• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कसरी बढाउने बिजुली खपत ?


  •   शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
  • – कुलमान घिसिङ
    कोभिडले थुप्रै आर्थिक र सामाजिक क्षेत्रजस्तै ऊर्जा खपतको शृंखलालाई पनि नराम्रोसँग प्रभावित पार्‍यो । विश्व बजारमा पेट्रोलियमको ‘फ्युचर’ मूल्य नकारात्मक हुन पुग्यो । यसले अन्तर्राष्ट्रिय विनिमय प्रणालीलाई नै उथलपुथल बनायो ।

    Advertisement

    नेपालमा पनि खासगरी जलविद्युत्मा महामारीको प्रभाव बढी भएको छ । बन्दाबन्दीका कारण उत्पादित विद्युत् खपत हुन नसक्ने अवस्था सिर्जना भयो । उद्योगधन्दादेखि विद्यालय, होटलजस्ता सेवा क्षेत्रका सबै व्यवसाय ठप्प हुँदा विद्युत् खपतमा ठूलो समस्या आयो ।

    अर्कातिर निर्माणाधीन विद्युत् आयोजनाको काम पनि प्रभावित भएको छ । कोभिडको प्रभाव संसारभरि नै परेकाले बन्दाबन्दीको अन्त्यपछि पनि आयोजनाका लागि आवश्यक सामान आउन सकेनन् । यसले जलविद्युत् आयोजना, प्रसारण लाइन र सबस्टेसन आयोजना निर्माणमा ढिलाइ भएको छ । यसरी महामारीले उत्पादन र उपभोग दुवैतिर समस्या ल्याएको छ ।

    वार्षिक १५ प्रतिशत हाराहारीले बढिरहेको विद्युत् माग कोभिडपछि वृद्धि हुन सकेन । उल्टै सामान्य अवस्थामा हुने खपतसमेत घटेर ऋणात्मक हुँदै गयो । बिजुलीको मागको चक्र नै रोकियो । यो खाडल पुर्न नेपालले ऊर्जा क्षेत्रमा नीतिगत हस्तक्षेप गर्नुपर्ने हुन सक्छ ।

    माग घट्नेबित्तिकै विद्युत् पनि खेर जाने अवस्था आयो । रातको समयमा त दिनहुँ विद्युत् खेर गइरहेको थियो । दिउँसोको समयमा समेत मागभन्दा उत्पादन धेरै हुने अवस्था आयो । एकातिर उत्पादित बिजुली खेर गइरह्यो भने अर्कोतिर कोभिड प्रभावित उपभोक्तालाई विभिन्न खाले छुट दिनुप¥यो । कोभिडकै कारण बिक्री भएको विद्युत्को महसुलसमेत समयमै संकलन गर्न नसक्दा यसले आर्थिक रुपमा पनि प्राधिकरणलाई कमजोर बनाएको छ ।

    कोभिडले देशभित्र मात्र नभएर अन्तरदेशीय विद्युत् व्यापारमा पनि निकै ठूलो प्रभाव पारेको छ । सामान्य अवस्था नेपालले रातको समयमा भारतमा धेरै विद्युत् निर्यात गर्न सक्थ्यो । कोभिडका कारण भारतमा समेत बन्दाबन्दी भएपछि त्यहाँ पनि उद्योगधन्दा चल्न सकेनन् र नेपालबाट रातमा निर्यात हुन सक्ने विद्युत्को ठूलो हिस्सा खेर गइरहेको छ ।

    निर्माणाधीन दर्जनौं आयोजना पछाडि धकेलिएका छन् । कोभिड नभएको भए माथिल्लो तामाकोसीलगायत निजी क्षेत्रका दर्जनौं आयोजनाहरू पूरा भइसकेका हुन्थे । तर, महामारीले आयोजनालाई चाहिने सामान उत्पादन गर्ने कम्पनी पनि बन्द हुँदा यी आयोजना पूरा हुन अझै लामो समय लाग्ने देखिएको छ ।

    नेपालमा विद्युत् आयोजनामा प्रयोग हुने धेरैजसो सामान चीनबाट ल्याउनुपर्छ । चिनियाँ नाका खुलाउन समयमै पहल नगर्दा वा गरिएको पहलले सार्थकता नपाउँदा निर्माण सकिनै लागेका जलविद्युत्, प्रसारण लाइन, सबस्टेसन र सोलार आयोजनाको काममा ढिलाइ भयो । अहिले पनि हजारौं ट्रक सामान चिनियाँ नाकामै अड्किएका छन् । यी सामान नआएसम्म ऊर्जा क्षेत्रका कुनै पनि आयोजना पूरा हुने अवस्था छैन ।

    निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरू एकरडेढ वर्ष पर धकेलिँदा उत्पादन लागत बढेको छ । कतिपय आयोजनाले त यो अवधिमा बढेको लागत धान्न नसक्ने अवस्थासमेत आएको छ । आयोजनाको लगानी फिर्ता हुने अवधि लम्बिएको छ । यसले उत्पादक कम्पनीको मनोबल खस्किएको अवस्था छ ।

    सरकारले २ वर्षभित्र शतप्रतिशत जनसंख्यामा राष्ट्रिय ग्रिडको विद्युत् पुर्‍याउने लक्ष्य राखेको थियो । कोभिड नभएको भए यो लक्ष्य पूरा हुने अवस्थामै थियो । अब यो लक्ष्य भेट्टाउन थप एकरडेढ वर्ष कुर्नुपर्नेछ ।

    सबस्टेसन र प्रसारण लाइन निर्माणमा पनि ठूलो असर परेको छ । औद्योगिक क्षेत्र लक्षित सबस्टेसन निर्माणमा पनि असर परेको छ । समयमै सबस्टेसन नबन्दा उद्योगले मागेजति विद्युत् दिन अहिलेसम्म पनि सकिएको छैन । यसले उत्पादित विद्युत् थपिँदै जाने र सबै विद्युत् खपत नभएर खेर जाने अवस्था जटिल बन्न सक्ने देखिन्छ ।

    कोभिडले थपेका चुनौती

    अरु देशको तुलनामा नेपालको विद्युत् माग धेरै नघटेकाले यसलाई पुनरुत्थान गर्न त्यति धेरै अप्ठेरो नपर्ला । तर, वार्षिक बढ्ने विद्युत् मागको साइकल भत्किएको र नयाँ आयोजनाको विद्युत् पनि थपिने बेला भएकाले थप विद्युत् कसरी खपत गराउने भन्ने ठूलो चुनौती खडा भएको छ ।

    प्रवद्र्धकको ठाउँबाट हेर्दा विद्युत् माग नबढेकाले थप लगानी गर्न निरुत्साहित भएका छन् । आयोजना बनाउँदा विद्युत् खेर गएर भोलि घाटामा जाने हो कि भन्ने चिन्ता बढेको छ । प्राधिकरणले ‘टेक अर पे पीपीए’ गरेर मात्र भएन । भोलि २र४ वटा आयोजनाको विद्युत् खेर जानेबित्तिकै प्राधिकरण त टाट पल्टिन्छ । अनि, निजी क्षेत्रलाई पैसा तिर्न सक्दैन भन्ने चिन्ता उनीहरूमा छ । ऊर्जामा थप लगानी भएन भने २र४ वर्षमै नेपालको ऊर्जा क्षेत्र पुरानै अभावको अवस्थामा फर्कन सक्ने चिन्ता पनि छ ।

    जलविद्युत् आयोजना आज बनाउन थालेर भोलि नै निर्माण सकिने होइन । ५र७ वर्षपछिको अवस्थालाई मूल्यांकन गरेर अहिले नै जलविद्युत्मा लगानी गर्ने, आत्मबल बढाउनुपर्ने हुन्छ । त्यसका लागि सरकारले निजी क्षेत्रको विश्वास जित्नुपर्ने अर्को ठूलो चुनौती छ ।

    कोभिडले हामीलाई डिजिटाइजेसनमा जान बाध्य पारेको छ । पुरानै शैलीले काम गर्दा अब हुँदैन भन्ने ज्ञान सबैलाई भइसकेको हुनुपर्छ । सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाएर महसुल संकलनलाई पनि पूर्ण डिजिटल बनाउन सके मात्रै भोलिका दिनमा काम गर्न सकिन्छ । कोभिडपछि विद्युत् प्राधिकरणलाई यो पनि ठूलो चुनौती हुनेछ ।

    चुनौतीसँग लड्ने गुरुयोजना

    कोभिड हुँदा वा नहुँदा पनि सबैभन्दा ठूलो चुनौती भनेको खपत कसरी बढाउने भन्ने नै हो । यसका लागि कराएर मात्रै खपत बढ्ने वाला छैन । पहिले पूर्वाधार बनाइदिनुपर्छ । पूर्वाधार बनाइदियो भने ५ सय मेगावाटसम्म विद्युत् खपत गर्ने उद्योग नेपालमा अहिले नै आउन तयार छन् ।

    पूर्वाधार तयार पारेर चाहेजति बिजुली दिन सक्छौं भनेपछि थप उद्योगहरू विराटनगर, वीरगञ्ज, भैरहवा, परासी, कोहलपुरजस्ता अहिलेका औद्योगिक करिडोरमै पनि आउँछन् । अबको प्राथमिकता शतप्रतिशत गुणस्तरीय र विश्वसनीय विद्युत् आपूर्ति हुनुपर्छ । लाइन ट्रिपिङ हुँदैन, ओभरलोड हुँदैन, २४ सै घन्टा गुणस्तरीय विद्युत् दिने  हो भने यहाँ जति पनि उद्योग आउँछन् ।

    विश्वसनीय लाइन दिनका लागि सिस्टमलाई स्वचालित प्रणालीमा ढाल्नुपर्छ । सबस्टेसन र प्रसारण लाइनको क्षमता बढाउनुपर्छ । ४०० केभी वा ६०० केभीका सबस्टेसन र वितरण प्रणाली बने भने चुहावट घट्छ र ट्रिपिङ हुँदैन । अहिले ढल्केबरमा ४०० केभी सबस्टेसन बनेको छ । नेपालको वितरण प्रणाली भारतको ठूलो प्रणालीसँग सिंक्रोनाइज हुँदै छ । यसले पनि नेपालको वितरण प्रणालीलाई थप विश्वसनीय बनाउनेछ ।

    विश्वसनीय प्रणालीका लागि हुनैपर्ने कुरामध्ये ऊर्जा ‘ब्याकअप’ पनि एक हो । नेपालमा भारतको बिजुली नै ब्याकअपको रुपमा प्रयोग हुँदै आएको छ । हैन भने अरु देशमा ५ हजार मेगावाट खपत हुन्छ भने २ हजार मेगावाट ब्याकअप राखिएको हुन्छ । हामीकहाँ यसरी ब्याकअप राख्नुपर्ने अवस्था छैन । भारतको ठूलो प्रणाली भएकाले हामीले चाहिएको बेला जति पनि बिजुली लिन सक्छौं । हामीले २ हजार मेगावाट ‘रिजर्भ’ राख्नु भनेको धेरै ठूलो व्ययभार थप्नु हो ।

    अहिलेकै खपत हेर्ने हो भने हामीकहाँ अधिकतम माग १३ सय मेगावाट छ । यस्तो बेला जगेडामा एक मेगावाट पनि रहँदैन । विश्वसनीय र भरपर्दो विद्युत् प्रणालीमा १३ सय मेगावाट खपत हुँदा कम्तीमा ३ सय  मेगावाट विद्युत् जगेडा हुनुपर्छ । ३ सय मेगावाटको रिजर्भ आयोजना बनाउन अहिले नै सक्ने अवस्था छैन । बनाए पनि यसको लागत खपत भइरहेको विद्युत्मै थप्नुपर्छ । यसले उपभोक्ताको विद्युत् महँगो हुन्छ । हामीले जलाशयको रुपमा भारतलाई राख्न सक्छौं । भारतबाट विद्युत् ल्याउँदा बिनाकुनै अतिरिक्त मूल्यमा जलाशयको बिजुली ल्याएजस्तो हुन्छ ।

    विश्वसनीय विद्युत् दिने ग्यारेन्टी गर्नु भनेको भोल्टेजको समस्या आएर उपभोक्तालाई क्षति भयो भने त्यसको क्षतिपूर्ति तिर्छौं भनेर ग्यारेन्टी गर्नु पनि हो । नेपालको ऊर्जा क्षेत्रले यो खालको ‘कन्फिडेन्स’ बनायो भने उद्योगको त ओइरो लाग्छ ।

    सिँचाइ

    यस्तै, सिँचाइका लागि रातको समयमा मात्रै डेडिकेटेड फिडर बनाएर सरकारलाई २ रुपैयाँ युनिटमै बेचे पनि घाटा हुँदैन । अन्य समयमा छुट्टै महसुल लगाउन सकिन्छ । यसले रातमा खेर जाने ५ सय मेगावाटसम्म विद्युत् सिँचाइमा खपत हुन सक्छ । यसका लागि धेरै ठूलो समय पनि लाग्दैन । १ वर्षमै पहाडमा लिफ्ट सिँचाइ र तराईमा भूमिगत सिँचाइ सुरु गर्न सकिन्छ ।

    यसका लागि जसरी ग्रामीण विद्युतीकरण गरिरहेका छौं, त्यसैगरी अब खेत–खेतमा पनि विद्युतीकरण गर्नुपर्छ । खेत–खेतमा सिँचाइ फिडर जोडिदिनुपर्छ । सरकारले पैसा तिर्छ भने २ रुपैयाँ युनिटमै दिए पनि घाटा हुँदैन । यसले कृषिको उत्पादकत्व बढाएर कोभिडले अर्थतन्त्रमा पारेको प्रभाव कम गर्न सघाउँछ ।
    अहिले सिँचाइका लागि पनि धेरै विद्युत् माग आएको छ । सरकारले खेतमा विद्युत् पु¥याउनै सकेको छैन । प्रदेश २ मा मात्रै नर्वेजियन सरकारको अनुदानलाई सिँचाइ फिडर बनाउनमा खर्च गरिएको छ । अरु प्रदेशमा पनि सिँचाइ फिडर बनाउने र त्यसबाट रातमा मात्रै बत्ती दिने गरियो भने रातमा खेर जाने विद्युत् तत्कालै खपत हुने अवस्था छ ।

    इन्डक्सन चुलो

    अहिले गाउँ–गाउँमा विद्युत पुगेको छ । ग्यासको सट्टा उपभोक्तालाई विद्युतीय चुलो दिनुपर्छ । यो काम सरकारले सजिलै गर्न सक्छ । सरकारले चाहने हो भने २०र२५ लाख चुलो बाँड्नु ठूलो कुरा होइन । त्यत्तिकै इन्डक्सन चलाउनुस् भन्दैमा कसैले चलाउने वाला छैनन् । यहाँ सरकारले हस्तक्षेप गर्नुपर्छ ।

    यो काम विद्युत् प्राधिकरणले पनि गर्न सक्छ । ५ अर्ब रुपैयाँ खर्च गर्ने हो भने यो काम हुन सक्छ । ५ अर्ब रुपैयाँ भनेको विद्युत् प्राधिकरणका लागि ठूलो कुरा होइन । टेन्डर गरेर २० औं लाख चुलो किन्दा २ हजार रुपैयाँमै आउँछ । उपभोक्तालाई ५० प्रतिशत अनुदान वा सित्तैमा दिए पनि हुन्छ । अनि मात्र मानिसले विद्युतीय चुलो प्रयोग गर्छन् । यसले पनि विद्युत् माग २र३ सय मेगावाट तत्काल बढ्छ भने ग्यास आयात घटेर व्यापार घाटा कम गर्न पनि सहयोग गर्छ ।

    विद्युतीय गाडी

    विद्युतीय गाडी किन्न पनि प्रोत्साहन मात्रै गरेर हुँदैन । यसमा नीतिगत हस्तक्षेप गर्नुपर्छ । विद्युतीय गाडीमा भन्सार छुट दिन सकिँदैन भने त्यो बराबरको भन्सार डिजेल गाडीमा बढाउन सकिन्छ । त्यसपछि त बाध्य भएर मानिसले विद्युतीय गाडी चढ्छ ।

    २÷४ वर्ष प्रयोग गरेर बानी परेपछि डिजेल गाडीमा कोही पनि फर्किंदैन । यसो गर्न सके अहिले कुल खपत ७ हजार गिगावाट आवर छ भने विद्युतीय गाडीले मात्रै रातको समयमा २० हजार गिगावाट आवर खपत गर्न सक्छन् । विद्युतीय गाडीको पेट्रोलको तुलनामा यात्रा १० गुणा सस्तो छ । रातको समयमा गाडी चार्ज गर्ने र दिउँसो कार्यालय जाने हो । रातको समयमा चार्ज गर्दा महसुल अझै सस्तो बनाउन पनि सकिन्छ ।

    खपतका नयाँ क्षेत्र

    नेपालले भारतबाट ल्याउने विद्युत्को मूल्यभन्दा बढी रकम मलखादमै खर्चिंदै आएको छ । नेपालमै रासायनिक मल उत्पादन गर्न सके २ सय मेगावाट विद्युत् एउटै उद्योगमा खपत गर्न सकिन्छ । वार्षिक २० अर्ब रुपैयाँभन्दा बढीको आयात पनि पूर्ण रुपमा रोकिन्छ ।

    दुई खर्बको कृषिजन्य सामग्री आयात हुनुको कारण हाम्रो गलत व्यवस्थापन हो । स्याउ फल्छ, फलेकै मौसममा खान वा बेच्न सकिएन भने कुहिन्छ । तर, देशभर ३र४ सय चिस्यान केन्द्र बनाउने हो भने ३ सय मेगावाटभन्दा बढी विद्युत् त्यसमै खपत हुन्छ । स्वदेशी उत्पादनलाई यसरी व्यवस्थित प्रयोग गर्न सके आत्मनिर्भर अर्थतन्त्रमा सहयोग मात्र पुग्दैन, तिनै वस्तुको आयातमा खर्चने अर्बौं रुपैयाँ पनि बच्छ ।

    नेपाललाई डेटा स्टोरेजको हब पनि बनाउन सकिन्छ । गुगलले सिंगापुरमा डेटा स्टोरेज राखेको छ । गर्मी ठाउँमा डेटा स्टोरेज राख्दा धेरै विद्युत् खपत हुन्छ । त्यहाँ २४ घन्टामा ५ सय मेगावाट विद्युत् खपत भइरहेको हुन्छ । यहाँको हावापानी नै चिसो भएकाले नेपालमा त्यस्ता डेटा स्टोरेज राख्न सके उनीहरूको लागत आधा सस्तो पर्छ । नेपालले डेटा स्टोरेजका लागि सुरक्षा दिन सक्यो भने विश्वका ठूला कम्पनीले यहाँ डेटा सेन्टर राख्न सक्छन् । यसबाट पनि नेपालले विद्युत्को ठूलो हिस्सा खपत गराउन सकिन्छ ।

    महसुल समायोजन

    मौसमअनुसारको महसुल लगाउनेबित्तिकै सामान्य मानिसले पनि गर्मी समयमा एसी राख्न सक्छन् । वर्षात्को बिजुली प्राधिकरणले ४ रुपैयाँ ८० पैसामा किनेको हुन्छ । त्यसमा सामान्य मूल्य थपेर उपभोक्तालाई दियो भन ६ रुपैयाँ युनिट पर्छ । ६ रुपैयाँमा वर्षात्को ४ महिना विद्युत् पाउने हो भने जोकसैले घरमा एसी, फ्रिज राख्न सक्छ । यसले वर्षात्को विद्युत् पनि देशभित्रै खपत गराउने वातावरण बनाउँछ ।

    यसका लागि मौसमअनुसारको महसुल लगाउनुपर्छ । हिउँदमा २ रुपैयाँ बढी र वर्षामा २ रुपैयाँ कम महसुल लगाउन सकिन्छ । बिहान, दिउँसो र रातीको छुट्टाछुट्टै महसुल लगाउन सकिन्छ । यसले रातमा खेर जाने विद्युत् सस्तो मूल्यमा बेच्न सकिने र वर्षात्को विद्युत् पनि देशभित्रै खपत गराउन सकिने अवस्थाको विकास गर्न सकिन्छ ।

    अर्थतन्त्रमा पारेको प्रभाव

    विद्युत् खपत कम हुनु भनेको आर्थिक गतिविधि ठप्प हुनु हो । सबै उत्पादन खपत हुँदा मात्रै उद्योगीले पूर्ण क्षमतामा उद्योग चलाउँछ । अहिले त उत्पादित सामग्रीको खपत नभएरै उद्योग आधा मात्रै चलेका हुन् ।

    लकडाउनले कसैलाई पनि फाइदा गरेन । निकै सानो आकार र आयातमा बढी निर्भर अर्थतन्त्र भएकाले हामीले लामो समय उद्योग बन्द नगरेको भए अहिलेसम्म ‘रिभाइभ’ भइसकेको हुन्थ्यो । अब लगानीकर्ताको मनोबल बढाउन सरकारले कदम चाल्नैपर्छ ।

    अब नेपालको ऊर्जा क्षेत्रका चुनौती पन्छाउन सबस्टेसन, ग्रिड र खपत प्रणालीलाई ‘अटोमेसन’ मा लानुपर्छ । यसले विद्युत् सेवाको विश्वसनीयता बढाउँछ । खराबी पत्ता लगाउन सहज हुन्छ । दिनमा ४ किसिमको महसुल तोकेर बिलिङ गर्न सकिन्छ । विद्युत् प्राधिकरणले सूचना प्रविधि मार्गचित्रको गुरुयोजना कार्यान्वयन गरिरहेको छ । यसले देशभरका सबस्टेसन र विद्युत्गृहलाई अटोमेसन गर्नेछ ।

    गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्न सके ठूलो परिवर्तन ल्याउँछ । अहिले हरेक सबस्टेसनमा कम्तीमा १२ जना कर्मचारी खटाउनु परेको छ । अटोमेसनमा गएपछि त्यही १२ जनाले १० वटा सबस्टेसनको काम गर्न सक्छन् । कोभिडपछिको पुनरुत्थानका लागि भने सरकारले अहिलेसम्म खास योजना बनाउन सकेको छैन । अहिलेसम्म हामी कोभिड प्रभावलाई सम्बोधन गर्ने चरणमै छौं । अब सम्बोधन गरेर मात्र हुँदैन, परिणाम दिनका लागि ठोस कदम चाल्नैपर्छ ।

    सरकारले निर्माणमा ढिलाइ भएका आयोजनालाई ब्याजमा सहुलियत दिनुपर्छ । उनीहरूको आयोजनाको अवधि थपिदिनुपर्छ । आवश्यक परे सस्तो ब्याजदरमा पुनर्कर्जा दिनुपर्छ । लगानीकर्ताको मनोबल बढाउन सकिएन भने नेपालको ऊर्जा क्षेत्र योभन्दा माथि जान सक्ने अवस्था छैन ।

    (लेखक नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् ।)

    साभार : नेपाल आर्थिक पत्रकार समाज (सेजन) अर्थनीति

    शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.