गजल
नजानेको विषयमा “इन्द्र” बोल्न उत्सुक रहंदैन।
थाहा छ बिना प्रमाण बोल्नुको कुनै तुक रहंदैन ।।
गाउंमा हुंदा छ्या! लाग्छ तर सहर पुगिसकेपछी
अमृत बनिहाल्छ गुन्द्रुक, गुन्द्रुक रहंदैन ।।
कस्तो खालको सम्झौता गरेर आयौ? सिक्रीको लोभमा ।
सम्झौता कार्यान्वयन सङ्गै तिम्रो घुच्चुक रहंदैन ।।
हिरोइनले थोरै कपडा सार्दा बिरोध गर्ने युवा
छिमेकीले सारेको स्तम्भको बारे जागरुक रहंदैन ।।
