• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

खोप लगाउन घुँइचो, ८ घण्टादेखि लाइन बस्नेले पनि पालो पाएनन्


  •   बुधबार, बैशाख १५, २०७८ मा प्रकाशित
  • काठमाडौं । थापाथलीस्थित प्रसूतिगृहमा रहेको खोप केन्द्रमा खोप लगाउने सर्वसाधारणको भिड खचाखच थियो । सुकुम्बासी वस्ती नजिकै रहेको प्रहरी बिटबाट सुरु भएको लाइन प्रसूतिगृहको गेट हुँदै भवनको पहिलो तल्लासम्म हेर्दा सयौंको संख्यामा देख्न सकिन्थ्यो ।

    Advertisement

    बिहान ७ बजेदेखि लाइन बसेकी ४८ वर्षीया पावना अर्याल हातमा टोकन लिएर उभिरहेकी थिइन् । १२ बजिसक्दा समेत लाइन नसर्दा खोप नपाउने हो कि भन्ने चिन्ता अर्याललाई थियो ।

    ‘कोभिडबाट बच्न भनेर खोप लगाउन आएको । तर, यो भिडले झन् जोखिम बनायो । खोप पाउने नपाउने भर भएन,’ उनले भनिन् ।

    गेटबाहिर फर्किँदै गरेकी ६५ वर्षीया एक वृद्धा निराश मुद्रामा थिइन् । ५९ वर्षका भन्दा माथिकाले खोप नपाउने भएकाले आफू नलगाई फर्कनुपरेको उनले सुनाइन् ।

    ‘६ बजेदेखि लाइन बसेको म । तर, हाम्रो उमेरकोले नपाउने रहेछ । पहिला थाहा भएन,’ उनले भनिन्

    बालाजु बस्ने रुपेश खड्का भर्खरै खोप लगाएर बाहिर निस्कँदै थिए । सोमबार दिनभर लाइन बस्दासमेत पालो नपाएपछि आज पुनः लाइन बसेका थिए उनी । ‘हिजो पालो नपाएपछि आज बिहानै आएँ । बल्लबल्ल पालो पाएँ,’ उनले भने ।

    भवनको माथिल्लो तल्लामा खोप लगाउन लाइन बस्नेहरूको चर्को भिड थियो ।

    ३ सय ७४ नम्बरको टोकन लिएर बसेका ५० वर्षीय वेदबहादुर थापा आक्रोसित देखिँदै थिए ।

    ‘हामी बिहान ४ बजेदेखि लाइन बसेकाले अहिलेसम्म पाएका छैनौं । तर यहाँ कालो कोटवाला र पहुँच भएकाहरू ५/६ जना छिरे,’ उनले गुनासो गरे । आफू लाइन लागेर टोकनका साथ बस्दा पनि पालो नआएकोमा उनी आक्रोशित देखिन्थे ।

    ‘साढे ८ बजे आउनेहरु अघि नै लगाएर गइसके । पहुँचवालाले जे गर्दा पनि हुने,’ उनले भने ।

    अघिल्लो दिन पनि लाइन बसेर पालो नआएपछि फर्किएका ३५ वर्षीय विकास पुन आज पनि बिहान ४ बजेदेखि लाइन बसे । तर, बीचमा घुसपैठ भएर छिर्नेहरू खोप लगाएर फर्किँदा पालो पाउन सकस भएको बताउँछन् उनी ।

    त्यही भिडमा करिब ४ वर्षीय बालक च्यापेर लाइन बसिरहेका रोशन पुन पनि थिए । ‘बिहान ५ बजेदेखि आएको, उभिएका उभिएकै छौं । पालो अघिनै आइसक्नुपर्ने थियो । अझै आउने छाँट छैन,’ उनले भने ।

    श्रीमतीसहति आएका उनी आफूसँग भएको बच्चालाई जोखिम भयो भन्ने चिन्तामा थिए । ‘बच्चा घरमा एक्लै छाड्न मिल्दैन । यहाँ ल्याउँदा कोभिडको डर झन् बढ्यो,’ उनले सुनाए ।

    घुसपैठ भएको भन्दै झगडा र धरपकड गरिएको दृश्य पटक-पटक देख्न सकिन्थ्यो । लाइन बसिरहेकी एक महिला नयाँ मान्छेलाई भित्र छिर्न निषेध गर्न खोजिरहेकी थिइन् । भिड व्यवस्थापन गर्न बसिरहेका एक जना सईसँग उनको भनाभन समेत हुन्छ ।

    ती सईले उनलाई ‘बाहिर निकाल्’ भनेर प्रहरी जवानलाई अह्राउँछन् । ‘निकाल्नुस्, बिहान ५ बजे दुई वटा बच्चा छाडेर आएको छु । कुपन छ हातमा । अरु मनमौजी ढंगले कुपनविना पसिरहेका छन् । मलाई कसरी निकाल्न पाउनुहुन्छ ?’ उनी आक्रोसित सुनिँदै थिइन् ।

    प्रसूतिगृह खोप केन्द्रमा देखिएको यो दृश्यले कोरोना जोखिम झन् बढाउने अनुमान सहजै गर्न सकिन्थ्यो ।

    हाल १५ खोप केन्द्रहरूमा खोप वितरण

    अहिले काठमाडौं, भक्तपुर र ललितपुर गरी १५ वटा खोप केन्द्रहरूमा चीनबाट आयात गरिएको भेरोसेल खोपको पहिलो मात्र सर्वसाधारणलाई दिइएको छ । स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक शर्माका अनुसार यो खोप पहिलो मात्रामा ४ लाखलाई दिइनेछ भने चार लाख दोस्रो मात्राको लागि राखिनेछ ।

    पहिलो पटक दिइएको दोस्रो चरणको खोप हिजोबाट बन्द भएको उनले बताए ।

    दोस्रो खोप सुरुमा ४० देखि ५९ उमेर समूहकालाई दिइएको थियो भने अहिले निवेदन दिएका १८ वर्षदेखि ५९ सम्मकाले पाएका छन् । खोप केन्द्रहरूमा दैनिक ६ सय देखि १६ सय सम्मकाले खोप लगाएको उनले बताए । ‘अहिले खोपको माग बढेको छ । हामीले पुर्‍याउन सकिरहेका छैनौं,’ उनले भने ।

    खोप लगाएपछि जोखिम उस्तै

    खोपका लगाउने क्रममा नै भिडका कारण झन् जोखिम बढेको कुरा खोप शखा प्रमुख शर्मा स्वीकार्छन् । ‘भिडभाडले गर्दा जोखिम त बढ्ने नै भयो । व्यवस्थापन गर्न पनि स्वास्थ्यकेन्द्रलाई गाह्रै भएको छ,’ उनले भने ।

    मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारी पनि खोप लगाउने क्रममा जोखिम बढेको हुँदा संक्रमण बढ्ने खतरा भएको बताउँछन् । ‘संक्रमण बढ्ने जोखिम भएको हुँदा खोप वितरण छिटै बन्द गर्नेछौं,’ उनले भने ।

    अधिकारीका अनुसार खोप लगाएर पनि जनस्वास्थ्यको मापदण्ड पालना गरेन भने संक्रमण हुने डर उतिकै छ । ‘खोप लगाएर पनि मापदण्ड पालना नगर्ने हो भने रोकथाम हुन्न । अहिले पनि खोप लगाइसकेका सबैमा शतप्रतिशत क्षमता विकास हुने समय भइसकेको छैन । १० जनामध्ये ४ जनालाई खोपले काम गर्‍यो भने ३ जनालाई गरेन भने संक्रमण दर अगाडि बढ्दैन । हामी सजग उतिकै रहनुपर्छ,’ उनले भने ।

    बुधबार, बैशाख १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.