेत्रबाट संचालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रुपमा नियुक्ति लिई सेवा पुऱ्याउने मेडिकल अफिसर (हाउस अफिसर) हरुको पारिश्रमिक न्यूनतम ४२ हजार रुपैयाँ हुनेगरी कार्यान्वयन गर्न पनि सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई दुई संस्थाको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

    अफिनका अध्यक्ष बसन्त चौधरी हुन् भने नेपाल चिकित्सक संघमा डा. लोचन कार्की अध्यक्ष छन् ।

    बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.