तात्कालिक नेकपा मालेमा महासचिव स्वर्गीय मदनकुमार भण्डारीले स्वर्ग बाट यसाे भन्दै हुनुहुन्छ ।कमरेड केपअाेलि १४ बर्ष जेल जीवन विताए वहाँ कसरी जेल पर्नु भयाे ।वहाँकाे मिसिल पनि अदालतमा ताजै छ ।काेहि वकिलहरुले अध्ययन अनुसन्धानको लागि मगाएर हेर्दा हुन्छ ।वहाँलाई राजनीति अार्थिक विचार सिद्धान्त संगठनात्मक पद्धति बाारे धेरै थाहा छैन ।वहाँलाई महाभारत ,रामायण ,चण्डी ,साेस्थानि गिता आदी पढ्नु भयाे ।तेसैले त उखान टुक्रा बढि आउछ।मैले माले र माक्र्सवादी सग एकता गर्दा नि धन्दै एकता भङ्ग भएन ।मलाई वहाँहरुले नै उचालेर माक्र्सवादीलाई केन्द्रीय कमिटी हामी सरह बाराबर दिन सकिदैन भने ।हामीले माक्र्सवादी र मालेकाे सबै भन्दा पहिला दुबैकाे केन्द्रीय कमिटी भङ्ग गरेका थियौं ।ललितपुरकाे एक घरमा व्यापक छलफल गरेका थियौँ ।कसरी कम्युनिस्ट आन्दाेलनलाई एकीकृत गर्न सकिन्छ ।बहुदलीय ब्यवस्था अायाे ।चुनावमा पनि जानू छ ।हामीले जनताकाे जनजिविका सवालमा कस्तो कार्यक्रम ल्याउने ।केन्द्रीय कमिटी कसरी बनाउने भन्ने बारेर छलफल भएकाे थियाे ।
मलाई यी अबसरवादी मान्छेले उचाल्न समेत उचाले अनि छलफलकाे क्रममा अब आफ्नाे आफ्नाे पार्टी विउताउने भन्ने सहमति भयाे ।र साे घरमा खाना खान लागियाे ।खाना खादै गर्दा मदनकुमार भण्डारी काे मन मानेन मनमाेहन अधिकारी / जनअान्दाेलनकाे बाममाेर्चाकाे तर्फबाट कमाण्ड साहाना प्रधान / भरतमाेहन अधिकारी / बलराम बास्काेटा जस्ता पुरानो नेता नभए कम्युनिस्ट पार्टी अगाडि बढाउन सकिँदैन ।न नेपालमा न विश्व कम्युनिस्ट पार्टीले हामीलाई विश्वास गर्दैनन् भन्ने कुरा बुझेर मदनकुमार भण्डारीले खाना खाई सके पछि पुन बैठक बसि १७/१७ जनाकाे केन्द्रीय कमिटी र अध्यक्षमा मनमाेहन अधिकारी र आफु मदनकुमार भण्डारी महासचिव भएर नेपाल कम्युनिस्ट पार्टी (एमाले )बहुत कठिनाइ काे साथ एकीकृत गरेकाे हु।यसमा केपी अाेलीकाे कुनै भुमिका छैन ।म स्वर्गबाट अरु कुरा पनि भन्दै छु ।
अनि न हाम्रो एकताको बल पुरानो कम्युनिस्ट नेता मनमाेहन अधिकारीकाे विश्वासले आम निर्वाचन २०४८ सालमा एमालेले देश भरि निर्वाचन क्षेत्रमा उमेदवार सुर्य चुनाव लिएर उठायाे ।हामिले उठाएकाे उमेदवारले ५९ साठी सिट जितेर प्रमुख प्रतिपक्षकाे रुपमा प्रतिनिधि सभामा पुगियो ।र मैले संसदीय दलकाे नेता मनमाेहन अधिकारीलाई बनाए।सुर्य चुनाव चिन्ह केपी अाेलिले राखेको हाेईन ।म महासचिव थिए भने मनमाेहन अधिकारी पार्टी अध्यक्ष हुनुहुन्थ्यो ।हामीले निर्वाचन कार्यालयमा पार्टी दर्ता गर्न जादाकाे केन्द्रीय कमिटीकाे हस्ताक्षर निर्वाचन आयाेगमा ताजै छ।केपी अाेलिकाे मानसपटलबाट निस्किएकाे सुर्य चिन्ह हाेईन ।मलाई ताजै सम्झना छ कि टनकपुर सम्झौतामा मेले सदन र देश ब्यापी आन्दाेलन गर्दा कमरेड केपी अाेलि कुन जुलुसमा थिए / के बाेलेका थिए ।कहि अावाज वा फाेटाे त हाेला ।तपाईंहरु जिवित कार्यकताले खाेज्नु हाेला ।म त स्वर्गमा छ आउन सक्दिन ।मैले ती आवाज र फाेटाे भएकाे भए नि नेपालमा नै छाेडेकाे छु हेर्नू हाेला।मैले पाचौं महाधिवेशन काठमाडौं गरे ।
मैले बहुदलीय जनवाद कार्यक्रम ल्याए ।फरक मतकाे रुपमा सिपी मैनालीले परिमार्जित नाैलाे जनबादकाे कार्यक्रम ल्याउनु भयाे ।त्यसरी नै फरक मत काे रुपमा माेहाेन चन्द्र अधिकारीले नाैलाे जनबादी कार्यक्रम ल्याउनु भयाे ।तर हाम्रो देशकाे संविधान तीन पक्षिय थियाे ।राजा ,काग्रेस र कम्युनिस्ट मिलेर संविधानसभा नभई संविधान आयाेगबाट विश्नाथ उपाध्याय अध्यक्षतामा बनाएका थियौँ ।त्यसैले हामीले संविधानमा पनि असहमत राखेका थियौँ ।संविधान अनुरुप पनि हाम्रो विचार सम्बाेधन गर्नु पर्ने थियाे ।भने विश्व कम्युनिस्ट आन्दोलनमा ठुलो धक्का खाएकाे हुदा बहुल वाद खुल्ला समाज जनता बाट अनुमाेदित अनि संविधानकाे सर्वाेच्चता अाबधिक निर्वाचन स्वीकार गर्नु थियाे ।
तेसैले पाचौं महाधिवेशनबाट मेराे विचार जनताकाे बहुदलीय जनबाद पारित भयाे ।तर मनमाेहन अधिकारी मेराे विचार सग सहमत हुनुहुन्थ्यो ।वहाँ त परिमार्जित नाैलाे जनवादकाे लाईनमा हुनुहुन्थ्यो ।तर पनि महाधिवेशनबाट अध्यक्षमा मनमाेहन अधिकारी र महासचिव म मदन कुमार भण्डारी भएर केन्द्रीय कमिटी र स्थायी कमिटि बनायो ।यसमा पनि कमरेड केपी अाेलिकाे कतै साईनाे छैन ।मैले कहिले पनि केपी अाेलिलाई टाढा र नजिक राखि न मलाई वहाँ प्रति शंका थियाे ।राष्ट्रियताकाे सवालमा मेराे दासढुङ्गामा षड्यन्त्र पुर्वक हत्या भयाे।छैठौं महाधिवेशनमा पनि नफुट्नु पर्ने पार्टी केपी अाेलिकाे घमण्ड अहंकारले फुट्याे ।
हामिले ठुलो धक्का खायाै ।साताै र आठाै महाधिवेशनमा केपी अाेलिलाई नेतृत्व दिनु भएन ठिकै भयाे ।कम्युनिस्ट आन्दाेलन बच्याे ।तर नवाै महाधिवेशन छलकपट टिकदमले वहाँ जित्नु भयाे ।म दुखि थिए ।अब कम्युनिस्ट अान्दोलन के हुने हाे भन्ने शंका मलाई लागि रहेकाे थियाे ।कम्युनिस्ट पार्टी निर्माण वहाँ जेल १४ बर्ष बस्नु भयाे तर वहाँकाे विचार सिद्धान्त संगठन निर्माणमा महत्त्वपूर्ण भुमिका छैन् ।नवाै महाधिवेशनकाे मिति सकिदै थियाे तर वहाँले दुई ठुला कम्युनिस्ट पार्टीलाई बाम गठबन्धन निर्माण र साझा घाेषण पत्र निर्माण गरि चुनावमा साझा उमेदवार दिदा भने म ज्यादै खुशी थिए ।मिलेर चुनाब लड्दा दुई तिहाई काे नजिक पुगी कम्युनिस्ट पार्टी काे सरकार बनाउने र नेपालमा रहेको कम्युनिस्ट पार्टीलाई एकता गरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयाे ।केन्द्र पदेश र स्थानीय सरकार बनाएर जनताकाे जनजिविकाकाे सवालमा काम गर्दा ज्यादै खुशी भए ।तर एकता गर्दा आलाेपालाे प्रधानमन्त्री गरि सम्झौता पाे भएकाे रहेछ ।जब प्रधानमन्त्री छाेड्ने नजिक दिन आउदा पाे कम्युनिस्ट पार्टी मा झगडा देख्दा सबै सच्चा कार्यकर्ता झस्किए ।
प्रधानमन्त्री र राष्ट्रपतिमा पाे एकता भएकाे पाे रहेछ । आफुले पद छाेड्ने दिन अायाे तर कम्युनिस्ट एकता बचाउन र स्थिर सरकार दिन कमरेड प्रचण्डले आफुले पाएकाे प्रधानमन्त्री पद पाँच बर्षलाई दिदा पनि सत्ताकाे मातले संसद विघटन समेत गरे ।जनताको अान्दोलन र संविधानमा नभएकाे धारा प्रयाेग गरेका थिए ।त्यैले त अदालतले संसद पुनःस्थापना गरायो ।फेरि अदालतले जेष्ठ २ फर्क भन्याे ।म फेरि स्वर्ग बाट भन्दै छु ।मैले केपी अाेलिलाई कहिले पनि विश्वास गरिन ।मैले नै जनताकाे बहुदलीय जनवाद प्रतिपादन गरे ।त्यसमा थुप्रै कुरा अपुग छन् ।जनताकाे बहुदलीय जनवाद ले २४० बर्षकाे राजतन्त्र ढाल्न सक्दैन थियाे ।मेराे त कमरेड प्रचण्ड सग चिनजान हुन सकेन ।मेराे दास ढुङ्गा हत्या भयाे ।जब प्रचण्डले जनयुद्ध शुरु गरे लाल सेना निमार्ण भयाे ।१२ बुद्दे सम्झौता भयाे ।जनअान्दाेलन २ ले राजतन्त्र समाप्ति भयाे।
जब गणतन्त्र ,संघियत धर्मनिरिपक्षता समानुपातिक समावेशी जनजाति थारु मदेशी मुद्दा कमरेड प्रचण्डका हुन ।कमरेड माधवकुमार नेपाल नअात्तिनु ।केपी अाेली घमण्डी अहंकार र स्वईच्छाचारि र भंसासुर प्रबृत्ति छ।वहाँ केशरजंग रायमाझी बन्दै छन् ।तपाईं कमरेड प्रचण्ड सग मिल्नुस् ।मैले प्रतिपादन गरेकाे जनताको बहुदलिय जनबाद विचारमा कमरेड प्रचण्डले उठाएकाे मुद्दा संघियता गणतन्त्र धर्मनिरिपक्षता ,समावेश सामनुपातिक मदेशी दलित समावेश गरि समाजवाद उन्मुख जनताकाे जनवाद कार्यक्रम लागू गरि नाम नेपाल कम्युनिस्ट पार्टी राख्नु हाेस् ।अब एकता गर्दा नडराउनु हाेस् ।तपाईं दुईले मात्र कम्युनिस्ट अान्दाेलन अगाडि बढाउन सक्नु हुन्छ ।पद गुम्छ कि भनेर नडराउनु हाेस् ।पद त छेडिक हाे ।नीति विचार पद्धति प्रकृया र संगठन प्रमुख कुरा हाे
मैले स्वर्ग बाट तपाईंलाई छिटाे मिल्नुहाेस् भने ।
समय छदै भने गणतन्त्र गुम्न पनि सक्छ ।
भस्मासुरले जे पनि गर्न सक्छन्।
