चितवन । नेपाल पत्रकार महासंघ चितवनको पदस्थापना शुक्रबार सम्पन्न भएको छ । महासंघ सभाहलमा भएको कार्यक्रममा निर्वाचन समितिका सदस्य राजकुमार श्रेष्ठले मत परिणाम सहित औपचारिक रुपमा निर्वाचित समितिको नामावली घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष नारायण अधिकारीले महासंघलाई सबै पत्रकारको आस्थाको केन्द्र बनाउने बताउनुभयो । सम्पन्न १२औँ अधिवेशनबाट अध्यक्षमा नारायण अधिकारी, उपाध्यक्षमा प्रकाश ज्ञवाली, उपाध्यक्ष महिलामा प्रमिता ढकाल, सचिवमा दिपेन्द्र अधिकारी, समावेशी सह–सचिवमा उर्गेन तामाङ, सह–सचिव खुलामा आनन्द पोख्रेल निर्वाचित भएका थिए ।