• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

उद्योगी दुगडलाई एक पछि अर्को लाभको पद, प्रधानमन्त्री ओलीसँगको निकटताले राजनीतिमा सफलता


  •   बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित
  • विराटनगर। विराटनगरका उद्योगी मोतीलाल दुगड २०७६ को मंसिरमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भए। १३ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले दुगडलाई राज्यमन्त्रीबाट हटाए।

    Advertisement

    राज्यमन्त्रीबाट हटाएका उनै दुगडलाई ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकार बनाए। ओली शक्तिमा आएपछि दुगडलाई काखी च्याप्दै आएका छन्। दुगड ओलीकै जोडबलले नेकपाको समानुपातिकतर्फबाट सांसद भएका थिए। ओलीले दुगडलाई पटक पटक लाभको पद दिएकोमा उद्योगी व्यवसायी समेत आश्चर्यमा परेका छन्।

    ‘दुगड राज्यमन्त्री बन्नुनै आश्चर्य थियो। तर राज्यमन्त्रीबाट हटाएको केही समयमै विज्ञहरुलाई राख्ने विशेष आर्थिक सल्लाहकार बनाएपछि दुगडले ओलीसँग धेरै ठूलो निकटता बनाएको देखिन्छ,’ विराटनगरका एक उद्योगीले भने, ‘दुगडको व्यापारीक साम्राज्य पनि ठूलो होइन्। तर उनी कसरी ओलीका प्रिय बने हामी पनि अचम्मित छौं।’

    दुगड राज्यमन्त्री बन्दा नेकपाभित्र असन्तुष्टी थियो। असन्तुष्टीका बीच राज्यमन्त्री बनेर कार्यभार सम्हाल्दा उनले भनेका थिए(‘आफू प्रधानमन्त्री ओलीको माया पाएर यो ठाउँमा आएको हुँ।’  दुगडको राजनीतिक यात्रा डेढ दशक अघिदेखि सुरु भएको हो। दुगड २०६४ सालको निर्वाचनमा नेपाल सद्भावना आनन्दीदेवीबाट समानुपातिकतर्फबाट सांसद भएका थिए।

    २०७० सालमा भने दुगडले नयाँ पार्टी खोल्ने भन्दै पत्रपत्रिकामा विज्ञापन समेत गरेका थिए। त्यतिबेला पार्टीको पद तोकेर विज्ञापन गरेका थिए। २०७० को चुनावमा उनको पार्टी नव नेपाल दलले जम्मा १३९८ मत मात्रै ल्यायो। आफ्नो दल असफल भएपछि दुगडले पार्टीलाई एमालेमा विलय गराएका थिए। पार्टी विलयपछि दुगडले ओलीसँग निकट बने। चुनाबका लागि आवश्यक आर्थिक जोहो गरिदिएपछि दुगड ओलीको निकट बन्न सफल भएको आरोप लगाउने पनि छन्।

    उद्योगी/व्यवसायीको समस्या आउँदा प्रधानमन्त्री ओलीले दुगडबाटै सुझाब लिन्थे। विराटनगरबाट आउने व्यापारीले प्रधानमन्त्रीलाई भेट्न चाहेमा दुगडकै सहारा लिने समेत गरिन्थ्यो। प्रधानमन्त्री निवास बालुवाटारमा हुने उद्योगी/व्यवसायीको भेलामा दुगडलाई प्रधानमन्त्रीले आफूसँगै राखेर छलफल गराउँथे।

    राजनीति अब मुल पेशा
    राजनीति दुगडको मुल पेशा बनिसकेको छ। भने व्यापार अतिरिक्त पेशा। ‘राजनीति अब त मूल पेशा नै भइसक्यो’, उनी भन्छन् ‘व्यवसाय र राजनीतिलाई सँगै हिँडाउन सकिँदो रहेछ। मान्छेमा समर्पण भाव भयो भने समय निस्किँदो रहेछ।’

    एउटा सक्रिय व्यवसायी सक्रिय राजनीतिमा कसरी सफल हुन सक्छ ? ‘मलाई मेरा स्वर्गीय पिताजी हरिसिंह दुगडले सानैमा सिकाउनु भएको थियो। समय कहिल्यै खेर नफाल्नू’, दुगडले सुनाए, ‘अहिले म यही उपदेशको अनुशरण गरिरहेको छु। एक छिन पनि बिना काम बस्तिन । त्यसैले जति पनि काम भ्याइरहेको छु।’

    उनी सबैका फोन आफैँ उठाउँछन्। भेट्न चाहने कसैलाई नाइँ गर्दैनन्। आफूले सेवाग्राही सबैका जायज काम गरिदिएको वा कामका लागि समन्वयकारी भूमिका खेलिदिएको उनको दाबी छ।मोती आफूले नेपालका पहिलो दर्जाका मानिने उद्योगीदेखि गाउँघरका साना व्यवसायी सम्मको कुरा सुनेर उनीहरूलाई चित्त बुझाएको जिकिर गर्छन्।

    उनका उद्योग पनि धेरै प्रकारका छन्। एसिया केमिकक एन्ड प्याकेजिङ उद्योगले प्याकिङ सामग्रीका कच्चा र तयारी पदार्थ दुबैको उत्पादन गर्छ।दुगड स्पाइसेज एन्ड फुड प्रोडक्ट्स उनको सबैभन्दा ठूलो परियोजना हो। यसका १ सयभन्दा बढी युनिट छन्। दुगड स्पाइसेजअन्तर्गत नै आलु चिप्स, फुरन दाना, पोटेटो फिङ्गर, कुरकुरे, कुरमुरे, चिज बल्स, गपागप लगायतका स्न्याक्सको उत्पादन गरिन्छ। यसैअन्तर्गत सेन्चुरी ब्रान्डमा ५० प्रकारका विभिन्न मसलाको उत्पादन हुन्छ। सेन्चुरी ब्रान्डमै यही उद्योगबाट जाम, जेली, अचार, कन्फेक्सनरी, सस, केचप, कर्न फ्लेक्स, चिया, भुजिया, नमकिन, ग्लुकोज, काजु–पिस्ता–बदाम लगायतका ड्राई फ्रुट्स, कुकिज, पास्ता, आटा, मैदा, सुजी, बेसन लगायतको उत्पादन भइरहेको छ।

    ‘एफएमसीजीमा हामी नेपालमा नम्बर १ छौँ भन्ने हाम्रो दाबा छ’, सल्लाहकार दुगडको भनाइ छ, ‘तर मेरो उद्यमशीलताका अगाडि राजनीति वाधक बनेको छैन। सबै काम भ्याइरहेको छु।’ हस्पिटालिटी बिजनेसमा पनि दुगडको रुचि छ। उनको फोर स्टार लेभलको होटल ह्यारिसनमा विगत ६ वर्षदेखि विराटनगरमा सञ्चालित छ। यसमा ५० कोठा छन्।

    होटल ह्यारिसनको सञ्चालन, व्यवस्थापन र रेखदेखमा दुगडपत्नी शोभनाको नेतृत्व रहँदै आएको छ।यसबाहेक उनको पाँच तारे अर्को होटल निर्माणाधीन छ। दुगडले यसलाई २०७८ सालभित्र सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेका छन्।‘नयाँ होटलको नाम हामीले अहिले राखिसकेका छैनौँ, किनभने सहकार्यका लागि केही चेन होटलसित हाम्रो कुराकानी भइरहेको छ’, उनले भने, ‘दुई सय करोडभन्दा बढीको लगानीमा निर्माण भइरहेको यस होटलमा क्यासिनो, इभनिङ मार्केट, वाटर पार्क, एम्युजमेन्ट पार्क, हेल्थ क्लब, स्विमिङ पुल लगायतका सुविधा हुनेछन्।’

    सल्लाहकार दुगडले आफूले आफ्नो कम्पनीमा कर्पोरेट कल्चरको विकास गरेको हुँदा सहज ढङ्गले कार्यसम्पादन भइरहेको बताए।‘मुख्य कुरा सिस्टम हो’, उनको कथन थियो, ‘कुनै पनि व्यापारिक प्रतिष्ठानमा सिस्टम बसालेपछि सबै काम त्यही सिस्टमले गर्छ। हामीले हाम्रा कामदारलाई आफ्ना क्षेत्रमा काम गर्न पूर्ण अधिकार दिएका छौँ र कर्पोरेट सिस्टमले वाच पनि गरिरहेका छौँ।’

    मोतीले आफूले कम्पनीको प्रधान कार्यालय काठमाडौंमा खोलेको र त्यहीँ बसेर कच्चा पदार्थको खरिददेखि उत्पादन, बजारीकरण र भुक्तानीसम्मका कामहरू हेर्ने गरेको जानकारी दिए। ‘हामीले नीति निर्माण र कामको अवलोकन मात्र गर्ने हो’, उनले सुनाए, ‘सबै काम त तलका साथीहरूले गर्ने हो।’

    मोतीले थपे, ‘म काठमाडौंमा रहँदा कम्तीमा दिनको २ घण्टा आफ्नो कार्यालयमा कार्यरत हुन्छु। राज्यमन्त्रीबाट पदमुक्त भएपछि र विशेष सल्लाहकारको नयाँ नियुक्ति पाएपछि मेरा काम र जिम्मेवारी अझ थपिएका छन् । पहिले एउटा मन्त्रालयको काम हेरे पुग्थ्यो। अहिले सबै हेर्नुपर्छ। तर पनि भ्याइरहेको छु।’

    मोतीलाई उनकी पत्नीबाहेक छोरा आदित्य र छोरी आयुषीले पनि काम सघाइरहेका छन्। उनीहरू बेलायतमा आफ्नो अध्ययन सकेर भर्खरै नेपाल आइपुगेका छन् र काम सिक्ने क्रममा छन्।

    बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.