कविता
कविता कर्णाली बगर को अभावमा खोज!
कविता बागमती किनारको चिहानमा खोज!
कविता कालिगण्डकिको सलिग्राममा खोज!
कविता नारायणी तिरको अङ्गालोमा खोज!
कि कविता कोशि वारि र पारी खोज!
कविता हाम्रौ वरिपरि छ।
जसरी छपटाउदै कविता कर्णालीमा छ।
लस्करै पोलिदै कविता बाग्मतीमा छ।
मस्किदै रमाउदै कविता नारायणीमा छ।
चस्किदै र्बबराउदै कविता कोशिमा छ।
कविता मेरो रगत प्रवाह गर्ने प्रत्येक नसामा छ।
जहाँ हेपिएर लत्रेको बिकटमा छ।
अनि बिबशतामा बिदेशी भुमिमा मरेको नेपालिमा छ।
योबनको उन्मात फक्रेको गुलाबमा छ।
बेचिएको स्वाभिमान र राष्ट्रियतामा छ।
कविता हाम्रै वरिपरि छ।
ई.शन्तोष अधिकारी
भरतपुर -11 चितवन
