चितवन । मन्त्रिपरिषद्ले गण्डकी प्रदेश प्रदेश प्रमुखमा सीता पौडेल नियुक्त भएकी छन । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पौडेललाई सुदूरपश्चिम प्रदेश प्रमुखमा र गंगाप्रसाद यादवलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने निर्णयसँगै पौडेल र यादवलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । शेरचन र त्रिपाठी दुवै माओवादी केन्द्रका नेता हुन् ।
चितवनको राप्ती नगरपालिकाकी नेतृ सीता पौडेलले २०३६ सालबाट राजनीतिक जीवनको प्रारम्भ गरेकी हुन् । उनी एमालेको केन्द्रीय सदस्य, अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष, नेकपा एमाले नारायणी अञ्चल कमिटीको पूर्व सचिवालय सदस्य, नेकपा एमालेको पूर्वजिल्ला सचिवालय सदस्य भई काम गरिसकेकी छन् ।
यस्तै, नेकपा एमाले क्षेत्रीय नं १ का पूर्व क्षेत्रीय इन्चार्ज, २०६४ सालमा समानुपातिक संविधानसभा सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकार भई काम गरिसकेकी छन् ।
पौडेल र यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
