भारतको केन्द्रीय राजधानी दिल्लीमा पछिल्लो दुई हप्तामा साढे ४ हजार कोरोना संक्रमितको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गत अप्रिल महिनाभरि करिब ५१ सय संक्रमितको मृत्यु भएको थियो। जसमध्ये ४४ सय ८६ जनाको पछिल्लो दुई हप्तामा मृत्यु भएको थियो।
कोरोना संक्रमणको भयावह स्थिति सिर्जना भएपछि केन्द्रीय राजधानीमा दैनिक तीन सयदेखि ४ सय जनाको मृत्यु हुने गरेको एजेन्सीहरुले उल्लेख गरेका छन्। दिल्लोमा हालसम्म १६ हजार १४७ जनाको मृत्यु भइसकेको छ। सरकारी अधिकारीका अनुसार दिल्लीमा करिब एक लाख सक्रिय संक्रमित रहेका छन्।
