• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेपाल-भारत दैनिक उडानले थेग्न सकेन यात्रु माग, दिल्ली-काठमाडौंको टिकट पाउनै कठिन


  •   सोमबार, चैत १६, २०७७ मा प्रकाशित
  • काठमाडौं। एयर बबल सम्झौता अनुसार पुनः सुरु गरिएको नेपाल-भारत दुईतर्फी उडानले पछिल्लो समय यात्रु माग नै थेग्न नसकेको पाइएको छ।

    Advertisement

    दुवै मुलुकको ध्वजावाहक वायुसेवाले दैनिक एक-एकवटा उडान गर्दै आएको भए पनि यसले यात्रुको माग धान्न नसक्दा यतिबेला दिल्ली-काठमाडौं उडानका लागि टिकट नै पाउन मुस्किल रहेको वायुसेवा कम्पनीहरुले जनाएका छन्।

    दुवैतर्फको उडानमा अकुपेन्सी शतप्रतिशत भएपछि भारतीय ध्वजावाहक कम्पनी एयर इण्डियाले दिल्ली-काठमाडौं-दिल्ली उडानमा एक सय ८० सिट क्षमताको जहाज प्रयोगमा ल्याएको जनाएको छ। यसअघि यो रुटमा एयर इण्डियाले एक सय ६२ सिट क्षमताको जहाजबाट सेवा दिँदै आएको थियो।

    माग उच्च भएपछि पछिल्लो समय दुईतर्फी हवाई यात्राका लागि कम मूल्यको वा सुरुआती भाडादरमा टिकट पाउनै मुस्किल हुँदै आएको छ। ‘अत्याधिक माग आइरहेकाले एक सातायता दिल्ली-काठमाडौंका लागि यो गन्तव्यमा उडान गर्न चाहने यात्रुले सहजै टिकट पाउन सकिरहेका छैनन्। दिनमा एउटा मात्र उडान छ तर यात्रु माग खचाखच छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर इण्डिया कार्यालयका एक कर्मचारीले भने।

    पछिल्लो समय गर्मी बढेसँगै भारतीय यात्रुको नेपाल आगमन पनि बढ्दा हवाई टिकट माग बढेको उनले जानकारी दिए। भारतमा गर्मी बढेसँगै दिल्ली-काठमाडौं उडानमा ७० प्रतिशत भारतीय यात्रु रहेको उनले बताए। उनका अनुसार अनुमति लिएर दुईतर्फी उडान गर्ने विदेशी यात्रुको सहभागिता भने कम्तिमा पाँच प्रतिशत रहेको छ।

    यात्रु माग बढेसँगै नेपाल वायुसेवा निगमले पनि पछिल्लो समय यात्रु माग बढेसँगै काठमाडौं-दिल्ली-काठमाडौं उडानमा एयरबस ३३० ‘वाइडबडी’ जहाज प्रयोगमा ल्याउन थालेको जनाएको छ। दुईतर्फी उडानमै यात्रु माग बढेपछि निगमले आवश्यक पर्दा दुई सय ५६ सिट क्षमताको वाइड बडी जहाज प्रयोग गर्दै आएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन्।

    ‘पछिल्लो समय दुईतर्फी उडानमा यात्रु सहभागिता उल्लेख्य छ। फुल अकुपेन्सीमा उडान संचालन भइरहेको अवस्था छ। यात्रुको माग धेरै आएकाले केही दिनअघि पनि हामीले यो गन्तव्यको उडानमा वाइडबडी जहाज प्रयोग गरेका थियौं,’श्रेष्ठले भनिन्। नेपाल-भारतबीच भएको एयर बबल सम्झौताअनुसार तीन महिनादेखि दुवै मुलुकका ध्वजावाहक कम्पनीले दैनिक एउटा उडान गर्दै आएका हुन्।

    सोमबार, चैत १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ७१ घाइते
    बझाङमा भूकम्पको धक्का महसुस
    बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश
    काठमाडौँ महानगरमा धुलोरहित सडक कार्यक्रमअन्तर्गत करिब ८ किलोमिटर सडकमा काम हुँदै
    दाउन्ने क्षेत्रमा थप दुई महिना यात्रा गर्न कठिनाई हुने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.