• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

५ वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ नागढुंगा–मुग्लिन सडक विस्तार अघि बढाइदैं


  •   मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
  •  

    Advertisement

    चितवन । पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्ने सरकारको योजनाअनुसार नागढुंगा–मुग्लिन सडक विस्तार अघि बढाइने भएको छ ।

    यसअघि मुग्लिन–नारायणगढ सडक विस्तार गरिएकोमा आगामी आवदेखि नागढुंगा–मुग्लिन विस्तार गर्ने तयारी अघि बढाइएको छ । सो सडक निर्माण शुरु भएको पाँच वर्षमा सकाउने लक्ष्य लिइएको छ ।

    सडकको लम्बाइ ९२ किमी रहेको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सडक विस्तारको काम अघि बढाउन लागिएको हो । उक्त खण्डमा विस्तारको काम तीन खण्ड गरेर अघि बढाइने नागढुंगा–मुग्लिन सडक योजनाले जानकारी दिएको छ ।

    तीन खण्डमा नारायणगढ–नौबिसे, नौबिसे–मलेखु र मलेखु–मुग्लिन गरेर विस्तार गरिने छ । तीन खण्डमध्ये नागढुंगा–नौबिसे र नौबिसे–मलेखु खण्डको प्रारम्भिक अध्ययन सकिएको योजना प्रमुख अमृतमणि रिमालले बताए ।

    उनका अनुसार सो खण्डको मूल्यांकन सकिएर विश्व बैंकमा स्वीकृतिका लागि पठाइएको छ । तीन खण्डमा आगामी आवमा ठेक्का प्रक्रियामा जाने उहाँको भनाइ छ । उनले भने, ‘आगामी आवमा ठेक्कामा गएर दशैँसँगै निर्माण शुरु हुनेछ ।’

    विस्तारका लागि ठेक्का प्रक्रियामा जानु पहिले सडकको अधिकार क्षेत्र खाली गरिएको प्रमुख रिमालले बताए । सो खण्डमा अहिले रुख र खम्बा सार्न प्रक्रिया अघि बढाइएको छ । त्यस्तै पुल निर्माण गर्ने स्थानमा जग्गाको मुआब्जाका लागिसमेत प्रक्रिया थालिएको उनले बताए ।

    सो खण्डमा २६ पुल निर्माण हुनेछ । सडक कम्तीमा ११ मिटर चौडाइ हुने बताइएको छ । मुग्लिन–नारायणगढ खण्डमा जस्तै यो खण्डमा पनि अहिले भएका पुल त्यहीँ छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण गर्न लागिएको छ ।

    सडकको अधिकार क्षेत्रमा व्यक्तिगत सम्पत्ति नभएकाले निर्माणस्थल खाली गर्न समस्या नहुने उनले बताए । उनले भने, ‘सडकको केन्द्रबाट १५र१५ मिटर लिँदा ठूलो समस्या हुने छैन ।’

    काठमाडौं उपत्यकाबाट देशका पश्चिमतर्फ जाने सवारीसाधन सबैभन्दा बढी गुड्ने भएकाले नागढुंगा–मुग्लिन सडकमा सवारी चाप धेरै हुने गरेको छ । वैकल्पिक सडकबाट सवारीसाधनलाई पठाएर निर्माण गर्दा समयमै काम सकाउन सकिन्छ । मुग्लिन–गल्छी खण्डसम्म वैकल्पिक सडक नभएकाले सोही सडकमा सवारीसाधनलाई सञ्चालन गरेर सडक निर्माण गर्नुपर्ने उनले बताए ।

    यो खण्डमा भित्तामा एक लेन कटिङ गरेर एकातिरबाट सवारीसाधन जान दिने र अर्को लेनमा निर्माण अघि बढाइने योजनाले जानकारी दिएको छ । गल्छीबाट नागढुंगासम्म भने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । सो सडकका विकल्पका रुपमा गल्छी–लामिडाँडा–भीमढुंगा र सीतापाइला–धार्के विकल्पमा प्रयोग गर्न सकिन्छ ।

    पहिले छ÷सात मिटर चौडाइ रहेकामा अहिले सडकलाई ११ मिटर हुने गरी विस्तार गर्न लागिएको हो । पहिलेभन्दा झण्डै दोब्बर चौडाइको सडक भएपछि सो खण्डमा सवारी जामको समस्या हल हुने आशा गरिएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने विभिन्न नाकामध्ये सबैभन्दा बढी सडक जाम यही सडकमा हुने गर्छ ।
    सरकारले नागढुंगा–सिस्नेखोला खण्डमा सुरुङमार्ग निर्माण अघि बढाइरहेको छ । नागढुंगा–मुग्लिन सडक सम्पन्न भएपछि काठमाडौं भित्रने वा काठमाडौंबाट बाहिर जाने सवारीसाधन सजिलै आउजाउ गर्न सक्नेछन् ।

    यसअघि ३६ किमी लम्बाइको मुग्लिन–नारायणगढ सडक सम्पन्न भइसकेको छ । सो खण्डमा पुल निर्माण अघि बढिरहेको छ । उक्त खण्डमा चट्टान भएका ठाउँमा बाहेक चौडाइ ११ मिटर रहेको छ । सडक कम्तीमा नौ मिटरदेखि बढीमा ११ मिटरसम्म चौडा बनाइएको योजनाले जानकारी दिएको छ । रासस

    मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.