• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘केपी ओलीको प्रतिवाद गर्न तयार छौं’


  •   मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
  • प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामुहिक स्पष्टीकरण सोधेपछि माधव नेपाल पक्षले मंगलबार नयाँ बानेश्वरको अर्याल होटलमा आयोजना गरेको आकस्मिक बैठकमा सांसद रामकुमारी झाँक्री पनि उपस्थित थिइन् ।

    Advertisement

    पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओली रामकुमारी झाँक्रीको नामै सुन्न चाहँदैनन् । बालुवाटारमा भेट हुने निकटस्थहरुसँग प्रधानमन्त्री ओली रामकुमारी झाँक्रीको नाम लिएर कठोर आलोचना गर्ने गर्छन् ।

    यसरी प्रधानमन्त्री ओलीको तारो बनेकी एमाले युवा नेतृ झाँक्रीसँग सोमबार अर्याल होटल अगाडि पत्रकारहरुले केही प्रश्न गरे ।

    प्रस्तुत छ, झाँक्रीसँगको संक्षिप्त वार्तालाप–    

    तपाईंसहित एमालेका २७ जना संघीय सांसद र कर्णालीका ५ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोधिएको छ ।  अब के गर्नुहुन्छ ?

    आज दिउँसो १२ बजेपछि व्यक्ति–व्यक्तिलाई पत्र काटिएको छ । स्पष्टीकरण सोधिएका हामी सबै सांसदहरुको भनाइ पार्टी विभाजन केपी ओलीले नै सुरु गर्नुभयो भन्ने हो ।

    उहाँले २०७६ साल माघको १५ देखि १९ सम्म भएको केन्द्रीय कमिटीको बैठकपछि नै पार्टी विभाजनको प्रक्रिया सुरु गर्नुभएको थियो । त्यो बैठक भव्यताका साथ सम्पन्न भयो । तर, लगत्तै उहाँहरुले गौशालास्थित मदन भण्डारी फाउन्डेशनको कार्यालयमा बसेर एमाले–एमाले एक हुनुपर्छ भन्ने अभियान सुरु गर्नुभयो । उहाँले माओवादी र एमालेलाई अलग गर्ने प्रक्रिया त्यहीँबाट सुरु गर्नुभएको थियो ।

    त्यसपछि लकडाउनकै समयमा दल बदलसम्बन्धी अध्यादेश ल्याएर त्यसलाई सहजीकरण गर्नुभयो । त्यसपछि संवैधानिक परिषदको कार्यविधि सञ्चालनसम्बन्धी अध्यादेश ल्याउनुभयो र संवैधानिक परिषदहरुमा एकलौटी नियुक्ति गरेर त्यसको डण्डा चलाउने मनसाय त्यतिबेलै देखाउनुभएको थियो । त्यसमा केही प्रश्नहरु आएपछि उहाँ निरन्तर एक्लै हिँड्न थाल्नुभयो ।  विधि र पद्धतिलाई फलो गर्नुभएन । केन्द्रीय कमिटीमा सुविधाजनक बहुमत छ भन्ने नलागेका बेला कहिल्यै कमिटीलाई मान्नुभएन ।

    हुँदै जाँदा, उहाँले ०७७ पुस ५ गते संसद् विघटन गर्नुभयो, जुन अधिकार संविधानतः प्रधानमन्त्रीलाई थिएन । नभएको अधिकार प्रयोग गरेर जनताको सार्वभौम थलो संसद् नै विघटन गरेपछि हामी त्यसविरुद्ध लड्यौँ । सर्वोच्चमा मुद्दा हाल्यौं र जनप्रदर्शन ग¥यौं । उहाँको कदम गलत थियो भनेर सर्वोच्चले भनिदियो ।

    त्यसपछि पनि हामी एकीकृत पार्टी बनाउन चाहन्थ्यौं । यतिबेला ऋषि कट्टेलको माग दाबी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेरो हो भन्नेसम्म थियो । एमाले र माओवादीबीच एकता भएर बनेको पार्टीलाई यो नाम नदिनु भन्ने थियो । तर, मागदाबी नाममा थियो, उहाँहरुले अदालतसम्म सेटिङ गरेर मागै नभएको कुरा, दुुईवटा पार्टीको एकता बदर गरिदिनुभयो । एकता बदर गर्ने अदालतको आदेशमा राजनीतिक असहमति राख्दा–राख्दै पनि हामीले मान्यौँ ।

    यसरी, फागुन २३ गतेको अदालतको फैसलाले २०७५ साल जेठ ३ गतेको अवस्थामा एमालेलाई फर्काइदियो । त्यसयता, हामी एमालेमै आफ्नो काम गर्ने भनिरहेका छौं । तर, उहाँले २८ फागुनमा विधान संशोधन, एकलौटी मनोनयन, पदाधिकारी बाँडफाँट, पदाधिकारीको खारेजी लगायत तमाम अवैधानिक निर्णय गर्नुभयो ।

    पार्टी एकता बदर भइसकेको छ, हामी एमालेको नवौं महाधिवेशनबाट निर्वाचित सदस्यहरु हौं । निर्वाचनमा सूर्य चिन्हबाट जितेका नेकपा एमालेका सांसद् र त्यस दलका सदस्य हौं । हामीलाई निरन्तर हटाउने कोसिस उहाँले गरिरहनुभयो । तर, पनि हामी दलको बैठकमा (बालुवाटार) गयौं ।

    तर, केन्द्रीय कमिटीको बैठकमा हाम्रो असहमति छ, ०७८ फागुन २८ को निर्णय खारेज नगर्दासम्म त्यो बैठकमा हामी जाँदैनांै र राजनीतिक लडाइँ लड्छौं भनेपछि त्यसैलाई कारण देखाएर अहिले स्पष्टीकरण सोध्नेलगायत यी सबै कुरा गर्नुभएको छ ।

    जसले गैरसंवैधानिक र विधानविपरीतका कुरा गर्छ, विधानमा हुँदै नभएको व्यवस्थाअनुसार अधिकार आफैंमा केन्द्रित गर्छ, उसैले सोधेको स्पष्टीकरण हास्यास्पद छ । तर, हास्यास्पद भए पनि संसदीय दलको सदस्य भएको नाताले, संविधान र कानूनलाई परिपालना गर्ने नागरिकको कर्तव्य, दलको सदस्यको कर्तव्य भएकाले हामी कानूनी हिसाबले स्पष्टीकरण दिन्छौं ।

    तर, पार्टीगत रुपमा हामी राजनीतिक हिसाबले प्रतिवाद गर्छौं । प्रतिवाद गर्नका लागि हामी तयार छौं । प्रतिवाद गर्दा उहाँले अर्कै पार्टी बनाएको भनिरहनुभएको छ । तर, पार्टी अलग बनाएको भए त देखिनुप¥यो, कानूनी हिसाबले देखिनुपर्‍यो । कानूनले हामीलाई चिन्नुपर्‍यो । हामी त एमालेको केन्द्रीय कमिटीको सदस्य हौं, अनि कसरी हामी अर्को पार्टीको भयौं त ?

    कारबाहीको डण्डा चलाएर कम्युनिष्ट आन्दोलनलाई सत्यानाश गर्ने, पार्टीभित्रका सच्चा कम्युनिष्टहरुलाई कत्लेआम गरेर दक्षिणपन्थको सेवा गर्ने बाटोमा निरन्तर लाग्नुभएको छ । त्यसकारण, पार्टी अध्यक्षको कम्युनिष्ट आन्दोलनविरोधी रवैयाको राजनीतिक हिसाबले प्रतिवाद गर्छौं ।

    उहाँले जनताको बहुदलीय जनवादलाई सिरानी हाल्नुभएको छ । तर, जनताको बहुदलीय जनवादलाई उहाँले सिरानी मात्रै हाल्नुभएको हो । २०४९ सालमा कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको मौलिक कार्यक्रम भनेर ल्याइरहँदा त्यसका १४ वटा महत्वपूर्ण विशेषतामध्ये कम्युनिष्ट पार्टीको लोकतान्त्रीकरण, नेपाली समाजको प्रजातान्त्रीकरण भन्ने महत्वपूर्ण विषय थियो । बहुमतको सरकार, अल्पमतको विपक्ष, विधिको शासन, प्रेस स्वतन्त्रता, मानवअधिकार यी कुराहरु जबजका महत्वपूर्ण विषयहरु थिए । त्यसमध्ये अन्तरपार्टी हिसाबले विचारको स्वतन्त्रता हुनेछ, अल्पमत बहुमतको अधीनस्थ हुनेछ, बहुमतको निर्णय हुनेछ भनेर जनताको बहुदलीय जनवादले भनेको छ । तर, स्वयं उहाँले आफूलाई बहुदलीय जनवादको प्राधिकार दाबी गर्दै गर्दा त्यही सिद्धान्त र विधिलाई कहिल्यै सिद्धान्तका रुपमा विकसित गर्ने चेष्टा गर्नुभएन । त्यसको आत्मालाई कुल्चने चेस्टा गरिरहनुभएको छ । निरन्तर कुल्चनुभएको छ ।

    लोकतान्त्रीकरण जबजको मूल लक्ष्य हो, त्यसैलाई उहाँले कुल्चनुभएको छ । बहुमतको अधीनस्थ अल्पमत हुन्छ, त्यसकारण हामी तपाईको अल्पमत भए पनि एमालेमा हुन्छौं भन्दा हामीलाई ढोका बन्द गरेर त्यहाँभित्र पस्न दिनुहुन्न ।

    विचारको स्वतन्त्रता हुन्छ र पार्टीभित्र अन्तरपार्टी संघर्ष सञ्चालन गर्न पाइन्छ भनेर मदन भण्डारी स्वयंले भन्नुभएको छ । तर, पार्टीमा हामीलाई वैचारिक हिसाबले, राजनीतिक हिसाबले, सैद्धान्तिक हिसाबले छलफल गर्न दिनुहुन्‍न र धकेल्दै–धकेल्दै विधि पु¥याएर कारबाही गर्ने प्रक्रियास्वरुप उहाँहरुले स्पष्टीकरण सोध्नुभएको हो, हामीलाई धेरै राम्रोसँग थाहा छ । हामी गैरकानूनी, गैरवैधानिक पद्दति र प्रक्रियाको विरोधमा राजनीतिक र कानूनी लडाँइ लड्न तयार छौं ।

    तपाईहरुले प्रतिनिधिसभामा फ्लोर क्रस गर्नुहुन्छ कि भन्ने आशंका पनि त छ नि ? जस्तो, कर्णालीमा फ्लोर क्रस भयो ।

    कसैले गर्ने आशंकाका पछाडि हामी कुद्ने होइन । हामी त यो दलका सदस्य हौं । यो दलको सदस्य भएवापतको दलीय व्यवस्थाको दायित्व हामीमाथि छ । हामी त्यसकारण विधि, प्रक्रिया र पद्दतिको पक्षमै उभिन्छौं । त्यसैले हामीले त्यो दायित्वलाई बिर्सन्नौं । कर्तव्यबाट च्यूत भएर कसैले हामीमाथि कत्लेआम कारबाही गर्दा त हामी प्रतिवाद गरेर यही पार्टी बनाउँछौं भनेर बसेका छौं, हामीले अर्को बाटो रोज्ने कुरै आउँदैन ।

    जहाँसम्म उहाँहरुको अविश्वास छ, गलत गर्नेहरुलाई शंकाले लखेटिरहन्छ । जो गलत छ, उसलाई आफ्ना गलत क्रियाकलापका विरुद्ध कसैले प्रश्न उठाइदेला, चुनौती देला कि भन्ने जहिले पनि डर हुन्छ । तर, हामीलाई डर छैन ।  यद्यपि, दलको विधान, दलको ह्वीप हामीलाई लाग्छ ।

    त्यसोभए, तपाईहरु कहिलेसम्म लड्नुहुन्छ ?

    टेक्ने जमिन हुँदासम्म लड्छौँ, हामीलाई लडाइए पनि धुलो टक्टक्याएर उठ्छौँ, अनि फेरि लड्छौँ । किनभने, ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने योजनाअन्तर्गत परिचालित भएर निरन्तररुपमा पार्टीविरुद्ध प्रहार गर्दै हुनुहुन्छ ।

    सांसद् पद पार्टी भएर हामीले आर्जन गरेका हौं, यो कसैले टीका लगाएर दिएको होइन । यो फुली, बर्दीसँग जोडिएको विषय होइन । त्यसैले पदको मतलब नगरी हामी एमाले नै भएर पार्टीभित्रै आफ्नो अस्तित्वका लागि लडिरहन्छौं ।

    मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.