काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ६८ हजार ५८० पुगेको छ।
अहिले देशभर सक्रिय संक्रमितमात्र ७२ हजार ५६१ छन्। गत २४ घण्टामा २७०७ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ९२ हजार ४९० पुगेको मन्त्रालयले जनाएको छ।
आज कोरोना संक्रमणका कारण ५४ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।
