बिपद नआओस कामना गरौ । भोलि भइ परि आउनसक्ने हरेक चुनौतीको सामना गर्न स्वयंसेवकिय भुमिकाबाट के कसरी स्थानिय निकायहरुलाइ सहयोग गर्न सकिन्छ त्यो तर्फ ध्यान केन्द्रित गरौ ।
पहिला त हामीले विभिन्न माध्यमबाट स्थानिय सरकार/प्रशासनलाई जवाफदेहि बनाउनु पर्छ । अर्थात कमिकमोजोरी गरे खबरदारी गर्नु पर्छ र द्रुत गरिमा काम गर्न दवाब सिर्जना गर्नु पर्छ ।
राज्य सम्यन्त्रबाट महामारी रोकथाममा स्वयंसेवकको आवस्यक महशुस गरे हामी बल्ल तयारी हुनु पर्छ । किनकी कतै स्वयंसेवकको नाममा हामीबाटै रोग फैलन मद्धत पुगेको पनि हुन सक्छ भन्ने तिर सचेत हुनु आवस्यक पनि छ ।
समूहमा साथिहरुले आ-आफ्नो टोल तिर परेका समस्या सम्बोधन गर्न यहाँ कुरा राख्न सकिन्छ र कहा कसलाइ भनेर छिट्टो समधान हुन्छ त्यो मनन गर्नु पर्छ । १०/१५ दिनको लागि चामल बोक्ने काम गर्नु हुदैन ! १०/१५ दिनलाइ प्राय सबैले जोहो गर्न सक्छन । मागेर खाने बानी बसाल्ने प्रवृत्ति सकभर रोख्नु पर्छ ।
यदि आफ्नो टोल/छिमेकमा कोहि बिरामी परेमा चितवनमा मात्रै सय भन्दा बढी एम्बुलेन्सको नम्बर सहितको जानकारी शेयर गरिएको प्रायलाइ थाहै छ र यदि नभए एक अर्को साथिलाइ फोन सम्पर्क गरेर पनि लिन दिन सकिन्छ ।
मानौ आफ्नो टोल छिमेकमा कोहि भोकै हुनु पर्यो भने पनि छिमेकीहरु मिलेर केही दिनको लागि आवस्यक सहयोग गर्न सक्छन । त्यता तर्फ पनि यसरी ब्यबस्था मिलाउदा चामलका बोरा बोकेर टाढा टाढा जानू आवस्यक पर्दैन । छिमिले छिमेकिलाइ मानवीय सहयोग गर्नु पर्छ भन्ने भावनाको बिकास गराउनु पनि आवस्यक छ ।
र अन्त्यमा स्वयंसेवकले हातमात्र अघि सार्ने भन्दा पनि समय अनुसार सचेत बन्ने र अरुलाइ सचेत रहेर सहयोगी बन्न प्रेरणा प्रदान गर्ने हो । समयलाई बुझ्नु र सम्बन्धित निकायलाइ जिम्मेवार बनाउनु सबैको दायित्व हो । सहयोगी बन्दै सम्बन्धित निकाएमा दवाव सिर्जना गरौ । परिआएको अवस्थामा जुनसुकै कामको लागि जहाँ गएर सहयोग गर्न हामी स्वयंसेवक तयार छौ भन्ने संदेश बाडौ ।
मुख्यतया राज्यलाइनै जवाफदेहि बनाउने हो । समस्या परे वडा मार्फत हल गर्न दवाब दिने हो । यति भन्दै गर्दा हाम्रो स्वयंसेवकिय भुमिकाबाट पन्छिनु पर्छ भन्ने होइन कि सचेत तरिकाले राज्यबाटै समस्याको समाधानको लागि दवाब बढाउनु असल स्वयंसेवकिय भुमिका पर्दछ । आवस्यक परे फिल्डमा उत्रन तयार रहनु पर्छ । म तयार छु ।
(भोज नारायण कंडेल , वे ग्रुप नेपालका अध्यक्ष तथा सामाजिक अभियन्ता हुनुहुन्छ। )
