आजै मात्र थुप्रै फोन कलहरू आए । चितवन मात्रै नभएर रसुवा, सुर्खेत काठमाण्डौ लगायत छिमेकी जिल्लाहरूबाट समेत सहयोगको आग्रह सहित फोन आए ।
भर्खर केही बेर अघि मात्रै एक बालकलाई फिशलिङ देखि नै एम्बुलेन्समा राखी अस्पताल पुर्याउने काम भयो । बिहानै देखि एम्बुलेन्सको लागि थुप्रै व्यक्तिले कल गर्नुभयो ।
आज पहिलो दिन नै हामी निकै व्यस्त भयौं । मेडिकल टिमले कोभिड पोजेटिभ देखिएका र कोभिडको संका भएकाहरूलाई स्वास्थ्य परामर्श दिने काम गर्नुभयो भने केही ठाउँबाट खाद्यान्न सहयोगको निम्ति समेत फोन आए ।
यद्यपि खाद्यान्न सहयोग तत्काल नगर्ने तर सो को निम्ति आवश्यक पूर्वतयारी गर्ने योजना अनुसार हामी अगाडि बढेका छौं । आजै मात्र ६ ओटा जति रक्त अभावको केसलाई सम्बोधन गर्न सक्यौं र भोलिका दिनमा यसलाई थप प्रभावकारी बनाएर लैजाने तयारी भइरहेको छ ।
सहयोग कक्ष मार्फत पनि थुप्रैले सुविधा लिनुभएको छ । कतिले त धन्यवाद दिन मात्रै पनि हामीलाई कल गर्नुभयो । निकै खुसि लाग्यो । यहाँहरुको साथ, सहयोग र मायाले नै हामीलाई सामाजिक सेवामा अझ धेरै प्रेरणा र ऊर्जा प्रदान गर्ने गरेको छ ।
धेरै धेरै आभार साथै भोलिका दिनमा हामीलाई अझै सक्रिय रूपमा अघि बढ्न सहयोग गर्नुहुन अनुरोध समेत गर्दछु । यहाँहरुको विश्वासलाई खेर जान दिनेछैनौं । आफ्नो ख्याल राख्नुहोला है ।
(ई. सागर कार्की , बेटर चितवनका संस्थापक तथा सामाजिक अभियन्ता हुनुहुन्छ। )
