काठमाडौं। लण्डनमा भएको बियर प्रतियोगिताले अर्ना वियरले अन्तर्राष्ट्रिय अवार्ड पाएको छ। अर्ना(८) र अर्ना लाइटले रजत र काश्य पदक जितेका छन्।
लण्डन वियर कम्पिटिशन २०२१मा यो पदक जितेको छ। यो विश्व वियर उद्योगको सर्वोच्च मान्यता प्राप्त प्रतियोगिताको रुपमा हेरिन्छ। यती ब्रुअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो। अर्ना बियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेको हो।
प्रतिस्पर्धामा गुणस्तर, उत्पादन क्षमता,प्राविधिक विशेषज्ञता एवं अन्य सहभागीको रोजाईलाई प्रतिनिधित्व गर्छ। कम्पनीका अनुसार अर्ना-८ ले १०० पूर्णाङ्कमा ८५ अंक प्राप्त गरेर रजत पदक प्राप्त गरेको थियो भने अर्ना लाइट ले ७२ अंकका साथ काश्य पदक पाएको थियो।
