काठमाडौं । देशका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षाको क्रम शुक्रबारसम्म जारी रहनेछ ।
देशका विभिन्न भू–भागमा बदलीसँगै हल्कादेखि मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ । वर्षाका कारण दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाका अनुसार शनिबारदेखि भने मौसममा क्रमशः सुधार हुँदै जाने सम्भावना रहेको छ ।
