रत्ननगर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन चितवनले रत्ननगर नगरपालिका भित्र सञ्चालित शैक्षिक संस्था बन्द गर्न माग गरेको छ । कोरोनाको जोखिम उच्च विन्दुमा पुगेको भन्दै अनेरास्ववियुले नगर भित्रका सामुदायिक तथा निजी विद्यालय तथा कलेजहरुमा पठन पाठन बन्द गर्न माग गरेको हो ।
जिल्ला उपाध्यक्ष दीपक थापाले निकालेको विज्ञप्तीमा नेपाल सरकारले कोरोनाका कारण भरतपुरका शैक्षिक संस्थाहरु बन्द गरिसकेको भन्दै विद्यार्थीहरुको जीवन रक्षाको विषयलाई मनन गरी रत्ननगरका शैक्षिक संस्था पनि बन्द गर्न माग गरेको हो । रत्ननगरका कुनै पनि विद्यालयमा स्वास्थ्य मापदण्ड पुरा नगरी पठन पाठन र परीक्षा सञ्चालन भइरहेको भन्दै अनेरास्ववियुले यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गरेको हो ।

