• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

ठिमुरा देवघाट जोड्ने पुल भाँचिएपछि ठेकेदार काशी भागे


  •   शनिबार, बैशाख ११, २०७८ मा प्रकाशित
  • चितवन । ठिमुरा देवघाट जोड्ने त्रिशुली नदी माथि बनिरहेको पक्की पुल भाँचिएपछि निमार्ण व्यवसायी काशी भागेका छन् । मानसिक रुपमा विक्षीप्त हुने अवस्था आएपछि काशि, हरिद्वार गएपछि दुखकष्ट हरण हुन्छ भन्ने कथन छ । त्यही मान्यतालाई अनुशरण गर्दै निमार्ण व्यवसायी मध्येका एक व्यवसायी निमार्णाधीन पुल भाचिए पछि यसबाट परेको असरको मानसिक बोझ सामना गर्न काशी हरिद्वार गएको सडक बिभागका अधिकारीहरुले बताएका छन् ।

    Advertisement

    चितवनको ठिमुरा देखी तनहुँको देवघाट जोड्ने पुलको ढलान गरिएको ४०/४० मिटरको दुई वटा स्ल्याव झण्डै ३ हप्ता अगाडी भाँचिएको थियो । पुल भाँचिएपछि विभिन्न निकायको दवाव थेग्न नसकेपछि ठेकेदार जोगी बन्न काशि जान्छु भनेर हिडेको र अहिले सम्पर्कमा नरहेको विभागका अधिकारीहरुले बताए । इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनको दिनमा भत्किएको हो ।

    प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुलको स्ल्याव  भत्किदा अर्को १ वर्ष अगाडी ढलान गरिसकेको ४० मिटरको भागसमेत भत्किएको थियो । पुल २२० मिटर लामो र ८.५ मिटर चौडाइको बन्ने क्रममा रहेको थियो । पुलको एक खण्डमा ट्रसको काम भैरहेको थियो । पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बनिरहेको छ ।  बिभागका अधिकारीहरुले भने  भूकम्पको धक्काका कारणले पुल भत्किएको भन्दै निमार्ण ब्यवसायीलाई जोगाउने प्रयास गरेका छन् ।

    निमार्ण ब्यवसायीले समयमै पुल निमार्ण गर्न नसकेपछि सडक डिभिजन कार्यालय चितवनले  पुल निमार्णका लागी २ पटक समय थप समेत गरेको थियो । ठेकेदार कम्पनीले राम्रो काम नगरेको र  समयमा नै काम हुन नसकेको भन्दै स्थानियले पटक–पटक विरोध गर्दै आएका थिए । सुरुमा १६ करोडको लागतमा ठेक्का सम्झौता भएको पुलको डिजाइन ‘रिभ्यू’ गरेर २१ करोड ६८ लाख पु¥याइएको थियो ।

    डिजाइन संशोधनमा १८ महिना, भूकम्पमा ६ महिना र नाकाबन्दीमा ३ महिना काम रोकिएको थियो । पुलको ६ वर्षअघि शिलान्यास गरिएको थियो । निर्धारित समयमा काम नसकेको, पटक–पटक डिजाइन फेरेको र काम ढिलो हुँदा लागत रकम बढेको बारे महालेखाले चासो व्यक्त गरेको थियो । २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भएको पुल २०७४ कात्तिक २० गते  भित्र बनाइसक्नुपर्ने थियो ।

    कांग्रेसका वरिष्ठ  नेता रामचन्द्र पौडेलद्धारा महानिर्देशकलाई चेतावनी

    आफु संसद हुँदा बजेट पारेको पुल निमार्णका क्रममा भाँचिएको खवर सुनेपछि पुलको निरिक्षणका लागी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सो स्थानमा पुगेका थिए  । पुलको निरिक्षण र स्थानिय संग कुरा गरेपछि बरिष्ठ नेता पौडेलले निमार्णका क्रममा लापरबाहिका कारण पुल भाचिएको ठहर गर्दै  सडक बिभागका महानिर्देशक अर्जुन जंग थापालाई फोन गरी पुल भाँचिनुको कारण मागेका थिए ।

    सो क्रममा उनले लापरबाही गर्ने अधिकारीलाई कारबाही गरी वर्षात अगाडीनै भाँचिएको भाग खाली गरि नदिको सतह मिलान गर्न र तत्काल पुल निमार्णको काम थाल्न निर्देशन दिएका थिए । वर्षात अगाडी भाचिएर झरेको पुलको भाग हटाउन नसके त्यसले चितवन र देवघाट दुबै तर्फको जमिनको भाग कटान गर्ने र त्यसले गर्दा ठुलो बिपत सृजना हुने भन्दै तत्कालै भत्किएको भाग हटाउन निर्देशन दिए । जवाफमा महानिर्देशक ले अहिले ठेकेदार पिडामा परेर हरिद्वारतिर गएको र बिमा कम्पनिले निरिक्षण गरेपछि भाच्चिएको भाग हटाउछु भनेर जवाफ दिएको बताए ।

    पुल भाचिनुको कारणमा भने भुकम्पको असर र अलिअलि प्राविधिक कमजोरी देखिएको भन्दै ठेकेदार कम्पनीको बचावट गरे । यसको रिपोर्ट तयार भईसकेको र प्राबिधिक रिपोर्टका आधारमा बाकि प्रक्रियामा जाने उनको भनाई थियो ।

    तत्काल काम नगरे सडक डिभिजनमा ताला लगाउने समितिको  चेतावनी

    देवघाट ठिमुरा घिनटार पक्किपुल निमार्ण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले निमार्ण ब्यवसायीको लापरबार्हीका कारण समस्या भएको बताए ।

    १५ दिन भित्र प्राबिधिक प्रतिबेदन सार्वजनिक गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिएको तर १५ दिन बितिसक्दा पनि अझै सार्वजनिक नभएको उनको भनाई छ । २० गते सम्म भत्किएको पुलको भग्नावशेस हटाएर काम अगाडी नबढाएमा सडक डिभिजनमा ताला लगाउने देखी अन्य कडा भन्दा कडा आन्दोलनका कार्यक्रम  गर्ने समितिले  चेतावनी दिएको छ ।

    शनिबार, बैशाख ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.