काठमाडौं । एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी पुन नियुक्त भएका छन्। चार बर्षअघि चैतबाट प्रमुख कार्यकारी भएका केसीलाई चार बर्षका लागि पुन नियुक्त गरिएको हो।
केसी चार बर्षअघि एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत थिए। ३१ बर्ष बैंकिङमा बिताएका केसीले तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट करियर सुरु गरेका हुन्। सन् २००८ मा उनी फाइनान्सियल मार्केट हेड भएपछि एनएमबीमा नायव महाप्रबन्धकका रुपमा छिरेका थिए।
केही बर्षपछि नै उनलाई बैंकले नायव प्रमुख कार्यकारी अधिकृत बनाएको थियो। त्यसपछि उनी प्रमुख कार्यकारीमा बढुवा भएका थिए।
स्नातकसम्म विज्ञान पढेका केसीले पछि एमबिए गरेका हुन्। केसीले बैंकलाई ‘डिजिटलाइज्ड’ गर्दै अगाडि बढाइरहेका छन्। केसीकै पहलमा बैंकले भ्यालु एड बैंकिङको सुरुवात गरेको हो।
केसीले भ्युलु एड बैंकिङको माध्यमबाट उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै आत्मनिर्भर अर्थतन्त्रको पक्षमा काम गर्दै आएका छन्।
केसी नेतृत्वमा आएपछि बैंकको ब्यापार बृद्धि ह्वात्तै भएको छ। उनले केही सफल मर्जरको पनि नेतृत्व गरेका थिए। बैंकले उनको पालामा सर्वाधिक ३५ प्रतिशतसम्म लाभांश दिएको थियो। बैंकले गत बर्षको नाफाबाट मात्रै १६.२ प्रतिशत लाभांश वितरण गरिसकेको छ।
केसीले बैंकको नेतृत्व लिँदा निक्षेप साढे ८० अर्ब र ऋण ७० अर्ब रुपैयाँ थियो। अहिले ऋण र निक्षेप एक खर्ब ४२ अर्ब रुपैयाँमाथि पुगेको छ। जगेडा कोषको रकम ८ अर्ब ७२ करोड पुगेको छ। उनले बैंक नेतृव गर्दा जगेडा कोषमा साढे पाँच अर्ब रुपैयाँ थियो।
