• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बजेट निर्माणमा तात्यो अर्थमन्त्रालय जेठ १ गते बजेट लेखिसक्ने, यस्तो छ कार्यतालिका


  •   मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
  • काठमाडौं। अर्थमन्त्रालयले बजेट निर्माणको प्रक्रियालाई तीव्रता दिएको छ। मन्त्रालयले कार्यतालिका निर्माण गरेर प्रक्रिया अघि बढाएको हो।

    Advertisement

    बजेटकै लागि अर्थमन्त्री विष्णप्रसाद पौडेल हिजोआज बिहान ८ बजे नै मन्त्रालय आउने गरेका छन् भने बेलुका अबेरसम्म बस्ने गरेका छन्। मन्त्री पौडेलसँगै बजेट वक्तव्य मस्यौदा लेखन समितिका ५ सहसचिव ८ बजे नै मन्त्रालय पुग्ने गरेका छन्। समितिमा मन्त्रालयका प्रवक्ता सुमन दाहाल, बजेट महाशाखा प्रमुख धनिराम शर्मा, सहसचिव श्रीकृष्ण नेपाल, रामप्रसाद घिमिरे र रामेश्वर दंगाल छन्।

    मन्त्री पौडेलले राजनीतिक भेटघाटलाई छोट्याएर बजेटको कामलाई तीव्रता दिएका हुन्। मन्त्री पौडेलले बाह्य कार्यक्रम र भेटघाटलाई कम गर्ने गरेका छन्। दोस्रो पटक मन्त्रालय सम्हालिरहेका मन्त्री पौडेलले पपुलिष्ट बजेटको तयारी गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ।
    ‘राजनीतिमा पौडेलको निकै महत्वकांक्षा छ, त्यसैले कस्ता योजनामा कति विनियोजन र केके समेट्ने भन्नेमा आगामी बजेटलाई निकै महत्व दिएका छन्,’ मन्त्रालय स्रोतले भन्यो, ‘यसअघि लागेको दाग मेटाउने गरी बजेट निर्माणमा लागेका छन्।’

    डा. युवराज खतिवडाले ल्याएको चालु वर्षको बजेटको समीक्षा सुरु भएपछि मन्त्रालयको जिम्मेवारीमा पौडेल आएका हुन्। बजेटमा माग गरिएका योजना नपरेको भन्दै सत्तारुढ दलका सांसदहरूले नै आलोचना गरेका थिए।

    मन्त्रालयमा चहलपहल 

    बजेटमा आफ्नो कार्यक्रम पार्नको लागि विभिन्न समूह मन्त्रालय धाउन सुरु गरेका छन्। विभिन्न सांसद तथा स्थानीय तहका जनप्रतिनिधिसमेत आफ्नो कार्यक्रम बजेटमा पार्न अर्थसचिव तथा मन्त्री भेट्न सुरु गरेका छन्। मन्त्रालयमा बजेट कार्यक्रम पार्नका लागि विभिन्न समूहको आगमन बढेको अर्थमन्त्रीका प्रेस संयोजक भुवन केसीले जानकारी दिए। उनका अनुसार विभिन्न खुद्रे तथा ठूला आयोजना बोकेर दैनिक ५ देखि ६  समूहहरु मन्त्रालय आउने गरेका छन्।

    यस्तो छ बजेट निर्माण कार्यतालिका

    चैत १ देखि बजेट निर्माणको काम सुरु गरेको मन्त्रालयले ६ वटा काम पूरा गरिसकेको छ। जसमध्ये बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम अपेक्षित उपलब्धिहरु संकलन भइसकेको छ। यस्तै बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना पनि छ।

    राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथी छलफल भइसकेको छ। यस्तै मन्त्रालय मातहतका विभागहरुलाई पोलिसी पेपर पठाइसकेको छ। यस्तै राजस्व बोर्डबाट प्राप्त सुझावहरु उपर छलफल गरिसकेको छ। यस्तै सबै मन्त्रालयले मन्त्रालयको एलएमबीएस प्रणालीमा बजेट समावेश गर्न थालेका छन्।

    यसैगरी मन्त्रालयले चैत १९ देखि २३ गतेसम्म बजेटको उद्देश्य र प्राथमिकताको विषयमा सांसदहरुसँग छलफल कार्यक्रम राखिएको छ। यस्तै चैत २२ देखि ३१ गतेसम्म प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयसँग ससर्त अनुदानको विषयमा छलफल गर्नेछ।
    यस्तै वैशाख २ देखि २५ गतेसम्म अन्य मन्त्रालयहरुसँग बजेट बजेट कार्यक्रम र खर्च शीर्षकमा छलफल हुनेछ। यसै अवधिमा नै वैदेशिक स्रोत अन्तर्गत प्राप्त हुने रकम यकिन गरी बजेटमा राख्ने तयारी छ।

    यस्तै चैत २६ देखि वैशाख २५ गतेसम्म राजनीतिक दलका प्रतिनिधि, पूर्व अर्थमन्त्री, पूर्व गभर्नर, पूर्व अर्थसचिव र अर्थविदहरुसँग सुझाव संकलन गरिनेछ। यसैगरी वैशाख २५ गतेभित्र विनियोजन विधेयकका सिद्धान्तहरु र प्राथमिकताको मस्यौदा तयार गर्नेछ। यसलाई वैशाख २० गते नै दुवै सदनमा पेश गरिनेछ। यस्तै गैरसरकारी संस्था मार्फत परिचालन हुने सहायत वैशाख २५ गते यकिन गरिनेछ। यसैगरी आर्थिक सर्वेक्षण वैशाख ३० गतेभित्र तयार गरी छपाइका लागि प्रेसमा पठाइने छ।

    यसैगरी जेठ १ गते बजेट वक्तव्य लेखन समाप्त गरिनेछ। नेपाल राजस्व परामर्श विकास समितिले जेठ ५ गते आफ्नो प्रतिवेदन अर्थमन्त्री समक्ष पेश गर्नेछ। जेठ ६ गते बजेट वक्तव्य लेखन समितिले राष्ट्रपति समक्ष ब्रिफिङका लाग तयार गर्नेछ भने जेठ १० गते अर्थमन्त्री पौडेलले राष्ट्रपति समक्ष बजेट ब्रिफिङ गर्ने छन्। १० गते नै बजेट महाशाखाले खर्च र आम्दानीको अनुमानसहित बजेट अंक तयारी गरी रुजू गरी बजेटमा समावेश गर्नेछ। जेठ १२ गगते रातो किताब छपाइ गर्ने मन्त्रालयको कार्यक्रम छ।

    यसैगरी जेठ १३ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रूप दिइनेछ। जेठ १४ गते योजना आयोग र अर्थमन्त्रीले मन्त्रिपरिषदमा बजेट ब्रिफिङ गर्नेछन्। सोहि दिन आर्थिक विधेयक विनियोजन विधेयक राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक छपाइ गर्नेछ। जेठ १४ गते नै बजेट वक्तव्य स्रोत पुस्तिका छपाइ गरिनेछ।

    यसैगरी १४ गते नै दुवै सदनमा आर्थिक सर्वेक्षण संस्थानको प्रगति विवरण र मन्त्रालयहरुको प्रगति विवरण पेश गरिनेछ। यस्तै संविधान अनुसार जेठ १५ गते दुवै संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुति गर्नेछन्।

    मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.