भारतबाट अष्ट्रेलिया आउन अष्ट्रेलिया सरकारले प्रतिवन्ध लगाएको छ । भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अष्ट्रेलियामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अष्ट्रेलियामा प्रतिवन्ध लगाइएको हो ।
आदेश नमान्नेलाई पाँच बर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको घोषणा गरेको छ । शनिबार घोषणा गरिएको यात्रा प्रतिवन्धसम्वन्धी निर्णयमा सरकारको निर्णय नमान्नेलाई जेल सजायको व्यवस्था गरिएको उल्लेख छ ।
कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि भारतलगायतका कोरोनाभाइरसबाट अति प्रभावित मुलुकबाट आउनेहरूलाई आउन नदिने निर्णय गर्नु परेको सरकारी अधिकारीहरूको भनाइ छ ।
पाँच बर्षसम्म जेल सजाय हुने नपाइनेसम्वन्धी सरकारी निर्णय कार्यान्वयन भने आगामी सोमबारदेखि मात्रै हुने जनाइएको छ । अत्यावश्यक परेर आएकाहरूलाई पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।
भारतबाट आएका यात्रुहरूबाट कोरोनाभाइरस सर्न थालेको भन्दै सर्वत्र चासो व्यक्त भएपछि सरकारले भारतबाट अष्ट्रेलिया आउन रोक लगाइएको हो ।
