• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कम क्षमताका विद्युतीय गाडीको बिक्री बढ्यो, महिन्द्राले एक महिनामै बेच्यो १० वटा इभी


  •   बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित
  • काठमाडौं। भन्सार दर बढेर लामो समयदेखि बिक्री प्रभावित भएको विद्युतीय गाडीको बजारमा सुधार आउन थालेको छ।

    Advertisement

    यतिबेला ५० किलोवाटभन्दा माथिको क्षमता भएका विद्युतीय गाडी (इभी) को माग कम भए पनि त्यसभन्दा कम क्षमताका गाडीको बिक्री उत्साहप्रद रूपमा हुन थालेको व्यवसायीहरुले बताएका छन्।

    नेपालमा महिन्द्रा, हुन्डाइ, किया, एमजी लगायत ब्रान्डका आधिकारिक बिक्रेता कम्पनीहरूले विद्युतीय गाडीको कारोबार गर्दै आएका छन्।

    सवारी साधनको उच्च खपत गर्दै गएका संसारका विभिन्न मुलुकका सरकारले प्रदूषण र इन्धनको खपत घटाउन विद्युतीय सवारी प्रवर्द्धन गर्ने घोषणा गरेसँगै पछिल्ला केही वर्षयता विश्वका अधिकांश प्रख्यात अटोमोबिल उत्पादकको ध्यान इभी उत्पादनतर्फ मोडिएको छ । विशुद्ध रुपमा इभी मात्र उत्पादन गर्नेगरि नयाँ कम्पनीहरु समेत विश्व अटो इन्डष्ट्रिमा छिरेका छन् ।

    नेपालमा भने विद्युतीय  सवारी प्रयोगलाई प्रवर्द्धनलाई अभियानकै रुपमा लैजाने तदरुकता सरकारले देखाएको छैन । यसकारण पनि उपभोक्ताको तहबाट इभी प्रयोगमा रुचि देखाएको भए पनि यसको प्रयोगकको क्रम भने नेपालमा केही सुस्त छ। यद्यपि, इभीतर्फ विस्तारै झुकाव बढ्दै गएको भएपनि पछिल्लोपटक यसको अन्तःशुल्क दर वृद्धि गर्दा विद्युतीय सवारी प्रवर्द्धनमा सरकार अनुदार भएको भन्दै आलोचना भएको थियो।

    यसका बाबजुद विस्तारै बजारमा सुधारका संकेत देखिँदा व्यवसायी आशावादी भएका छन्। विद्युतीय गाडीको माग क्रमिक रुपमा बढ्दै गएको महिन्द्रा इभीको आधिकारिक बिक्रेता अग्नि इनर्जीले जनाएको छ।

    एक महिनाको अन्तरालमा यसले १० वटा विद्युतीय गाडी बिक्री गरिसकेको कम्पनीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले बताए। ‘तीन महिनाअघिसम्म इलेक्ट्रिक गाडीको माग थिएन। हामीले ट्रायल गरौँ भनेर १० वटा गाडी आउटलेटमा ल्याएका थियौं,’ उनले भने, ‘ती सबै गाडी बिक्री भइसकेका छन्। अब दोस्रो लटमा प्रवेश गर्न लागेका छौं।’

    भारतमा महिन्द्राको पेट्रोल डिजल भेरियन्ट अन्तर्गतका गाडीको मूल्यवृद्धि भए पनि नेपाली बजारमा महिन्द्राको विद्युतीय गाडीमा भने मूल्यवृद्धि नभएको उनले बताए। अग्निले नेपाली बजारमा महिन्द्राको इटुओ प्लस र भेरिटो बिक्री गर्दै आएको छ। भण्डारीका अनुसार हाल इटुओको नेपाली बजार मूल्य २९ लाख २५ हजार रुपैयाँ छ भने भेरिटोको ३९ लाख ८० हजार रुपैयाँ छ।

    कम्पनीले १९ किलोवाट र ३१ किलोवाटको क्षमताको विद्युतीय गाडी बिक्री गर्दै आएको छ। भेरिटोको तुलनामा इटुओको माग उल्लेख्य रहेको उनले बताए। तीन महिनाअघि कम्पनीले झिकाएको करिब ५० वटा गाडी भित्रिन पाएका थिएनन्।

    नेपालमा बिक्री हुँदै आएका विद्युतीय गाडीअन्तर्गत हुण्डाइको कोना र किया निरोको माग भने अपेक्षाकृतरूपमा उत्साहजनक भइनसकेको सम्बद्ध कम्पनीका प्रतिनिधिले जनाएका छन्।  तैपनि निराश हुनुपर्ने अवस्था  नरहेको र विद्युतीय गाडीहरू फाट्टफुट्ट बिक्री भइरहेको उनीहरुको भनाइ छ ।

    विद्युतीय सवारीमा पूर्वअर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत बढाएको अन्तःशुल्कको दर केही महिनाअघि मन्त्रिपरिषदले घटाइदिएको थियो। नेपालमा तुलनात्मकरूपमा विद्युतीय सवारी सस्तो हुन नसक्दा अपेक्षितरूपमा प्रयोगकर्ता बढ्ने क्रम निकै सुस्त छ।

    ५० किलोवाटसम्मको गाडीमा ३० प्रतिशत अन्त:शुल्क लाग्दै आएकोमा घटाएर ६ प्रतिशत, ५० देखि सय किलोवाट क्षमताकोमा ४० बाट १० प्रतिशत, सयदेखि १५० किलोवाटकोमा ५० बाट १५ प्रतिशत र १५० देखि दुई सय किलोवाटको विद्युतीय गाडीको अन्त:शुल्क ६० बाट ४५ प्रतिशत बनाइएको छ।

    यस्तै,  दुई सयदेखि तीन सय किलोवाटका गाडीको अन्त:शुल्क ७० बाट ५२ प्रतिशत र त्यसभन्दा बढी क्षमताका विद्युतीय सवारीमा लाग्दै आएको ८० प्रतिशत अन्तःशुल्कलाई सरकारले ६० प्रतिशतमा झारेको थियो।

    बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.