• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

स्मृतिमा प्रेमध्वज प्रधान : जसको ६ दशक सांगीतिक यात्राको यस्तो रामकहानी !


  •   बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
  • काठमाडौँ । वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान हामीमाझ अब छैनन् । उनको बिहीबार दिउँसो निधन भएको परिवार स्रोतले जनाएको छ। छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । प्रेमध्वज प्रधानको ६ दशकको सांगीतिक यात्रा कस्तो थियो त ? केही समयअघि तयार पारेको उनको जीवनको रामकहानी उनकै भनाइमा ।

    Advertisement

    मैले सयभन्दा बढी नेवारी, हजार भन्दा बढी नेपाली र तीसवटा जति भजन गाएँ । अहिले म ७९ वर्ष पुगे । मसँग धेरै तीतामिठा अनुभवहरु छन् । म छोटो छोटो रुपमा यहाँ राख्छु ।

    संगीतमय बाल्यकाल
    साँगीतिक माहोलमा म हुर्के । जुजुबाजे र बाजे शास्त्रीय संगीतमा सोखिन र मेरी आमा संगीतमा झुकाव राख्नुहुन्थ्यो । मूल घर सिन्धुपाल्चोक, मामाली काठमाडौँ असन टोल भएकोले म उता र एता सरोबरी हुर्के । राजा त्रिभुवनको पालामा केटीहरु दरबारमा राख्ने चलन थियो । त्यसबेला मनोरञ्जनका साधन गीतसंगीत नै हुन्थ्यो । आमा १० वर्षको उमेरमा दरबार जानुभयो । त्यहाँभित्र नाचगाना सिकाइन्थ्यो उस्तादद्वारा, त्यही समूहमा आमाले पनि सिक्नुभो । २००७ सालमा आमाले ६ महिनाजति रेडियो नेपालमा गीत गाउनुभो आफ्नै र भैरवको संंगीतमा । त्यसपछि उहाँले गाउन छाड्नुभो ।

    बुबा र आमाको प्रेम विवाह भएको थियो । आमा तुलाधार, बुबा प्रधान । बाजेहरु कन्जरभेटिभ भएकोले जातपातको आडमा बुबाको अर्को बिहे गराइदिनुभो, मास्के थरको । २००१ सालमा म ८ वर्षको हुँदा आमा र बुबाको डिभोर्स भयो । आमा एउटा सानो कोठामा डेरा लिएर बस्नथाल्नुभो । उहाँको माइतीमा पनि कोही बाँकी थिएनन्, सबै स्वर्गीय भइसक्नुभएको । म एक्लो छोरो, एता न उता परे । कहिले आमाकोमा, कहिले बाबाकोमा बस्ने गर्थे । न्यू रोडमा बाबाको कपडा पसल थियो । दिनभरी म त्यहाँ बस्थे ।

    बाँकी समय आमासँग बस्थे र गाउने काम जति आमाकोमै गर्थे । आमाको सानो कोठामा त्यत्तिबेला संगीतमा सोखिन नारायण गोपाल, मानिकरत्न, किरण खरेललगायतकाहरुको जमघट हुन्थ्यो ।  ८ वर्षकै उमेरमा क, ख सिक्न थाले मखनटोलकै मास्टरकोमा । त्यसपछि दरबार हाइस्कूलमा बेलुकीपख पढ्न थाले । पसल र स्कूलबाहेकको समयमा म आमाकोमा संगीत सिक्ने गर्थे । त्रिताल, दादरा, कहरवा तालमा तबला बजाउन आमाबाटै सिके मैले । राजा त्रिभुवनको पालामा केटीहरु दरबारमा राख्ने चलन थियो । त्यसबेला मनोरञ्जनका साधन गीतसंगीत नै हुन्थ्यो । आमा १० वर्षको उमेरमा दरबार जानुभयो । त्यहाँभित्र नाचगाना सिकाइन्थ्यो

    नेपाली गीतको सुरुवात
    हामी त्यत्तिबेलाका सबै कलाकारहरु भारतीय गीत संगीतबाटै प्रभावित थियौँ । रेडियो सुन्दा एकदमै सानो आवाजमा सुन्नुपथ्र्यो । राणाहरुले थाहा पाए भने खोसेर लान्थे । त्यसबेलाको संगीत भनेको रेडियो सुनेकै भरमा टोलटोलमा भजन गाउने नै हो । ती सबै हिन्दी हुन्थे । इन्द्रजात्रामा ज्यापु नाच हुन्थ्यो डबलीमा । त्यसमा नाटक पनि हुन्थ्यो । र, कलाकार आफैले गीत पनि गाउँथे । टोलटोलमा गीत संगीत गर्दै हिड्थ्यौँ हामी रमाइलो र सोखको लागि । काठमाडौँमा बसेर हामीले जानेबुझेको गीतसंगीत त्यत्ति नै थियो त्योबेला ।

    २००६ सालमा प्रजातन्त्र ल्याउने संघर्ष शुरु भएपछि बिराटनगरबाट रेडियो प्रसारण शुरु भयो । त्यसमा अनेकखालका गीत सुनिन्थ्यो । मार्चिंग जस्तो खालको गीत पनि सुनियो । जब काठमाडौँबाट रेडियो नेपाल शुरु भयो, २००७ साल माघमा । नातीकाजी, तारादेवीलगायतकाहरुले हिन्दी गीत नै गाउनुभएको थियो । २००८ सालदेखि नेपाली गीत आउन थाल्यो । २००८ मा उस्ताद भैरव बहादुर थापाको कम्पोजमा ६ वटा नेपाली गीत सुन्न पाउँदा खुबै राम्रो लागेको थियो । अझ त्यो भन्दापनि ए, नेपाली गीत नि हुँदोरैछ १ भन्ने लागेको थियो ।

    रेडियो नेपालमा मः
    २००९ सालमा प्रत्येक आइतबार रेडियो नेपालमा भ्वाइस टेस्ट हुन्छ भन्ने सुने । म गए । स्टुडियोमा एउटा माइक झुण्ड्याइएको, माइक अगाडि उभिएर औरत भन्ने फिल्मको किसिने मुझको अपना बनाया भन्ने गाउँदै थियो । त्यो देखेपछि मलाई पनि भ्वाइस टेस्ट दिन मन लाग्यो । नाम लेखाए । आमाको डेरा विश्वज्योति हलसँगै थियो । त्यहाँ लाग्ने फिल्मको गीत सबै सुनिन्थ्यो कोठैबाट । त्यसरी सुनेको हिन्दी फिल्मको गीत दिल ये नादान गाए टेष्टमा । ४ दिनपछि जाँदा क श्रेणीमा पास भएको थाहा पाएँ । त्यसपछि प्रोत्साहित भएर म राम्रोसँग संगीतमा लागे ।

    पास भएपछि महिनामा २, ३ वटा गीत गाउन दिन्थ्यो करारनामा बनाएरै । उनीहरुले खबर गरेपछि १, २ घण्टा अगाडि पुग्यो, तयारी गरेपछि लाइभ गाउँथ्यौँ हामी । गाएवापत क श्रेणीलाई १०, ख लाई ८ र ग लाई ५ रुपैयाँ पारिश्रमिक दिन्थ्यो । पारिश्रमिकमा पाएको पैसा १ रुपैया म आफैँ राख्थे र बाँकी आमालाई दिन्थे । वर्षको डेराभाडा सय रुपैया तिर्नुपथ्र्यो आमाले । आमालाई पैसाको खाँचो थियो । आफूसँग राखेको चाहिँ १ रुपैया पनि खर्च नै हुन्थेन त्यसबेला । चियाको चलन आकै थिएन । बल्ल १४ सालदेखि शुरु भयो, जुन १० पैसा कप थियो ।

    रेकडिंग अनुभवः
    २०१३-१४ सालतिर होला, रेकडिंग मेसिन डोनेसनमा आयो । त्यसभन्दा अघिसम्म हामी कसैले पनि आफ्नो स्वर आफैले सुन्न पाएकै थिएनौँ । रेकर्ड गर्ने, आफ्नो गीत आफैले सुन्न पाउने भन्ने लागेर हामी खूब हौसियौँ । पहिलोपल्ट रेकर्ड गरेर सुनेको भूपी शेरचलनको गीत नातीकाजीको संगीतमा यो नेपाली शीर उचाली भन्ने गीत हो । रेकर्डिंगको विकास हुँदै गयो । २०२३ सालमा नेपालमै रेकडिंग सिष्टम शुरुभो । तिमीलाई अचेल कहाँ भेटु भन्ने गीत २०४५ मा रेकर्ड भएको थियो, गगन विरहीको शब्द, राम थापाको संगीतमा । त्यो गीत २०४८ मा निकै बजेको थियो । २०४८ सालसम्म रेकर्ड भएका गीतहरु नै नेपाली संगीतमा कालजयी भए ।

    तारादेवी र म रेकडिंगको तयारीमा माइकमा एता र उता थियौँ । संगीत यति ठूलो बज्यो कि हामीले आफ्नै स्वर सुनेनौँ । रेकर्डिस्टले तपाईहरुको स्वर सुनिन्छ गाउँनुस् भने । हामी हाँस्यौँ ।  त्यसबेला कि रेडियो नेपाल, कि बाहिरै जानुपथ्र्यो रेकडिंगको लागि । माया नमार मायालु, तिमी आयौँ दिलमालगायतका ४ वटा गीत बोकेर म कलकत्ता गए, रेकर्डको लागि । संगीतको लागि आवश्यक त्यही मिलाइदिन्थे । आफूले रेकर्ड भएपछि किन्नुपथ्र्यो । मैले ८ सय भारु बोकेर गए । रेकर्ड यहाँ ल्याएपछि ५,५ रुपैयामा बेचिदिएँ । पैसा कमाउनको लागि भन्दा पनि रेकर्ड गराएँ भनेर सबैलाई देखाउनुथियो । त्यसबेला नेपाली आधुनिक गीतलाई दरबारबाटै राजा रानीले प्राथमिकता दिने गर्थे । नेपाली आधुनिक गीत रेकडिंगको लागि गायकगायिका, संगीतकारहरुलाई भारत पनि पठाउँने गर्थे । रानी रत्नको नाममा २० हजार दिएको पैसाले नेपालमै इन्द्रेणी रेकर्ड स्थापना गरिएको थियो । उत्तमलाल श्रेष्ठ त्यसको हेड हुनुहुन्थ्यो । पछि गएर त्यसैलाई रत्न रेकडिंग बनाइयो ।

    गिटारसँगै स्टेजमाः
    अमेरिकाबाट चारजना फोक सिंगरहरु आएका थिए । उनीहरु स्टेजमा उभिएर मजाले गिटार बजाउँदै गाएको मैले देखे । बडो मजा लाग्यो । टाइमिंग पनि आफैले मिलाउन सकिने । एक्लैले पर्फमेन्स दिन नि सकिने । गिटार भएपछि अरु बाजागाजा नभएनि हुने देखेँ मैले । त्यसअघि राम्रोसँग गिटार देखेकै थिएनौँ हामी कलाकारहरुले । उनीहरुलाई देखेपछि मेरो चाख बढ्यो गिटारतिर ।

    इश्वर दाई अमेरिका जाँदाखेरी मैले उहाँसँगै गिटार मगाए, २ सय रुपैया दिएर । मलाई केही थाहा थिएन । मनमा चाहिँ एकदम हतार छ गिटार बजाउन । त्यत्तिबेला रामशरण दर्नाल रेडियो नेपालमा हुनुहुन्छ भन्ने थाहा थियो, उहाँसँग सोधे । उहाँले ४ महिना सिकाउनुभो, सिर्फ माइनर, मेजर कर्ड सिकाउनु भयो । त्यसैको भरमा मैले धेरै गीत कम्पोज गरे । सिकेको एकवर्षपछि २०२० सालमा आधुनिक गीत प्रतिस्पर्धा भयो राष्ट्रिय नाचघरमा । मैले त्यसमा भाग लिएँ । गोरेटो त्यो गाउँको भन्ने भर्खर रेकर्ड गरेकोथेँ । स्टेजमा गएर त्यही गीत गिटार बजाएर गाइदिए । ४ सय जति मान्छे अट्थ्यो त्यहाँ । त्यसबेलाका राम्रा राम्रा गायकगायिकाहरु सबैले भाग लिएका थिए त्यसमा । म पहिलो भए । राजा महेन्द्रले सुनले पोतेको सानो मेडल लाइदिएको थियोे । त्यसबेला त्यो भन्दा ठूलो कुरो अरु केही हुन्थेन ।

    मातृभाषामा गीतः
    आजकाल आआफ्नै भाषाको गीत संगीत निकै मौलाएको छ । कलाकारले एउटै खालको गाउनुभन्दा सबै खालको गीतहरु गाउनुपर्छ । भर्सटाइल हुनुपर्छ ।
    त्रिचन्द्रमा पढ्दा पहिलो नेवारी गीत गाएँ मैले । राजमति कुमति भन्ने गीत २०२२ सालमा गाएको थिएँ । मैले सय भन्दा बढी नेवारी गीतहरु गाएको छु । किच नामक नेवारी गीतको एल्बम पनि निकाले । त्यसबेला हामी पाटनमा नेवारी गीत संगीत कार्यक्रम गथ्र्यौ । विभिन्न जात्राहरुमा गीत संगीत गथ्र्यौ । प्रतियोगिता राख्थ्यौँ, म पनि जज भएर बसे थुप्रैचोटि । आजकाल आआफ्नै भाषाको गीत संगीत निकै मौलाएको छ । कलाकारले एउटै खालको गाउनुभन्दा सबै खालको गीतहरु गाउनुपर्छ । भर्सटाइल हुनुपर्छ । पहिला काठमाडौँ, भक्तपुर र ललितपुरमा सांगीतिक माहौल राम्रो थियो, नेवारी गीतसंगीत खूब चल्थ्यो । अहिले पनि चल्छ । तर भक्तपुर र काठमाडौँको तुलनामा पाटन भनौँ या ललितपुर निकै अगाडि छ । त्यहाँका मानिसहरु आफ्नो मातृभाषामा गीत संगीत सिर्जना गर्न तत्पर र सोखिन देखिन्छन् ।

    फिल्मी गीत र बम्बई नगरीः

    मैले माइतीघर, जीवनरेखा, मायालु, बद्लिदो आकाश, जीवन संघर्षलगायत जम्मा ९ वटा फिल्ममा गीत गाएँ । तर मैले कहिल्यै पैसा मागिन । मागुँ पनि कसरी ? उनीहरुले यहाँबाट बम्बईसम्म लान्थे । प्लेन चढाउँथे, खुवाउँथे, बसाउँथे । पैसा माग्नै कुरै आउँथेन । अन्याय भन्ने फिल्मको रेकडिंग चाहिँ यहि नेपालमा भएको थियो । त्यसबेला ट्रयाक सिष्टम आइसकेको थियो हामीकहाँ । पहिलादेखि नै पैसा नलिएको हुनाले पछिल्लो समयमा सांगीतिक क्षेत्र व्यवसायिक भइसक्दा पनि पैसा माग्ने आँटै आएन मलाई ।

    भारतका संगीतकार जयदेव नेपाल आएका बेला मलाई बोलाइयो । मैले हिन्दी गीत गाइदिए । भोलिपल्ट मलाई बम्बई लाने भनेपछि म दंग परे । मैले अफिसबाट १ महिनाको छुट्टि लिएर गएँ । जयदेवजी बस्ने नजिकै होटलमा म बसे । त्यसबेला भारतका धेरै गायक गायिका, संगीतकारहरुसँग मेरो भेट भयो । त्यही बेला माइतीघर फिल्मको लागि गीत रेकडिंग पनि गरे । मसँगै डुयट गीत गाउने कलाकारहरुलाई नेपाली उच्चारण गर्न सिकाएँ । आशा भोस्ले एकजना हुनुहुन्थ्यो त्यसरी मैले सिकाएकोमध्येमा । मैले चाहिँ त्यहाँ बसुञ्जेल जयदेवसँग सुगम संगीत सिके ।

    नमान लाज यस्तरी भन्ने गीत उषा मंगेश्वरसँग गायौँ । एयरफोन भन्ने त्यहीबेला त्यही सुनेथे ।  उषा र म सँगै थियौँ रेकडिंगमा । पहिलो रेकडिंग थियो त्यो मेरो । नर्भस थिइन । तर म्युजिसियनहरु साह्रै तगडा । बासुरी यति मिठो सुनियो कि त्यतातिर मेरो ध्यान जान्थ्यो । त्यहीबेला दुईचोटि बिग्रियो । बम्बईमा पुगेपछि मैले धेरै कुरा देखे, अनुभव गरे र सिके । मुख्य त त्यहाँ पुगेपछि पढ्नुपर्ने रैछ भन्ने मनमा लाग्यो । त्यहाँबाट फर्केपछि मैले बीचमै छुटेको पढाई पुनः गाँसे ।

    जागिरे जीवनः

    आमा बुबा छुटेको हुनाले म आफै पालिनुपर्ने थियो । आमालाई पनि पैसाको उत्तिकै दुःख हुन्थ्यो । बुबाले हप्ताको जम्मा ५ पैसा दिनुहुन्थ्यो । रेडियो नेपालमा नातीकाजी दाईहरु हुनुहुन्थ्यो, उहाँको तलब सय रुपैया थियो । गीत गाएवापत पाउँनेबाहेक मेरो तलब थिएन । त्यसबेला मैले ट्यूसन पढाए तीन ठाउँमा । १२ रुपैया लिन्थे । त्यसरी दुई महिना बित्यो । तर त्यसपछिको पैसाको गर्जो त टार्नै पर्यो । त्रिचन्द्रमा आइएसी पढ्दापढ्दै छाडेर जागिरको खोजीमा लागे । त्यसबेला म २२ वर्षको थिएँ । आमाको लागि केही गर्नुपर्छ भन्ने लाग्यो ।
    जागिर खोज्दै अमेरिकन लाइब्रेरीमा पुगे । त्यहाँ अहिले काम छैन पछि आउनु भन्ने जवाफ पाए । मलाई टाइपिंग आउँथ्यो र उनीहरुको ह्याण्डराइटिंग पनि राम्रोसँग बुझ्थे । मैले शुरुमा बिना पैसा टाइप र फाइलिंग गरे । पछि त्यही नोकरी लाग्यो । त्यहाँ मैले काम गर्न थालेपछि पैसाको जोहो भयो । त्यसले गर्दा पनि मलाई संगीतको अम्मललाई थेग्न सजिलो भयो । किनकी हामी पैसाको लागि गीत संगीतमा लागेका थिएनौँ । त्यो सोख थियो, अझ अम्मलै थियो र सबैको मनोरञ्जनको एकमात्र माध्यम पनि । मैले अमेरिकन लाइब्रेरीमा ३३ वर्ष काम गरे । ५५ वर्षको उमेरमा रिटायर्ड भए ।

    बुबा बितेपछि घरायसी समस्याले गर्दा मेरो धेरै समय र ध्यान त्यतातिरै गयो । म आमासँगै बसेको हुनाले काकाहरुले छोरै हैन भन्थे । जग्गा जमिनलाई लिएर लामो समय मुद्दा चल्यो । मुद्दा खेप्दाखेरी मैले भनेजस्तो संगीतमा समय दिन सकिन । जे होस् अन्तमा मुद्दा जितियो । दुःखले घेरेपछि एकचोटि त अमेरिका पसु कि भन्ने पनि मनमा लागेको थियो । तर जे जस्तो दुःख आइपरेपनि संगीतले मल्हमको काम गथ्र्यो । जस्तोसुकै आपतमा पनि मलाई संगीतले नै सन्तोष दिन्थ्यो ।

    आजकलको माहोलः

    उबेला हेरिकन अहिले गीतसंगीत एकदम विस्तारित भइसकेको छ । २०५० सालमा ट्रयाक सिष्टम भित्रिएपछि संगीतमा नयाँ मोड आयो । पहिला हामी लाइभ गाउँथ्यौँ ।  पहिला सीमित कलाकारहरु थियौँ । अहिले लाखौँको संख्यामा पुगिसक्यो । अहिले एक किसिमले राम्रो पनि छ र नराम्रो पनि छ । आजकलका गीत संगीत राम्रा त छन् तर धेरैजसो मनभित्र पस्दैनन् । अहिले लाइफ फास्ट छ । सबैकुरा फास्ट छ ।

    उबेला हेरिकन अहिले गीतसंगीत एकदम विस्तारित भइसकेको छ । २०५० सालमा ट्रयाक सिष्टम भित्रिएपछि संगीतमा नयाँ मोड आयो । पहिला हामी लाइभ गाउँथ्यौँ । ट्रयाक सिष्टम भएपछि धेरै सजिलो भयो । पटकपटक एउटै गीतलाई गाउन थालियो । पहिला सीमित कलाकारहरु थियौँ । अहिले लाखौँको संख्यामा पुगिसक्यो । अहिले एक किसिमले राम्रो पनि छ र नराम्रो पनि छ । आजकलका गीत संगीत राम्रा त छन् तर धेरैजसो मनभित्र पस्दैनन् । अहिले लाइफ फास्ट छ । सबैकुरा फास्ट छ ।

    राम्रा र सच्चा कलाकारहरु मात्र हैन बाथरुम सिंगर पनि राम्रा मानिइएका छन् । पहिला हामीले रेडियोमा गीत गाउँदा पैसा पाउँथ्यौँ । अहिले उल्टै तिरेर आफ्नो गीत बजाउनुपर्छ । ९७ प्रतिशतले धमाधम पैसा दिएर गीत बजाउँछन् भन्ने सुन्छु म । र तिनै ९७ प्रतिशतले नै सबैतिर ढाकीदिए । चिच्याइ चिच्याई, एउटै शब्द दोहोर्याइ दोहोर्याइकन गाउने चलन खुबै बढेको छ, नेपाल र भारत दुबै देशमा । अस्ति मैले एउटा गीतमा कतिपटक दोहोर्याउँछ भनेर गने, ४६ पल्ट एउटै लाइन दोहोरिएको थियो त्यसमा । अहिलेका श्रोताहरुले राम्रा गीत संगीत सुन्न पाएनन् । यो प्रवृत्तिमा कहिले सुधार आउला रु पहिलेको तुलनामा आजकाल गीतको शब्द पनि राम्रा छैनन् ।

    (यो संस्मरण गत फागुन १४ बिहिबारका दिन मार्टिन चौतारीमा गायक एवं संगीतकार प्रेमध्वज प्रधानले आफ्नो ६ दशक लामो सांगीतिक यात्राबारे सुनाउनुभएको अनुभवको आधारमा कैलाश राईले तयार पार्नुभएको हो । समय सापेक्षित भएका कारण प्रस्तुत गरिएको हो ।)

    बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.