• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

पाँच सय सवारीसाधनसहितको शोभायात्रा गर्दै चितवन पठाइँदै राम–सीताको मूर्ति


  •   मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
  • मंगलबार देवघाटमा आठ सय र बुधबार माडीमा १५ सयजनालाई खानबस्नको व्यवस्था

    भयावह बनिरहेको कोरोना संक्रमणका कारण चौतर्फी सन्त्रास छ, संक्रमित बढेकाबढ्यै छन् । सरकारले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ । तर, प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष निर्देशनमा मंगलबार तामझामसहित बालुवाटारबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति चितवन ल्याइँदै छन् । रथमा मूर्ति राखेर करिब पाँच सय सवारीसाधनसहितको कलशयात्रा तथा शोभायात्रा चितवन पुग्नेछ ।

    Advertisement

    प्रधानमन्त्री ओलीले गत वर्षको २९ असारमा बालुवाटारमा मनाइएको २०७औँ भानुजयन्तीको कार्यक्रममा रामको जन्मभूमि भारतको अयोध्या नभएर चितवनको अयोध्यापुरी भएको दाबी गरेका थिए । त्यसलगत्तै उनले माडीका स्थानीय जनप्रतिनिधिलाई काठमाडौं बोलाएर अयोध्यापुरीमा राममन्दिर बनाउन निर्देशन दिएका थिए । आगामी वर्षको चैते रामनवमीका दिन मूर्ति अनावरण गर्दै मन्दिर उद्घाटन गर्ने घोषणा उनले गरेका थिए ।

    प्रधानमन्त्री ओलीले सरकारीनिवास बालुवाटार राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाउन लगाएका थिए । मंगलबार ती मूर्ति उनले स्वस्तिवाचनसहित धार्मिक विधिबाट हस्तान्तरण गर्ने कार्यक्रम छ । आफ्नै खर्चमा मूर्ति निर्माण गरिएको उनले बताउँदै आएका छन् ।

    अयोध्यापुरी व्यवस्थापन समितिका संयोजक तीर्थराज भुसालका अनुसार प्रधानमन्त्रीले मूर्ति हस्तान्तरण गरेपछि रथ, बग्गीसहितको कलशयात्रा र करिब पाँच सय सवारीसाधनसहितको शोभायात्रा मूर्ति बोकेर चितवनका लागि हिँड्नेछ । शोभायात्रा साँझ चितवनको तीर्थस्थल देवघाटस्थित गलेश्वर आश्रममा पुग्नेछ । नागढुंगाबाट भने रथमा रहेका मूर्तिलाई गाडीमा राखेर ल्याइनेछ ।

    भुसालका अनुसार शोभायात्रालाई देवघाट क्षेत्र विकास समितिले भव्य स्वागत गर्ने कार्यक्रम छ । काठमाडौंबाट टोलीमा आउनेसहित गरेर आठ सयजनालाई खान र बस्नका लागि देवघाटमा व्यवस्था गरिएको छ । बुधबार बिहान आठ बजे देवघाटका विभिन्न पीठाधीशहरूको उपस्थितिमा मूर्तिहरूको जलाभिशेष गरेपछि माडीस्थित अयोध्यापुरी पठाइनेछ ।

    अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गर्न अस्थायी मन्दिर निर्माण गरिएको छ । अयोध्यापुरी व्यवस्थापन समितिअन्तर्गतको प्रचार–प्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीका अनुसार देवघाटबाट पनि भव्य कार्यक्रमसहित मूर्तिहरू माडी ल्याइनेछ । बिहान ८ बजे नै बाह्मणहरूबाट स्वस्तिवाचन र मन्त्रोच्चारणसहित मूर्तिहरू माडीतर्फ लगिनेछ । स्थानीय रेवा नदी (रिउ खोला)मा परशुराम कुण्डको जलले मूर्तिहरू अभिषेक गरिनेछन् । स्थानीयलाई बाटो किनारमा बसेर स्वागत गर्न आह्वान गरिएको छ । बुधबार माडीमा नौ सय सवारीसाधन राख्ने र एक हजार पाँच सयजनालाई खान–बस्नका लागि व्यवस्था गरिएको उनले बताए ।

    मंगलबार चितवन पठाइन लागिएका राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति प्रधानमन्त्रीनिवास बालुवाटारमा

    चितवनका सिडिओ प्रेमलाल लामिछानेले मूर्ति अनावरण कार्यक्रममा बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र संघीय सरकारका पर्यटनमन्त्री भानुभक्त ढकाल आउने जानकारी पाएको बताए । कार्यक्रमको उनले सहजीकरण गरिरहेका छन् ।

    मूर्ति अनावरणका नाममा हुने भिडभाडले कोरोना फैलिने जोखिम हुँदैन भन्ने प्रश्नमा सिडिओ लामिछाने पन्छिन खोजे । ‘यो विषयमा मलाई धेरै बोल्न नलगाइदिनुस् । हामीलाई कार्यक्रमको जानकारी प्राप्त भएको छ, जोखिम कसरी कम गर्न सकिन्छ भन्नेबारेमा पनि सचेत छौँ,’ उनले भने, ‘मुख्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत आउने कुरा छ । यो विषयमा मलाईभन्दा माथि नै सोध्नुभए राम्रो हुन्थ्यो ।’

    गत १८ कात्तिकमा पनि माडी–९ गणेशगुञ्जमा सुन्दरकाण्ड संगीतमय पारायण गरिएको थियो । जुन कार्यक्रममा प्रधानमन्त्री ओलीले शुभकामना सन्देश पठाएका थिए ।

    गत वर्षको २३ साउनमा प्रधानमन्त्री ओलीले माडी नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर– ९ का अध्यक्ष शिवहरि सुवेदीलाई फोन गरेर काठमाडौं आउन भने । उनीसहित उपमेयर ताराकुमारी काजी महतो, अयोध्यापुरी खोज अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेललगायतको टोली बालुवाटार पुगेको थियो ।

    दुई घन्टाको छलफलमा प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै भएको दाबी गर्दै मन्दिर बनाउन निर्देशन दिएका थिए । उनले माडी नगरपालिकाको नाम फेरेर अयोध्यापुरी राख्ने तयारी गर्न पनि सुझाब दिएका थिए । अयोध्यापुरीलाई राम जन्मभूमिका रूपमा विकास गर्न बजेटको कुनै कमी हुन नदिने आश्वासन प्रधानमन्त्री ओलीले दिएका थिए ।

    माडी नगरपालिकाको २२ भदौ ०७७ मा बसेको बैठकले वडा नम्बर ९ स्थित रिउ खोला र घाँघर खोलाको दोभान (कृष्णनगरपार्क)मा एक सय बिघामा फैलिएको जमिन अयोध्याधामका लागि प्रस्ताव गरेको थियो । त्यस क्षेत्रको भौतिक पूर्वाधार विकास गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

    प्राविधिक कारणले यो जमिन अनुपयुक्त देखिएमा वैकल्पिक रूपमा माडी– ८ स्थित दक्षिण अयोध्यापुरी क्षेत्रको करिब ५० बिघा जमिनसमेत नगरपालिकाले प्रस्ताव गरेको थियो । माडी– ९ को गणेशगुञ्ज, माडी– ७ को देवेन्द्रपुर शनिमन्दिरनजिकको क्षेत्र र माडी– १ को पाण्डवनगर क्षेत्रलाई अन्य धाम तथा पार्कका लागि प्रस्ताव गरेको थियो । तर, यस विषयमा मन्त्रिपरिषद्बाट हालसम्म कुनै निर्णय भएको छैन ।

    मन्त्रिपरिषद्बाट यी विषयमा निर्णय गर्नुको साटो नगरपालिकासँग समन्वयसमेत नगरेको माडीका मेयर ठाकुरप्रसाद ढकालले बताए ।

    मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.