शहर
सपनै सपनाको शहर,
हरेक पाइला ले पछ्याएका गन्तब्य,
न कोइ लाई कसैको मत्लब छ न फुर्सद नै,
यहाँ त भागदौड छ, को अगाडि को पछाडि,
सानो गाउ बाट ठुला सपना का भारी बिसौने ठाउँ यो शहर,
गरिबि बाट मुक्ती पाउने आस मा लेक बाट बेसी झरेका हरु को एक हुल बोक्ने यो शहर,
हेरेक गल्ली हरेक चोक मा सपना को बाकस बोक्ने भरिया हरु भएको यो शहर,
निस्वर्थी मन पनि स्वर्थी बनाइदिने यो शहर,
पैसा ले पैसा तान्ने सोच मा,
फलामे शक्ति ले भरिएको,
चुम्बक रुपी मानिस ले भरिएको,
मानवता को दिनानुदिन बेवस्था गरिएको,
बिकास को नाम मा प्रकृति को हत्या गरिएको,
कसैको लागि ओत बनेको यो शहर,
कसैको लागि हिउँदे बाडी जस्तै,
अनी कसैको लागि सुक्खा खाडी जस्तै,
यो शहर,
बैगुनी ले भरिएको यो शहर,
गुनी को अपमान हुने यो शहर,
झुट को खेती को सम्मान हुने यो शहर,
कसैको लागि स्वर्ग अनी कसैको लागि नर्क यो शहर,
पेट पाल्न शरीर बेचिएका को शहर,
हरेक प्रहर भिन्न भिन्नै हुने छेपारा स्वरुप यो शहर,
सपना को नगरि यो शहर,
कसैको मिठो हासो,
कसैको गहभरी को आसुँ यो शहर,
रमाइलो को भुमरी मा लुकेको यो,
झिलिमिली संगै अँध्यारो शहर,
सुख को मुखौटा भित्र दुखेसो ले भरिएको शहर,
कसैको लागि बर्दान अनी कसैको लागि अभिसाप् यो शहर,
छाया मुनी को अँध्यारो,
यो शहर,
कसैको लागि रहर,
कसैको लागि कहर,
यो शहर।।।
