• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भरतपुर अस्पतालको बेथिति, विरामीलाई दिनभर पालो बस्दैमा हैरान


  •   शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
  • भरतपुर । केन्द्रीय अस्पतालको रुपमा स्थापना भएको भरतपुर अस्पतालमा बिरामीले उपचारको सट्टा सास्ती पाउने गरेका छन् । उपचारका लागि अस्पताल पुगेका अधिकांश बिरामीले दिनभर दुःख भोगेर पनि उपचार नपाउँदा सामान्य जाँच पनि नहुँदै घर फर्किन बाध्य भएका छन् ।

    Advertisement

    ‘बिहान १० बजेदेखि विभिन्न स्थानमा लाइन बस्दाबस्दा आफ्नो पालो आउने बेलामा समय नै सकिन्छ’, कोरोना सङ्क्रमणको जाँच गर्न भन्दै भरतपुर अस्पताल पुगेका भरतपुर–४ का एक युवाले भने, ‘सामान्य चेकजाँचका लागि पनि एकदिनमा काम हुँदैन भने यो अस्पतालले जनतालाई सहज तरिकाले सेवा दिएको छ भनेर कसरी विश्वास गर्नु ?’

    बिहान १० बजे भरतपुर अस्पताल पुगेका उनी ओपिडी टिकटका लागि लाइन बस्छन् । त्यसपछि ज्वरो क्लिनिक हुँदै बिल लिने ठाउँमा पुग्छन् । त्यसपछि ‘तपाईंको पेपरमा केही लेखेको छैन’ भनेर फेरि ज्वरो क्लिनिकमै पठाइदिन्छ । त्यसपछि फेरि पैसा बुझाउन १५ नम्बर काउन्टरमै पुग्छन् । त्यसपछि स्वाब संकलन गर्न भने संकलन केन्द्र पुग्दा स्वाब संकलन गर्ने भाँडो नै सकियो भनेर फर्काइन्छ ।

    एउटै व्यक्तिलाई १० ठाउँमा डुलाउँदा वर्तमान समयमा फैलिएको सङ्क्रामक रोगको जोखिम उत्तिकै बढ्ने देखिन्छ भने अस्पतालले सेवाग्राहीप्रति गर्ने व्यवहारले सेवाग्राही फेरि भरतपुर अस्पतालमा फर्किने वातावरण बन्दैन, ऊ बाध्य भएर निजी अस्पताल पुग्छ ।

    भरतपुर–२४, हिमाली टोलका विष्णु अधिकारी पनि यस्तै समस्याबाट पीडित छन् । आफन्तको शल्यक्रिया गर्नुपर्ने भएकोले कोभिड जाँच गर्न डाक्टरले सिफारिस गरिदिएपछि उनले पनि दिनभरि पाउनुसम्म दुःख पाए । स्वाब संकलन केन्द्रसम्म पुग्दा स्वाब संकलन गर्ने भाँडो नै सकियो भनेपछि उनी अस्पतालका कर्मचारीप्रति आक्रामक बने । र, उनले अस्पतालसँग सम्बन्धित विभिन्न व्यक्तिलाई फोन गरे । ‘तर, फोन उठाउने सबैले एकले अर्कोलाई देखाउने गरेर पन्छिने काममात्रै गरे’, उनले भने ।

    अस्पतालका जिम्मेवार व्यक्तिहरुबाटै सकारात्मक उत्तर नआएपछि यही गुनासो लिएर प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई फोन घुमाए । प्रमुख जिल्ला अधिकारीले ‘के रहेछ समस्या बुझेर कमजोरी हुन नदिन पहल गर्छु’ भनेर आश्वस्त पारे ।

    ‘शुक्रबारको अप्रेसन छ, बिहीबार कोभिड जाँच्न पाइएन’, उनले भने, ‘डा. प्रकाश खतिवडाले मरिगए फोन उठाउनुहुन्न ।  त्यसपछि डा. युवानिधि बसौलालाई फोन गरेँ, उहाँले म काठमाडौँ छु, मेसुसावलाई फोन गर्नु भन्नुभयो । त्यसपछि अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. वासुदेव पाण्डेलाई फोन गरेँ । एउटाले अर्कोलाई अर्कोले फेरि अर्कोलाई देखाएर पन्छिने काममात्रै भएपछि मैले सिडिओलाई फोन गरेँ, उहाँबाट पनि आश्वासनबाहेक केही पाउन सकिनँ ।’

    कतैबाट पनि सम्भव नभएपछि स्वाब संकलन केन्द्रका कर्मचारी गंगाधर यादवसँग एकछिन भनाभन नै प¥यो । त्यसपछि अस्पतालका सूचना अधिकारी कृष्णप्रसाद गौतमको कार्यकक्षमा पुगेर दिनभरि पाएको सास्तीबारे जानकारी गराउँदा उनले पनि मेसुसँग यस विषयमा कुरा राख्छु भन्नुबाहेकको काम भएन ।

    ‘एक जना बिरामीले ओपिडीदेखि स्वाब संकलन केन्द्र हुँदै प्रशासनसम्म चहार्दा पनि सुविधा पाइँदैन भने यो अस्पताल जनताको सेवासुविधाका लागि कसरी काम लाग्यो ?’ अधिकारीले भने, ‘त्यसैले कसैलाई कोरोना भाइरस सङ्क्रमण भएको हो भने ऊ एकपटक भरतपुर अस्पताल आएको हुनुपर्छ । र, यहीँबाट रोग सरेको हुनुपर्छ ।’

    अस्पतालका सूचना अधिकारी गौतमले पनि अस्पतालको कमजोरीबारे स्वीकार गरे । ‘अस्पतालको क्षमताअनुसारको कर्मचारी नहुँदा काम गर्न हामीलाई पनि कठिनाइ छ’, उनले भने, ‘त्यसैले हाल कार्यरत करिब ६०० कर्मचारीमाथि पनि हामीले एक हजार ३०० कर्मचारी माग गरेका छौँ ।’ केन्द्रीय तहको अस्पताल भने पनि सही समयमा सेवासुविधा दिन नसक्दा अस्पताल प्रशासनले पनि आफ्नो कमजोरी महसुस गरेको उनले बताए ।

    सरकारले अस्पतालको मागअनुसारको कर्मचारी नदिँदासम्म यो समस्या पूर्णरुपमा समाधान हुन नसक्ने उनको भनाइ छ । ‘तैपनि, जनताबाट आएका गुनासालाई सकभर कसरी सम्बोधन गर्नुपर्छ त्यसबारे मेसुसावसँग छलफल गरेर हामी अगाडि बढ्नेछौँ’, उनले भने ।

    शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.