• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सङ्क्रमितलाई अस्पताल ल्याउँदै भरतपुर महानगरपालिका


  •   बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
  •  

    Advertisement

    चितवन  । कोरोना भाइरसको पहिलो लहरमा अस्थायी अस्पताल र व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालन गरेको भरतपुर महानगरपालिकाले यस पटक सङ्क्रमितलाई अस्पताल सम्म निःशुल्क ल्याउने अभियान सुरु गरेको छ ।

    यस संगै दुई स्थानमा आइसोलेसन तयार गर्दै छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुईवटा एम्बुलेन्स सङ्क्रमितलाई अस्पताल ल्याउनका लागि तयारी अबस्थामा राखिएको बताउनुभयो । शहरी क्षेत्रकालाई भन्दा ग्रामिण क्षेत्रका सङ्क्रमितलाई अस्पताल सम्म आउन कठिन हुने भएकाले एम्बुलेन्सको व्यवस्था गरिएको उहाँको भनाई छ ।

    उहाँले भन्नुभयो “महानगर भित्रै कोरोना उपचारका लागि तीन ठूला अस्पताल रहेका छन् । ती अस्पताल सम्म ल्याउने व्यवस्था महानगरले गर्छ ।” सामान्य अबस्थाका सङ्क्रमित घरमानै बसेको र जटिललाई अस्पतालमानै राख्नु पर्ने भएकाले यसको व्यवस्थापनमा महानगर जुटेको उहाँको भनाई छ । प्राथमिक स्वास्थ्य केन्द्र शिवनगर र स्वास्थ्य चौकी शारदानगरमा आइसोलेसन कक्ष तयारी गरिने पनि उहाँले जानकारी दिनुभयो । यी दुई ठाउँमा कम्तिमा ५० शैयाको आइसोलेसन कक्ष निर्माण गर्न सकिने छ ।

    कोरोनाको उपचार गर्न तोकीएका अस्पतालहरुको शैया भरिएमा आइसोलेसन कक्षलाई सञ्चालनमा ल्याइने उहाँको भनाई छ । ती आइसोलेसन अक्सिजन सहितको सुबिधा सम्पन्न हुने छन् । कोभिड १९ को रोकथाम र उपचारको लागि आँफ्नै नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वपक्षी समिति गठन गरिएको छ ।

    उहाँले कोरोनाका लक्षण देखिएकाहरूलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको र आवश्यक परेका बिरामीहरूलाई अस्पतालसम्म ल्याउने व्यवस्था गरेको बताउनुभयो । स्वास्थ्य विज्ञहरू स्वास्थ्य संस्था प्रमुखहरू र स्थानीय प्रशासनसंग जोखिम न्यूनिकरण र प्रभावकारी उपचारका लागि समन्यव गरी महानगर अगाडि बढेको बताउँदै उहाँले हरेक टोल टोलमा माइकिङ्ग मार्फत सचेतना कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

    भरतपुर महानगर उपप्रमुख पार्वती शाहले स्थानीय प्रशासनले जारी गरेको निषेधआज्ञालाई सफल पार्न समन्वय गरिएको बताउनु भयो । उहाँले भन्नुभयो “संङ्क्रमितहरूलाई स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिएको छ ।” भरतपुर केन्द्रिय अस्पताल, मेडिकल कलेजहरू, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा महानगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूसंग समन्वय गरी सङ्क्रमितहरूको उपचारका लागि प्रभावकारी ढङ्गले अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले महानगर माहतहतका सम्पूर्ण स्वास्थ्य केन्द्रहरू नियमित सञ्चालन गरी स्वास्थ्यकर्मीहरूलाई कोभिड रोग नियन्त्रण, व्यवस्थापन तथा उपचारका लागि परिचालन गरिएको बताउनुभयो । जिल्लास्थित अन्य कार्यालय तथा संघ संस्थाहरूसंगको समन्वयमा कोभिड रोकथाम तथा उपचारको लागि समन्वय र सहजीकरण भइरहेको महानगरको भनाइ छ ।

    जनप्रतिनिधि, स्वास्थ्यकर्मी, वडा स्थित सर्वपक्षिय समिति र टोल विकास समितिलाई समेत सक्रिय बनाइ कोभिडका बिरामीहरूको पहिचान व्यवस्थापन र उपचारलाई सहज बनाउने कार्य भइरहेको महानगरले जनाएको छ ।

    महनगरबासीको स्वास्थ्य सुरक्षालाई विशेष महत्व दिएर आवश्यकता अनुसार थप कामहरू गर्दै जाने योजनाका साथ भरतपुर महानगर अगाडि बढिरहेको महानगर प्रमुख दाहालको भनाइ छ । गत वर्ष भरतपुर महानगरपालिकाले वागेश्वरीमा सञ्चालन गरेको आइसोलेसनबाट ५ सय जना सङ्क्रमितले सेवा लिएका थिए । महानगरपालिकाले अस्थायी अस्पताल स्थापना गरि भरतपुर अस्पताललाई हस्तान्तरण गरेको थियो ।

    बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.