• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चर्को ब्याजदर असुली बाहिरिएपछि ऋणी थुमथुम्याउँदै एनआईसी एसिया बैंक


  •   बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
  • काठमाडौं । चर्को ब्याजदर असुल गरिरहेको सार्वजनिक भएपछि आनआईसी एसिया बैंकले ऋणीलाई थुमथुम्याउन थालेको छ ।

    Advertisement

    एनआईसी एसिया बैंकले व्यवसायी दिनेश सुवेदीसँग १५.७ प्रतिशत सम्म कर्जाको ब्याजदर लिइरहेको समाचार नेपाल प्रेस डटकमले सबैभन्दा शुरूमा प्रकाशित गरेको थियो ।

    त्यसपश्चात बैंकका कर्मचारीले सुवेदीलाई प्रत्यक्ष भेटेरै ब्याजदर घटाउने आश्वासन दिइरहेका छन् । बैंकले ८.५ प्रतिशत ब्याजमा कर्जा दिने आश्वासन दिँदै थप अगाडि नबढ्न आग्रह गरेको सुवेदीको भनाइ छ ।

    तर , उनी कुनै पनि हालतमा एनआईसी एसियासँग सम्झौता गर्ने मुडमा नरहेको बताउँछ । एनआईसी एसिया बैंकको ठगी धन्दा नरोकिएसम्म आफू चुप लागेर नबस्ने र बैंकको कुनै पनि सर्त नमान्ने उनको भनाइ छ ।

    ‘पत्रिकामा सूचना प्रकासित गरेर नै यस बैंकबाट ठगिएकाहरूको सूची तयार पार्न काममा लागेको छु ।’ उनले भने ‘कोभिड-१९ का कारण भेट्ने अवस्था नभएर मात्रै हो नभए प्रधानमन्त्री, अर्थमन्त्री, नेपाल राष्ट्र बैंक सबैंसँग गुनासो लिएर न्याय माग्ने पक्षमा छु ।’

    नेपाल राष्ट्र बैंकले बैंकको आधार दर ६.७७ मा ८.९३ प्रतिशत प्रिमियम जोडर १५.७० प्रतिशत ब्याजदर लिएको थाहा पाएपछि बैंकलाई ब्याजदर घटाउनका लागि निर्देशन दिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।

    ‘हामीले एनआईसी एसिया बैंकलाई ब्याजदर घटाउनका लागि निर्देशन दिइसकेका छौं र बैंकले ब्याजदर पनि घटाइसकेको जानकारी प्राप्त भएको छ’, उनले भने ।

    झुक्किएर ब्याजदर बढेको हुनसक्ने प्रतिकृया दिएको बैंकप्रति गुनासो आएको भन्दै नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन निर्देशन दिएको थियो । केन्द्रीय बैंकको निर्देशनपछि ब्याजदर घटाउन बैंक बाध्य भएको छ । एनआईसी एसिया बैंकका एक कर्मचारीले नाम नखुलाउने सर्तमा ब्याजदर घटिसकेको बताए । राष्ट्र बैंकले दबाब दिएका कारण बैंकले ब्याजदर घटाएको हो , उनले भने ।

    प्रिमियम दर तोक्ने तयारीमा नेपाल राष्ट्र बैंक
    आधार दरमा सामान्यता २ प्रतिशत प्रिमियम जोडेर बैंकहरूले कर्जा प्रदान गर्नुपर्ने भएपनि एनआईसी एसिया बैंकले करिब ९ प्रतिशतसम्म प्रिमियम लिएको देखिएको छ ।

    एनआईसी एसियाले कमजोरी गरेपछि राष्ट्र बैंकले प्रिमियमको दर समेत तोक्ने आन्तरिक तयारी गरिरहेको जानकारी प्राप्त भएको छ । बैंकहरूले शुरूमा ३ प्रतिशतभन्दा बढी प्रिमियम नलिने बताएपनि ऋणीसँग १० प्रतिशतसम्म प्रिमियम लिन पाउने भनेर सम्झौता गराएका हुन्छन् । त्यसमा ऋणीले हुँदैन भन्ने अवस्था हुँदैन ।

    सेवाग्राहीको बाध्यताका कारण बैंकले तयार पारेको उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । सम्झौता पत्रको उक्त व्यवस्थालाई आधार बनाएर बैंकहरुले चर्को ब्याजदर असुलिरहेका छन् । बैंकहरूले आधार दरमा १० प्रतिशतसम्म प्रिमियम जोडेर उच्च ब्याजदरमा मोटो रकम ऋणीसँग असुल्ने गरेका छन् ।

    स्थिर ब्याजदरको प्रयोग गर्न केन्द्रीय बैंकको आग्रह
    बैंकहरूको ब्याजदर आतंकबाट जोगिन नेपाल राष्ट्र बैंकले स्थिर ब्याजदर मार्फत कर्जा लिन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले रिटेल कर्जामा बैंकले मनोमानी ढङ्गबाट ब्याजदर असुल गर्ने सक्ने भएकाले स्थिर ब्याजदर मार्फत कर्जा लिन आग्रह गरेको छ । राष्ट्र बैंकले ब्याजदर सम्वन्धी कार्यविधि परिवर्तन गर्दै रिटेल कर्जाका प्रोडक्टमा स्थिर ब्याजदर निर्धारण गर्न गत वर्ष नै निर्देशन जारी गरिसकेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मार्फत पनि स्थिर ब्याजदर सम्वन्धी आवश्यक व्यवस्थाका लागि बैंकलाई निर्देशन जारी भइसकेको छ ।

    तर , परिवर्तनशील ब्याजदर नीतिमा जस्तो स्थिर ब्याजदर नीतिमा अल्पकालमा ब्याजदर बढाउन नपाउने भएकाले उक्त नीति कार्यान्वयनमा बैंकहरूले अनाकानी गरिरहेका छन् । राष्ट्र बैंकका प्रवक्ता ढकाल सेवाग्राहीले बैंकहरूको ब्याजदरबाट ठगिनबाट स्थिर ब्याजदर मार्फत कर्जा लिन आग्रह गर्छन् ।

    ‘स्थिर ब्याजदरबाट कर्जा लिदा बैंकहरुले अल्पकालमा ब्याजदर बढाउन पाउदैन र ठगिनबाट बचिन्छ ’ उनले भने ‘बैकहरूले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्नैपर्छ गर्न मानेन भने राष्ट्र बैंकमा उजुरी गर्न सक्नुहुन्छ ।’

    बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.