• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

रेष्टुरेन्ट व्यवसाय ब्याक टु अनलाइन डेलिभरी र टेक अवे, कोभिडको दोस्रो लहरले पुनः अप्ठ्यारोमा


  •   शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
  • काठमाडौं। होटल रेस्टुरेन्टका परिकारको स्वाद टेबल टेबलमा भेला भएर लिँदाको जस्तो घरमा मगाएर आनन्द मान्दैनन् ग्राहक। कोरोनाको दोस्रो लहरले भने अब फेरि परिकार अनलाइनमा अर्डर गर्ने र घरमा रिसिभ गरेर खानेहरु बढेका छन्।

    Advertisement

    ग्राहकको भौतिक उपस्थितिले व्यवसाय बढ्न थालेका बेला कोभिड-१९ दोस्रो लहरले रेष्टुरेन्ट व्यवसायलाई पुनः अप्ठ्यारो पार्दै लगेको छ। स्वास्थ्यका लागि उच्च सतर्कता अपनाउनुपर्ने भएपछि ग्राहक रेस्टुरेन्टमा घट्न थालेका छन्। बिजनेस टिकाइराख्न रेस्टुरेन्टहरु पुनः होम डेलिभरी र टेक अवेको सेवा सुदृढ बनाउन बाध्य भएका छन्।

    यसका लागि डेलिभरी सेवा दिने इ-कमर्स प्लेटफार्मसँगै होटल-रेस्टुरेन्टले आफ्नै कर्मचारी पनि प्रयोग गरेका छन्। बेवसाइट तथा मोबाइल एपमार्फत आउने खानेकुराको अर्डर सुरक्षित तरिकाले घर घरमा पुर्याउने कामले पुनः निरन्तरता पाएको छ। तर ठूलो लागत खर्चिएर सजावटसहित ग्राहक सेवाका पूर्वाधार बनाएका रेस्टुरेन्टका सञ्चालकहरुमा ग्राहक घट्न थाल्दा निराशासँगै आगामी दिन कस्तो आउला भन्ने चिन्ता देखिन्छ।

    कोरोनाको पहिलो लहरबाट जनजीवन सामान्यतर्फ फर्कन थाल्दा व्यवसाय फस्टाउन थालेको थियो। संक्रमणको दोस्रो लहरले मुलुक पुनः बन्दाबन्दीको अवस्थामै फर्किने संकेत देखिएको व्यवसायीले बताएका छन्।

    करिब मध्यरातसम्म रेष्टुरेन्ट सञ्चालनमा आइरहँदा आउटीङ गर्ने जमात बढ्दै थिए। सुरुवाती चरणमा अनलाइन डेलिभरी र टेकअवे सुरु गरे पनि बीचमा अधिकांश सर्वसाधरणको लाइभ म्युजिकसहितको खानपानमा सहभागिता बढ्दै थियो। भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै सतर्कता अपनाउदै नेपाल सरकारले  मुलुकभर रेष्टुरेन्ट सञ्चालनका लागि समय सीमित गरिदिएको छ।

    राती ८ बजेसम्म मात्रै रेस्टुरेन्ट चलाउन पाइने भएसँगै व्यवसायमा पुनः मन्दीको अवस्था सुरु भएको एण्डिज रेष्टुरेण्टका सञ्चालक एवं रेष्टुरेण्ट एण्ड बार एशोसिएसनका अध्यक्ष अरनिको राजभण्डारीले बताए। ‘अब फेरि अनलाइन डेलिभरी र टेक अवे बाहेक विकल्प छैन,’ उनले भने।

    रेष्टुरेन्टहरुको व्यवसाय टिकाउनकै लागि संघले अनलाइन फुड डेलिभरी र टेक अवे प्रणालीलाई थप विस्तार गर्नका लागि गृहकार्य सुरु गरिसकेको उनले बताए। ‘सरकारले त भनिसकेको छैन तर अब नेपालमा पनि लकडाउन हुने संकेत देखिइसकेको छ। व्यवसायीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिजनेस गरे पनि त्यसले मात्रै स्थितिमा सुधार होला भन्न सकिँदैन,’ उनले भने, ‘ग्राहकले पनि सचेतना अपनाउनु अनिवार्य छ।’

    सरकारले बन्दाबन्दीको घोषणा नगरेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्दै सेवा दिने पक्षमा व्यवसायीहरु रहेको उनले बताए। ‘हामी अनलाइन फुड डेलिभरी र टेक अवे प्रणालीलाई सुरक्षितरूपमा कार्यान्वयनमा ल्याउनेछौं,’ उनले भने। कोरोनाको अघिल्लो लहरमा व्यवसायी नोक्सानीमा थिए। धेरैले कर्मचारी र सेवा घटाएका थिए। पुनः बिस्तारै व्यवसाय लयमा आउन लाग्दा संक्रमणको दोस्रो लहर आयो। यसले ऋण लिएर रेस्टुरेन्ट चलाएका धेरै व्यवसायी अलमलमा परेको उनले बताए।

    सहरका प्राइम लोकेसनमा घर, भवन भाडामा लिएर व्यवसाय गरिरहेकाहरुको सञ्चालन खर्च धेरै छ। तुलनात्मकरुपमा होम डेलिभरीभन्दा ग्राहकको प्रत्यक्ष उपस्थितिले मात्रै फाइदा हुन्छ। बैंक ऋणको ब्याज, कर्मचारीको तलब सुविधा र नियमित पर्ने लगानी हिसाब गर्दा धेरै व्यवसायी आत्तिएका छन्। उनीहरुका अनुसार व्यवसायलाई बन्द नगर्न होम डेलिभरी र टेक अवे सेवा सामान्य भरथेग मात्रै हो। अपेक्षित मुनाफा यसबाट हुँदैन।

    व्यवसाय गर्न सरकारले निश्चित समय निर्धारण गरेसँगै व्यापारमा ६० प्रतिशतले गिरावट आएको एलिस रेष्टुरेन्टले जनाएको छ। डाइनिङ सेवा दिँदै आएको रेष्टुरेन्टलाई सेवा यथावत रुपमा प्रदान गर्न विकल्प खोज्न गाह्रो परेको बताउँदै सञ्चालक नकुल शेरचनले भने,’डाइनिङ सेवामा डेलिभरी र टेक अवे हुँदैन। हाम्रो र ग्राहकको प्रत्यक्ष सहभागिता हुन्छ। हामीले स्वास्थ्य सुरक्षाका साथ सेवा दिएका छौं तर सरकारले समय निर्धारण गरिदिँदा व्यवसाय धरापमा पर्न थालेको छ।’

    यस्तो अवस्थाले रेस्टुरेन्ट व्यवसायमा संलग्न जनशक्तिको रोजगारीमा प्रत्यक्ष असर पर्ने उनले बताए। ‘सेवा अवधि घटेपछि बिजनेस घट्छ, बिजनेस नभए धेरै कर्मचारी कसरी पाल्ने?,’ उनले भने, ‘स्वास्थ्य सुरक्षा अपनाएर सेवा दिने व्यवसायलाई समयको बन्देजमा पार्नु ठीक होइन।बेलुकी ८ बजेपछि नै हो रेस्टुरेन्टको बिजनेस हुने। खाना खाने बेलामै बन्द गर भन्नु उचित निर्णय होइन।’

    प्रत्यक्ष रूपमा ग्राहकको चहलपहल कम भए पनि यतिखेर शंखमुलस्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनको मुख्य आउटलेटमा अनलाइन डेलिभरी र टेक अवेको माग बढ्न सुरु भएको प्रबन्धक वीरबहादुर लामाले बताए। दैनिक सय जनाभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको यो आउटलेटमा कोभिडको दोस्रो लहर सुरु भएयता दैनिक ३० देखि ४० जना ग्राहकको सहभागिता रहेको उनले जानकारी दिए। ‘जनजीवन सामान्य हुँदा चहलपहल बढेको थियो, बिजनेसले पिकअप लिँदै थियो,’ उनले भने, ‘दोस्रो लहर फैलिन सुरु भएको खबर आएदेखि ग्राहकको चहलपहल घट्ने क्रममा छ।’

    उनका अनुसार यतिखेर रेष्टुरेन्टले पठाओ र आफ्नै जनशक्ति परिचालन गर्दै होम डेलिभरी सेवा दिँदै आएको जनाएको छ। ‘यस अघि पनि हामीले पठाओसँगको सहकार्य  र आफ्नै जनशक्तिबाट होम डेलिभरी सेवा दिँदै आएका थियौं तर बीचमा घटेको थियो,’ उनले भने, ‘अब फेरि अनलाइन डेलिभरी र टेक अवे सुरु भएको छ।’ संख्या थोरै कम भए पनि यतिखेर रेष्टुरेण्टले स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्दै आउने ग्राहकका लागि सेवा दिँदै आएको उनले बताए।

    काठमाडौं उपत्यकामा होटल रेस्टुरेन्टका खानेकुरा अनलाइनबाट अर्र गर्ने र डिजिटल माध्यमबाट भुक्तानी गर्ने क्रम कोरोनाको पहिलो लहरले क्रमिक बढाएको हो। जनजीवन सामान्यतर्फ फर्किँदा अनलाइन अर्डर घट्न थालिसकेको थियो।

    अनलाइनमा अर्डर लिएर होटल-रेस्टुरेन्टका खानेकुरा होम डेलिभरी दिने थुप्रै कम्पनी छन्। यस्तो सेवाका लागि उपत्यकामा अग्रणी कम्पनी फुडमाण्डूले बीचमा घट्न थालेको अनलाइन अर्डरको क्रम पुनः बढ्न थालेको जनाएको छ। गत सातायता अनलाइन अर्डर गर्नेहरु २५ प्रतिशतले बढेको  कम्पनीका ब्राण्ड मार्केटिङ सेल्स हेड श्यामरत्न मालीले बताए। ‘फेरि मानिसहरु खानेकुरा घरमा मगाएर खान थालेका छन्। यो  सुरक्षित पनि छ,’ उनले भने, ‘इच्छाअनुसारका परिकार घरमै पाउन सकिन्छ भने किन जोखिम मोलेर बाहिर जानु?’

    गत वर्षको लकडाउनताका अनलाइन फुड डेलिभरीको सेवा लिनेहरु उल्लेख्य थिए। ‘सेवाग्राहीको मागअनुसार हामी सेवा दिन्छौं,’ उनले भने, ‘हामीलाई पनि चाहिएको जस्तो पर्याप्त जनशक्ति छैन तर स्वास्थ्य सुरक्षाको मापदण्ड मानेर जसोतसो म्यानेज गरेका छौं।’ फुडमाण्डूले
    ओरेन्ज बल कम्पनीसँगको सहकार्यमा प्रत्येक राइडरले प्रयोग गर्दै आएको फुड डेलिभरी बक्स नियमित रूपमा डिसइन्फेक्ट गर्दै आएको उनले बताए।

    कम्पनीले ६ सयवटा भन्दा बढी रेष्टुरेन्टसँगको सहकार्यमा अनलाइन फुड डेलिभरी सेवा दिँदे आएको उनले जानकारी दिए। राइडरको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले बीमा नीति अपनाउनका लागि प्रक्रिया सुरु गरिसकेको पनि उनले बताए।

    अनलाइन फुड डेलिभरीकै काम गर्ने अर्को कम्पनी भोज डिल्सले सेवाग्राहीको माग बढ्दै क्रमिक रुपमा बढ्दै गएको जनाएको छ। कार्यरत जनशक्तिको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले सबैलाई कोभिड-१९ विरुद्धको भ्यक्सिन दिइसकेको कम्पनीका बजार प्रमुख सन्तोष ठाकुरले बताए। ‘जनशक्ति र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सेवा दिँदै आएका छौं। डाइनिङ सेवाका लागि सीमित समय निर्धारण भएसँगै अनलाइन फुड डेलिभरी सेवा लिने ग्राहकको माग केही हदसम्म बढ्न थालेको देखिएको छ,’ उनले भने।

    उनका अनुसार हाल  कम्पनीमा करिब एक सय जना राइडर कार्यरत छन् भने कम्पनीले पाँच सयवटा भन्दा बढी रेष्टुरेन्टसँग सहकार्य गर्दै आएको छ।

    शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.