• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

घुम्तीमा मोड्न नसक्दा खस्यो ट्रयाक्टर : ६ जनाको मृत्यु, १९ जना घाइते


  •   मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
  • रत्ननगर । राप्ती नगरपालिकाको वडा नं–११ स्थित मलेखु–भण्डारा सडकमा भएको ट्रयाक्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
    दुर्घटनामा १९ जना घाइते भएका छन् । वडा नं–११ अन्तर्गत थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गर्दा घर ढलानका मजदुर सवार ना १ त ६२८२ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो ।

    Advertisement

    ओरालो घुम्तीमा मोड्न नसक्दा ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । आमपानीस्थित चिउँडेखोलानजिकैको डाँडामा रहेको ओरालो घुम्तीमा ट्रयाक्टर नमोडिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    • चालकले भने– ‘त्यो बाटोमा अनुभव नै थिएन’भरतपुर । मेरो नाम राजन चौधरी हो । म २६ वर्षको भएँ । भण्डारा–मलेखु सडकस्थित राप्ती–११, चेपाङमार्गमा आइतबार राति दुर्घटनामा परेको ट्रयाक्टरको चालक म नै हो । अहिले म पुरानो मेडिकल कलेज भरतपुरमा मृत्युसँग लडिरहेको छु ।

      मेरो घर खैरहनी–७ मा पर्छ । मैले खैरहनी–९, बैरहनी विश्राम चौधरीको ट्रयाक्टर चलाएको हो । उहाँको ट्रयाक्टर चलाएको तीन वर्ष भयो । साहू (विश्राम चौधरी)ले मलाई राप्ती–११ को वडा कार्यालय भवनको ढलानका लागि कामदार लैजान भन्नुभयो । ट्रयाक्टरमा २० जना ढलानको कामदार लिएर बिहान ७ बजे म खैरहनीको बैरहनीबाट राप्ती ११ को वडा कार्यालयतर्फ लागेँ । मैले साहु (विश्राम चौधरी)लाई बाटो कस्तो छ, त्यो सडकमा मैले ट्रयाक्टर चलाएको छैन भनेँ । उहाँले सक्छौ, बाटो राम्रो छ अहिले भन्नुभयो । मालिकले भनेपछि जान्नँ भन्ने कुरा पनि आएन । मलाई त्यो सडकको अनुभव नै थिएन ।

      जाँदा त सडक उकालो रहेछ । ट्रयाक्टरले बल्लबल्ल तान्यो । ट्रयाक्टर नयाँ होइन, केही वर्ष चलिसकेको पुरानो हो । त्यो सडकमा मैले यसअघि कहिल्यै चलाएको थिइनँ । जाँदा पनि डराइडराई यात्रु लिएर गएँ । राप्ती–११ को आँपपानीमा पुगियो । वडा कार्यालयको बनाउनुपर्ने भवन त्यहीँ रहेछ । ढलान सुरू भयो । ढलान गर्दा पानी प्रशस्त चाहिन्छ, तर पानीको अभाव रहेछ त्यो ठाउँमा । पानीको अभावले ढलान समयमै सकिएन ।

      मैले त ढलान समयमै सकिन्छ भनेको त रात नै प¥यो । फर्कंदा ट्रयाक्टरमा यात्रु झन् बढी भए । ढलानको सामग्री पनि ट्रयाक्टरमै हालियो । धेरै यात्रु र सामग्रीहरुले ट्रयाक्टर भरियो । फर्कंदै थिएँ, ओरालो आयो । ओरालोमा ट्रयाक्टरको तीव्र गति थियो । मोड आयो, ब्रेक लगाएर मोड्छु भनेको ब्रेक नै लागेन । एक्कासि ट्रयाक्टर बाटो छोडेर खोलामा खस्यो । म त बेहोस भएछु । ब्युँझिँदा अस्पतालमा ऐया ! ऐया !! भनेको रहेछु । कुन अस्पतालमा छु म भनेर नर्सलाई सोधेँ । उहाँले पुरानो मेडिकल कलेज भन्नुभयो । मेरो ढाड र टाउकोमा चोट छ । आफन्त पनि आइसक्नुभयो । सकेसम्म बचाउन खोजेको थिएँ तर सकिनँ, कतिको मृत्यु भयो मलाई केही थाहा छैन । (किशोर खनालसँँगको कुराकानीमा चालक राजनले बोलेको सम्पादित अंश)

    दुर्घटनामा मृत्यु हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खड्कबहादुर तामाङ (लामा), खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ, सोही वडाका ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ र मकवानपुर राक्सिराङ ४ का ३६ वर्षीय दीपक लामा रहेका छन् ।

    ‘ट्रयाक्टरको टेलरमा यात्रु र सामग्रीको ओभरलोड भएका कारण ओरालो घुम्तीमा चालकले ट्रयाक्टर मोड्न सकेन’, इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीले भने, ‘टेलरमा २५ जना मान्छे र ढलान गर्ने सामग्रीसमेत राखिएको रहेछ । ओभरलोड हुँदा गति अनियन्त्रित भएपछि दुर्घटना भएको देखिन्छ ।’

    दुर्घटनामा मृत्यु भएका खड्कबहादुर तामाङ राष्ट्रिय युवा संघ चितवनका सदस्य हुन् । स्थानीय समाजसेवीको रुपमा चिनिएका तामाङ सालघारी सामुदायिक वनका अध्यक्षसमेत थिए । उनी भवनको ढलानको कामको अवस्था बुझेर सोही ट्रयाक्टरमा बसी घर फर्कंदै थिए । राप्ती नगरप्रमुख प्रभा बरालका अनुसार मृत्यु भएका तामाङ स्थानीय समाजसेवी हुन् ।

    मृत्यु भएका अन्य पाँच जना भवन ढलानका मजदुरहरु रहेको थाकलटार माविका प्रधानाध्यापक सुनबहादुर मोक्तानले जानकारी दिए ।

    ‘दिनभरि राप्ती नगरपालिका वडा नं–११ को भवन ढलानको काम सकेर फर्किएका मजदुरको मृत्यु भएको हो’, मोक्तानले भने, ‘मजदुरी गरेर परिवार पाल्नेहरुले अकालमै ज्यान गुमाउनुप¥यो ।’ प्रधानाध्यापक मोक्तानले मजदुरको मृत्यु भएपछि परिवारको बिचल्ली भएको बताए ।

    दुर्घटनामा परी खैरहनी–७, मझुईका राजन चौधरी (ट्रयाक्टर चालक), राप्ती–४ का नीरबहादुर श्रेष्ठ, खैरहनी–९ की मन्जु चौधरी, सोही वडाकी सरिता चौधरी, रौतहट मधुनारायण नगरपालिका–१ का पप्पु महरा, बारा सिम्रनगढ नगरपालिका–५ का अवधेश पासवान, सोही नगरपालिका वडा नं–८ का शिवजीकुमार राम, रौतहट दिबहीका अरूण राम, सोही नगरपालिकाका विजय राम, बारा बुद्धगाउँ नगरपालिका–८ का बिराज चौधरी, मकवानपुर सिलिङ्गे गाउँपालिका–६ का दानिर प्रजा घाइते भएका छन् ।

    त्यसैगरी, मकवानपुर कान्द्राङ गाउँपालिका–४ का रङलाल प्रजा, बारा कचौराहा गाउँपालिका–८ का रामआधार राम, रौतहट दिबही नगरपालिका–१ का नागेश्वर चमार, मकवानपुर राक्सिराङ गाउँपालिका–२ का अजय सिंजाली, रौतहट दिबही नगरपालिका–२ का नितेस राम, मकवानपुर राक्सिराङ गाउँपालिका–७ का रमन चेपाङ, बारा कोल्बी नगरपालिका–५ का प्रभुकुमार राम र नाम, थर र ठेगाना नखुलेका अन्दाजी २८ वर्षका पुरूष घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर तथा ११ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनीहरुको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना आइतबार बेलुका साढे सात बजे भएको थियो ।

    ट्रयाक्टरमा यात्रु चढाउन रोक लगाउँछौँ : मेयर बराल

    यसैबीच, राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले राप्ती नगरपालिकाको पहाडी सडकमा ट्रयाक्टरमा यात्रु चढाउने कार्यलाई रोक्ने बताएकी छन् । चितवन पोष्टसँगको कुराकानीमा मेयर बरालले यसअघि पनि ट्रयाक्टरको ढालामा यात्रु नचढाउन, क्षमताभन्दा बढी यात्रु नचढाउन बारम्बार भने पनि कार्यान्वयनमा नआएको बताइन् ।

    भण्डारा–मलेखु सडक अन्त्यन्तै जोखिमयुक्त भएको उनको भनाइ थियो । उनले भनिन्, ‘चेपाङमार्ग भनेर चिनिने उक्त सडकमा धेरै मोडहरु छन्, जसका कारण बढी जोखिम छ । त्यस्तो जोखिमपूर्ण सडकमा धेरै यात्रु बोक्दा नै ट्रयाक्टर दुर्घटना भएको हो ।’ उनले सो सडकमा चल्ने सवारीसाधनमा अत्यधिक यात्रु बोक्न र ट्रयाक्टरमा मान्छे ओसार्न रोक नै लगाउने बताइन् । उनले भनिन्, ‘ट्रयाक्टर यात्रु बोक्ने साधन होइन, सम्बन्धित निकायले पनि यसबारेमा गम्भीर ध्यान दिनुपर्छ ।’

    मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.