• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘बालबालिका अघिल्लोपटक पनि संक्रमित थिए तर यसपालि उनीहरू धेरैमा लक्षण देखियो’


  •   मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
  • अन्तर्वार्ता

    डा. सागर राजभण्डारी
    निर्देशक, टेकु अस्पताल

    Advertisement

    कोरोना संक्रमण फेरि भयावह बन्न थालेको छ । यसपटक किन बालबालिका धेरै प्रभावित भए ?

    अहिले मात्रै होइन, कोरोना संक्रमणबाट बालबालिका अघिल्लोपटक पनि प्रभावित भएका थिए । त्यतिखेर बालबालिकामा छिटफुटबाहेक लक्षण देखिएको थिएन । लक्षण नदेखिएका कारण संक्रमित भए पनि संख्यात्मक रूपमा केस बढेको देखिएन । तर, अहिले उनीहरूमा कोरोनाको लक्षण नै देखिएको छ । त्यसैले अघिल्लो पटकभन्दा यसपटक बढी केस देखिएका हुन् । हामी टेकु अस्पतालमा बालबालिका भर्ना गर्दैनौँ, तर २४ वर्षका युवा पनि आइसियूमा राखेर उपचार गरिरहेका छौँ । सोमबार मात्रै पाँचजना ३५ वर्षका संक्रमित आइसियूमा छन्, जुन अघिल्लोपटक थिएन । यसले पनि हामीलाई झस्काएको छ ।

    आज (सोमबार) चार सय ९६ संक्रमित देखिँदा बालबालिका कति छन् ? टेकु अस्पतालमा भएका बिरामी कुन पृष्ठभूमिका छन् ?
    आज देखिएको पजिटिभ संख्यालाई केही सच्याउनुपर्छ भन्ने लाग्छ । आज चार सय ९६ जनामा संक्रमण पुष्टि भएको हो । बाँकी ६३ जनाको एन्टिजेन पजिटिभ आएको हो । आरटी पिसिआरमा पुष्टि भएकाहरूलाई मात्रै उल्लेख गर्न मिल्छ । एन्टिजेन पजिटिभलाई यसमा जोड्न उपयुक्त हुँदैन । अहिले जतिको पनि एन्टिजेन पजिटिभ आएको छ, उनीहरूको आरटी पिसिआर परीक्षण गर्न बाँकी छ । टेकु अस्पतालमा अहिले उपचाररत संक्रमित काठमाडौं, भक्तपुर, रामेछाप, धादिङ र ललितपुर घर भएका छन् । यहाँ बालबालिकाको उपचार गरिँदैन । बालबालिकाको उपचार नहुने भएकाले यहाँ ल्याउँदैनन् । अस्पतालमा २४ देखि ७६ वर्षसम्मका भर्ना भएका छन् । ५० वर्षभन्दा कम उमेरका ६० प्रतिशतभन्दा धेरै छन् । तर पनि सोमबार १० प्रतिशत बालबालिका संक्रमित भएको जानकारी हामीलाई आएको छ ।

    विद्यालयमा कुनै विद्यार्थी संक्रमित भए सम्बन्धित सेक्सन मात्रै बन्द गर्ने गरिएको छ । तर, शिक्षक दिनभरि विभिन्न कक्षामा पढाइरहेका हुन्छन् । यसले संक्रमण फैलिने जोखिम हुन्छ कि हुँदैन ? 
    सहरी क्षेत्रका कयौँ शिक्षकले एउटाभन्दा बढी कलेज/विद्यालय पढाउँछन् । यसले गर्दा एक ठाउँबाट अर्को ठाउँमा संक्रमण पुग्न समय लाग्दैन । विद्यालयका बालबालिका बढी संक्रमित भए भनेर अहिले विद्यालय बन्द गर्ने कुरा आएको छ । यसमा मेरो केही असहमति पनि छ । सबै विद्यालय बन्द गर्नुपर्छ भन्ने पक्षमा म छैन । काठमाडौं, पोखरालगायत बढी संक्रमित र भिडभाड हुने ठाउँका विद्यालयमा मापदण्ड पालना गर्नुपर्ने आवश्यकता छ । यस्ता ठाउँमा कक्षा आठभन्दामुनि सामाजिक दूरी कायम गरेर मात्र पठनपाठन गर्नुपर्छ । कक्षा नौदेखिमाथि साताको तीन दिन पढाउने वा बिहान, दिउँसो र बेलुकाको सिफ्ट बनाएर पढाउने निर्णय गर्दा ठीक हुन्छ । एक बेन्चमा एक विद्यार्थी राख्ने, एक घन्टाको समयलाई घटाएर ४५ मिनेटमा झार्ने, सम्भव भए विद्यार्थीलाई खुला ठाउँमा राखेर माइकमार्फत पढाउन सकिन्छ । तीन साता मात्रै जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरे संक्रमण घट्छ । यसलाई स्थानीय सरकारले नजिकबाट नियमन गर्नुपर्छ ।

    अहिले यो कोरोनाको दोस्रो छाल हो कि होइन ? दोस्रो छाल हो भन्ने आधार के हो ? 
    पछिल्ला दिनमा संक्रमणको दर बिस्तारै बढ्दै गएको छ । जति पनि दोस्रो लहर आएका देशहरू छन्, तिनीहरूमा संक्रमणदर उच्च छ । नेपालको अहिलेको तथ्यांकले पनि त्यस्तै संकेत गरेको छ । एक सातामा केस ह्वात्तै बढेको छ । यसबाट नयाँ भेरियन्टमा नेपाल प्रवेश गरेको पुष्टि हुन्छ । नढाँटी भन्नुपर्दा नेपालमा ६ साताअघि नै नयाँ भेरियन्ट भित्रिसकेको थियो । भारतबाट आएका एकजनाले सामाजिक कार्यमा सहभागी हुँदा चार घन्टाको अवधिमा १९ जनालाई सारेको पाइयो । त्यही दिनबाट दोस्रो लहर सुरु भयो भनेर हामी चनाखो भएका थियौँ । त्यसको असर अहिले आएर देखिएको छ । हामीले दुःखका साथ भन्नुपर्छ– नेपालमा अहिलेसम्म जिनोम सिक्वेन्स भएको छैन ।

    अहिले फैलिरहेको कोरोनाको नयाँ भेरियन्ट हो कि होइन ? त्यसको परीक्षण नेपालमा हुन सक्छ कि सक्दैन ? वा किन भइरहेको छैन ? 
    यो कोरोनाको नयाँ भेरियन्ट हो–होइन भन्ने दरिलो आधार छैन । अहिले हामीले संक्रमणको अवस्था हेरेर निर्णय लिने हो । नयाँ भेरियन्ट हो भनेर जान्न जिनोम सिक्वेन्स गर्नुपर्छ । त्यसकै लागि पाँच ठाउँमा उपकरण जडान गरिएका छन् । तर, कसैले पनि एउटा नमुनाको समेत जिनोम सिक्वेन्स गरेको छैन । पछिल्ला केही दिनको अवधिमा हामीले १८ वटा नमुना परीक्षणका लागि हङकङ पठायौँ, तीमध्ये पाँचवटामा नयाँ भेरिएन्ट रहेको पत्ता लागेको छ ।

    कोरोनाको खोप लगाएकाहरू पनि संक्रमित भए भन्ने चर्चा सुनिन्छ । अस्पतालसम्म त्यसको औपचारिक जानकारी आइपुगेको छ ? 
    खोपले शतप्रतिशत काम गर्ने होइन । ७० प्रतिशत काम गर्न पनि दुई डोज खोप आवश्यक पर्छ । खोप लगाउँदा शरीरले एन्टिबडी बनाएर भाइरस लाग्न केही रोक्ने काम हुन्छ । यसका लागि पनि कम्तीमा तीन साता पर्खिनुपर्छ । तर, कतिपय मान्छे खोप लगाएको तीन साता नहुँदै संक्रमित भएका छन् । एकजना ७२ वर्षका वृद्ध खोप लगाएको १२ दिनमा लक्षण देखिएर आउनुभएको थियो । उहाँमा कोरोना पुष्टि भयो ।

    संक्रमण फेरि तीव्र गतिमा फैलिएको अवस्थामा उपचारका लागि हाम्रो तयारी कस्तो छ ? 
    एक सातादेखि कोरोना तीव्र रूपमा फैलिएको छ । हामीले विगतका कमी–कमजोरीलाई सच्याउँदै अगाडि जानुपर्ने आवश्यकता छ । विगतमा जस्तो लकडाउन गरेर जनतालाई दुःख दिने काम गर्नु उचित हुँदैन । विगतमा लकडाउनका वेला भारतबाट फर्किएहरूलाई क्वारेन्टिनमा राख्दा केही मानिस भागेर रातारात घर गए । उनीहरूले कोरोना फैलाउन धेरै मद्दत गरे । अहिले आउनेलाई पनि गोठमा राख्ने होइन, व्यवस्थित क्वारेन्टिनमा राख्नुपर्छ । एन्टिजेन परीक्षण रोकेर सबैको आरटी पिसिआर परीक्षण गर्नुपर्छ । एन्टिजेनबाट संख्या मात्रै बढाएर हुँदैन । संक्रमितको सम्पर्कमा आएकाको खोजीकार्यलाई तीव्रता दिनु उत्तिकै चुनौती छ । सरकारले सकेसम्म पिसिआर सबैका लागि निःशुल्क गर्नुपर्ने हो । त्यस्तो भयो भने धेरैभन्दा धेरै मानिस परीक्षणमा आउने भएकाले केसहरू पत्ता लगाउन सजिलो हुन्छ । अझै पनि ठूलो संख्यामा संक्रमित व्यक्ति समाज र घरको डरले बाहिर आउन चाहेका छैनन् । दुई साताअघिदेखि एक–दुई एक–दुई गर्दै बढेका केस अहिले ह्वात्तै बढ्नुले पनि हामी दोस्रो लहरमा छौँ भन्ने पुष्टि गर्छ । लक्षणहरू विगतमा भन्दा कडा भएकाले आइसियूहरू भरिभराउ हुन्छ भन्ने अनुमान अहिले नै लगाइसकेका छौँ ।

    सरकारलाई तपाईंहरूका सुझाब के छन् ?
    लकडाउन अहिलेको विकल्प होइन । लकडाउनविना नै मानिसको आवतजावतलाई नियन्त्रण गर्नुपर्छ । विदेशबाट आएकालाई आरटी पिसिआर परीक्षण गरेर मात्रै घर पठाउनुपर्छ । उनीहरू घर वा आइसोलेसन सेन्टरमा बसे–नबसेको स्थानीय तहले नजिकबाट निगरानी गर्नुपर्छ । परीक्षणको दायरालाई फराकिलो बनाउनुपर्छ । सम्भव भएमा सबै परीक्षण निःशुल्क गर्नुपर्छ । त्यो सम्भव नभए निजी र सरकारी सबै ठाउँमा एउटै शुल्क एक हजारमा परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ । यो समय नाफा खानेभन्दा पनि कसरी राज्यलाई सहयोग गर्ने भन्ने हो, त्यसबारे सबैले सोच्नुपर्छ ।

    मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    Vijay Subedi
    राजनीतिमा विरलै भेटिने म्यानेजर : विजय सुवेदी
    समानुपातिकतर्फ ९० लाख मत गणना, कुन दलले कति पाए ?
    प्रलोपा र क्रान्तिकारी अभियानबीच एकता
    एक भए राप्रपा र राप्रपा नेपाल
    भैरहवाको मौसम खराब भएपछि विमानस्थलमै रोकिए रवि लामिछाने
    जापानमा बढ्दो मुद्रास्फीतिको बीचमा बढ्यो ब्याजदर

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.