लोकतान्त्रिक पार्कमा लोकतन्त्र प्राप्तिको संघर्षका लागि भएका कथा झल्किने कलाकृति ! लोकतन्त्र प्राप्तिका लागि गरिएको संघर्षका श्रव्य र दृश्य प्रदर्शनी !
लोकतन्त्र प्राप्तिको हाम्रो संघर्ष कोरियाको लामो र गौरवमय छ । हामीले लोकतन्त्रका लागि तीनवटा जनआन्दोलन, तीन सशस्त्र विद्रोह र कैयौं सामाजिक आन्दोलन गरेका छौं । तर लामो संघर्ष, बलिदानपश्चात् प्राप्त लोकतन्त्रप्रति हामीमा गौरव, सम्मान, निष्ठा, समर्पणभाव छ त ? कोरिया र नेपालको लोकतन्त्रको तुलनापछि मेरो निष्कर्ष थियो– यहाँ लोकतन्त्र मानिसको जीवन पद्धति बन्नै बाँकी छ ।
शिशुबाट किशोर हुँदै युवावस्थातिर लम्केको लोकतन्त्र संस्थागत भइसक्यो वा अलमलमै छ ? लोकतन्त्रको प्रतिफल भुइँ तहसम्म पुग्यो वा केही टाठाबाठामै सीमित छ ? २०६२/६३ को जनआन्दोलनका नारा र लक्ष्य, त्यसका सहभागी र जनआन्दोलनको जनादेश हाम्रो स्मरणमा छ कि विलीन भइसक्यो ? के हामीले आफ्नो संघर्षको कथालाई आधुनिक तरिकाले अभिलेखीकरण गर्ने, नयाँ पुस्तान्तरण गर्ने, अन्तर्राष्ट्रिय तहमा प्रस्तुत गर्ने र लोकतन्त्रलाई ‘जीवन पद्धति’ बनाउने गरी काम गरेका छौं ? के हाम्रो लोकतन्त्र साँच्चै समावेशी छ ? यस्ता तमाम सवालको लेखाजोखा गर्दै लोकतन्त्रका ‘मुख्य खम्बा’ मानिने सचेत नागरिक, राजनीतिक दल र नागरिक समाजले लोकतन्त्र दिवसका सन्दर्भमा गम्भीर चिन्तन गर्नुपर्छ ।
