• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

माओवादीको राजनीतिक विश्लेषण : समर्थन फिर्ता लिँदा ओलीलाई सजिलो


  •   मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ नेकपा एमालेभित्र स्पष्टीकरणको डण्डा चलिरहेका बेला मंगलबार दिउँसो पेरिस डाँडामा नेकपा माओवादी केन्द्रको बैठक बसिरहेको थियो । बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे विश्लेषण सुनाए ।

    Advertisement

    बैठकमा लिखित राजनीतिक प्रस्ताव प्रस्तुत नगरे पनि प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे मौखिकरुपमै टिप्पणी गरेको बैठकमा सहभागी एक नेताले बताए । विश्लेषणका क्रममा प्रचण्डले केन्द्रमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग भइरहेको छलफलबारे नेताहरुलाई ब्रिफिङ गरेका थिए ।

    तीन दलीय गठबन्धनका लागि भएका छलफलहरु सकारात्मक दिशामा अघि बढिरहेको प्रचण्डले बताएका थिए । तर, नेपाली काँग्रेस प्रष्टरुपमा आए पनि जसपा भने आन्तरिक विवादमा फसिरहेकाले सहमति जुट्न ढिलो भएको उनले बैठकमा बताए । तर, केही दिनमै ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्न तीन दलबीच सहमति हुने प्रचण्डले विश्वास व्यक्त गरेको एक नेताले सुनाए ।

    बैठकमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको जिम्मेवारी सम्हालेका स्थायी कमिटी सदस्यहरुले पनि रिपोर्टिङ गरेका थिए । उनीहरुले गण्डकी र लुम्बिनीमा एमाले सरकार ढाल्नका लागि बहुमत पुग्ने हिसाब प्रस्तुत गरेका थिए । ती प्रदेशमा माधव नेपाल पक्षका सांसदले कर्णालीमा जस्तै फ्लोर क्रस गरेर गठबन्धनलाई सघाउने माओवादी नेताहरुको विश्वास थियो ।

    बैठकमा सामयिक राजनीतिक अवस्थाबारे बोलेका प्रचण्डले प्रधानमन्त्री केपी ओलीले मुलुकमा संघीय लोकतन्त्र र परिवर्तनका एजेण्डाहरुलाई समाप्त पार्न खोजेको बताएका थिए । तर, पार्टीले अहिले नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदा उनले फेरि संसद विघटन गरेर मध्यावधि चुनावतर्फ देशलाई धकेल्ने सम्भावना देखिएकाले अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगै गरिनुपर्ने विश्लेषण सुनाएका थिए ।

    माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंगलबारको बैठकमा विभिन्न ६ वटा एजेण्डा तय भएका थिए । बैठकमा रिपोर्टिङ, विधान संशोधन प्रस्ताव, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक र  वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठनबारे एजेण्डाहरु तय भएका थिए ।

    ओली सरकारले लोकतन्त्रलाई कमजोर पार्ने काम गरेको बैठकले निश्कर्ष निकालेको श्रेष्ठले बताए । ओली नेतृत्वको ‘प्रतिगामी’ सरकारलाई हटाएर लोकतन्त्र पक्षधर शक्तिहरुवीचको सम्वादलाई तीव्रता दिने निर्णय भएको पनि उनले बताए ।

    त्यसैगरी बैठकले कोरोनाको जोखिमबारे जनचेतना जगाउन र संक्रमितहरुलाई सहयोग कार्यकर्तालाई निर्देशन दिएको उनले बताए । श्रेष्ठका अनुसार सरकारले आफैं जनस्वास्थ्यसम्बन्धी मापदण्ड र आचरण लागू नगरेको भन्दै बैठकले सरकारलाई मापदण्डहरु पालन गर्न सरकारलाई आह्वानसमेत गरेको छ ।

    प्रधानमन्त्री ओलीले सभामुखसँग पनि सल्लाह नगरी हठात् रुपमा संसद अधिवेशन अन्त्य गरेकोमा माओवादीले आपत्ति जनाएको छ ।

    मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.