एसवान बिल्डर्स प्रा.लि. ले पहिलो शाखा गितानगरमा शुभारम्भ गरेको छ । लामो समयदेखि निर्माण क्षेत्रमा काम गर्दै आइरहेको यस एसवन गु्रप अन्तरगर्त रहेको एसवान बिल्डर्स एण्ड सप्लायर्स प्रा.लि. ले पहिलो शाखा गितानगरमा शुभारम्भ गरेको छ ।
आफ्नै देशमा केहि गरौ भन्ने दृढ विश्वाश लिएका युवाहरुबाट संचालित यस कम्पनिले बिगत चार बर्ष देखि भरतपुर महानगरपालिका १० मा रहि चितवन तथा नवलपरासि जिल्लामा बिभिन्न निर्माण कार्यको क्षेत्रमा आफ्नो योगदान दिदै आएको छ । उक्त कार्यक्रममा बिश्वासीलो ढंगले कुशल प्राबिधिकहरुको प्रत्यक्ष निग्रानीमा भुकम्प प्रतिरोधात्मक अनुसार नक्सा डिजाईन देखि लिएर सम्पुर्ण कार्यहरु जिम्मा लिई परामर्श तथा निर्माण कार्य गर्ने वारे कम्पनीका अध्यक्ष लगायत यसै कार्यक्रमका सभाध्यक्ष सुरज न्यौपानेले जानकारि दिनुभयो ।
कार्यक्रममा भरतपुर माहानगरपालिका वाड नं १३ का अध्यक्ष प्रकाश दवाडिले यस्तै खाले निर्माण कम्पनी त्यस क्षेत्रमा अति आबश्यक रहेको र यस कम्पनीले पनि कुशलताका साथ काम गन सके उज्जल भबिष्य समेत रहेको कुरा शुभकामना मत्यब्य माफर्त जनाउनुभयो सगँसगै कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका भरतपुर महानगरपालिका वाड नं ६ का अध्यक्ष्। हरि बिलास कोइरालाले अहिलेको बैज्ञानिक युगमा बिभिन्न यवाहरु मिलेर जुन खालको निर्माण कार्य अगाडि बढाइरहनु भएको अत्यान्तै साहानिक रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा ,समाजसेबी दिनेश कोइराला, भु–लक्ष्मी गु्रप का अध्यक्ष किरण आचार्य ,समाजसेबी भोजराज न्यौपाने, अरोमा कलेजका सस्थांपक भिम नारायण उपाध्याय ,समाजसेबी शंकर थपलिया ,समाजसेबी हरि आचार्य , शिक्षक राजेन्द्र पौडेल, ब्यबसाहि रामगोपाल श्रेष्ठ , युबा उद्योग मंचका अध्यक्ष अमर घिमिरे लगायत करिब ६० जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा गितानगर शाखाका लागि समाजसेबि हरिहर कोइराला लाइ शाखा प्रमुख नियुत्त गरिएको एसवन गु्रपका डाइरेक्टर समिर पौडेलले जानकारि दिनुभयो ।
