काठमाडौं । कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै निजी अस्पतालहरूले मनलाग्दी रूपमा बेडको मूल्य तोक्न थालेका छन। अव्यवहारिक र अमानवीय शर्त तेर्स्याएर सरकारले ती शर्त पूरा नगरेसम्म कोरोनाका बिरामीलाई ढोकाबाट छिर्न नदिनेसम्मका हर्कत निजीक्षेत्रका अस्पतालहरूले देखाएका हुन् ।
धुम्बाराही रिङरोडमा रहेको ह्याम्स अस्पतालले कोरोना संक्रमितसँग एउटा बेडको प्रतिदिन ५० हजार रुपैयाँसम्म असुल्न थालेको छ। आइसोलेसन सुइट रुमको प्रतिदिन ५० हजार रुपैयाँ लिने गरी अस्पतालले शुल्क तोकेको हो।

अस्पतालले ७ हजारदेखि ५० हजारसम्म एकै रुमको लिएको र त्यसरी लिएवापत कतै उजुरबाजुर नगर्ने भन्ने कागज समेत गराउने गरेको छ। सो अस्पतालले डिलक्स रुमको २६ हजार र प्राइभेट रुमको २१ ह्जार भनी बेड शुल्क निर्धारण गरेको छ । यो अस्पतालले बिरामीको उपचारमा भिजिट चिकित्सक आएमा प्रति भिजिट एक हजार पाँच सय रुपैयाँ तोकेको छ ।
यस्तै, शुनिल शर्मा संचालक रहेको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले १९ गते बैशाखदेखि लागू हुने गरी भनेर कोभिड क्याबिन सुपर डिलक्सको ३० हजार, कोभिड क्याविन डिलक्सको २५ हजार र सिंगल बेडको २० हजार रुपैयाँ प्रति दिन प्रति बेड शुल्क निर्धारण गरेको छ ।