एक वर्ष भन्दा बढि भयो नेपाल लगायत विश्वका लगभग सबै मुलुकहरू कोभिड-१९ ले ग्रसीत छन् । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने first भन्दा second wave झन बढि खतरनाक देखीएको छ । भाईरसको पनि रूप प्रतिरोधात्म क्षमता बढाएको र नॅंया variants देखीएसॅंगै मानव सभ्यतालाई नै सङ्कटमा पार्ने र पछिल्लो समयमा जुन कुनै पनि उमेर समुहको मानिसलाई सजिल्यै अस्पतालको शैया हुदै चिहानसम्म छिनभरमै पुर्याएको देख्न सकिन्छ ।
मलाई आश्चार्य लाग्छ , दया भाव जागेर सम्झाउन बुझाउन मन लाग्छ त्यस्ता सेवामा लिप्त आत्माहरूलाई , ज्ञानका खानि आफुलाई सचेत युवा भन्नेहरूलाई ………
हो , मानव भएको नाताले मानवताको भावना नहुनु भनेको लाज मर्दो कुरा हो तर कस्तो कुरामा / अवस्थामा मानवताको भाव प्रकट गर्ने भन्ने हुन्छ । मलाई पनि मन पर्छ दिन दुखी,असहाय -निमुखा , गाह्रो अप्ठारो परेक बेलामा साथै पीडाले छिया छिया परेका ति आत्माबरूको लागी मलाम भैदिन । हरेक प्रतिकुल परीस्थितीको पनि आफ्नै स्वरूप हुन्छ र यो वर्तमान परीस्थीमा हामी व्यक्ति -व्यक्ति निस्किने होईन , एउटा संयन्त्र एंव योजनाका साथ महानगरलाई नै अझ बलियो बनाएर , हामी छौ है भन्ने आभास दिलाएर उच्च सुरक्षाका साथ त्यो पनि दक्ष जनशक्ति लाग्नुपर्छ ।यहा त जस्लाई केहि स्वास्थ सम्बन्धी ज्ञान छैन उसैले नै समाजसेवक हु भनेर कोभिड-१९ को नियन्त्रणमा हिडेका छन् ।
मैले विरोध गरेको होईन , सम्बन्धीत सबैमा सझक रहन अपील गरेको हो , सच्चीनुहोस् किनकि तपाई विनार्थमा सङ्क्रमण बन्दै , अरूलाई सङ्क्रमीत गराउदै हुनुहुन्छ ।
चीतवनमा जोखीम एकदमै बढेको छ र त यॅंहा निषेधाज्ञाको घोषणा गरीएको छ । दिन – रात ,घाम -पानि नभनि हाम्रो खराब बानि सुधार्न , हाम्रो सु स्वास्थ्यको लागी खटिनु हुने सेना, प्रहरी,सम्बन्धीत निकाय तथा प्रशासन प्रति नमन टक्राउदै केहि कुरा राख्न चाहान्छु । समाजसेवाका नाउमा सडकमा आउने ,अनावश्यक रमीता देखाउन छद्मभेषी समाजसेवीहरू जसले सरकारले / महानगरले / प्रशासनले निषेधज्ञामा बाहिर अनावश्यक नआउन र बिना काममा घरबाहिर ननिस्कन अपील गर्दा गर्दै पनि जान्ने भएर कसैको अनुमति नलिई हिडिरहेका छन् ।
राज्यको नियम सबैको लाही त्यतिकै मान्य हुन्छ । निषेधज्ञा गरीएको सङ्क्रमण कम / न्यूनिकरण गर्नका लागी हो , आवात-जावत तथा सामान्य गतिविधीमा कमी होस् भनेर हो तर समाजसेवाको नाउमा अनेक संस्थाका कार्ड, बिल्ला भिरेर दिनमा ५-७ पटक वा बढि डुल्ने र महानगरले स्वयं २४ सै घण्टा सेवाका लागी तयार छौ र थप योजना बनाउदै छौ भन्दै गर्दा पनि अनावश्यक बिना अनुमति गुट , भेला गर्ने , सहयोगका नाममा मनलाग्दि बुथ खडा गर्ने आदि क्रियाकलाप गर्नेलाई “ संक्रामक रोग एेन ,२०२०(२-१) “ बमोजीम नियम उल्लङ्घन सम्बन्धी कडा कारवाई / कसुर प्रकृया अगाडि सारीयोस् ।
यस्तो अनाधिकृत काम गर्नेलाई प्रशासन र महानगरबाट कारवाहि गरीनुपर्छ । यो सरासर सम्बन्धीत निकाय एंव महानगरलाई नै कमजोर पारेर ताकि केहि गर्न सकेन भन्ने पार्ने अनि हामी यसरी सहयोग गर्न आएका छौ ज्यानलाई नै बाजी राखेर भन्ने विभिन्न फोटा / न्यूज रेडि गर्ने र गर्न खोजीएको छ । तसर्थ हाम्रो अपील : यदि तपाईहरू वास्तममा नै सहयोग गर्नुहुन्छ भने भरतपुर महानगरसॅंग समन्यय गरेर वा पूर्ण रूपमा पहिचान सहित सडकमा निस्कनुहोस् नत्र भने तपाईलाई नि निषेधज्ञामा हिडेको भनि दण्डित गरीने छ ।
यो आगोलागी ,बाढि-पहिरो , आधीबेरी, भुकम्प, ज्वालामुखी जस्ता प्रकोप एंव त्यसबाट निम्तिएको क्षति होइन तसर्थ घरमै बस्नुहोस् , सुरक्षित रहनुहोस् साथै भरतपुर महानगरपालिका भित्र रहनुहुने सम्पूर्ण नगरवासीहरूका लागी एम्बुलेन्सको ब्यवस्थापन गरीएको छ । 9855065513, 9847053585…… यस फोन नम्बरमा सम्पर्क गर्नुहोला ।
धन्यवाद !
सचीव
महानगर युवा संजाल
