आदरणीय मेयर ज्यु, सिडियो ज्यु, जिल्लाका सम्पुर्ण पत्रकार मित्रहरुलाई भरतपुर महानगरपालिका युवा संजाल को तर्फबाट साधरण अनुरोध गर्न चाहान्छौ ।
तपाईंहरुलाई थाहानै छ चितवन मेडिकल सिटि भनेर चिनिछ, प्राय काठमाडौ रिफर हुने बिरामी अहिले कोभिडको बेलामा विभिन्न जिल्ला बाट बिरामीहरु चितवन रिफर भैरहेका छ्न। हामी मेयर ज्यु र सिडियो ज्यु लाई चितवन मा रहेको अस्पतालहरु एकचोटी अनुगमन गरिदिनु हुन अनुरोध गर्न चाहान्छौ। अस्पताल को बस्तु स्थिति त्यहाँको बिरामीका अवस्था र अस्पतालले गरेको ब्यबस्थापन को बारेमा अनुगमननै गर्नु पर्छ खालि फोन बाट र समाचार पढेर हुन्न भन्न चाहन्छौ र अनुगमन गरि त्याहा देखिएका समस्य सुधार गरिदिनुहुन अनुरोध गर्न चाहान्छौ।
त्यस्तै पत्रकार मित्रहरूलाई साधरण अनुरोध गर्न चाहान्छौ कि, पत्रकारको कार्ड भिरेर राजनीतिक दलको ब्याख्या गर्न छाडिदिनुहोस, अहिले समयको माग तपाईहरु चितवनमा रहेका सबै अस्पतालमा छिरी कुन अस्पतालले कति सेवा दिएको छ, बिरामीले सहज रूपमा उपचार पाएका छन, छैनन त्यो पता लगाउन लाग्नु हुन अनुरोध गर्न चाहान्छौ। यदि अस्पतालले शेवा दिएको छैन भने आवाज उठाउनु होस, र सम्बन्धित निकायलाइ जानकारी गराउनु होस अहिले को धर्म पत्रकार को यो हो पनि भन्न चाहान्छु।
साथै हामी पनि साथमा हिड्ने छौ तपाई हरुले उठाउनु भएको माग लाई सम्बोधन गर्नको लागि ,फेरि पनि भन्न चाहान्छौ मेयर साब र सिडियो साब को अनुगमन हुनुपर्यो र पत्रकार मित्रहरूले त्याहा बिरामीलाई परेका समस्याहरु उठाइ सम्बन्धित निकायलाई जानकारी गराइदिनु हुन अनुरोध गर्दछौ।
भरतपुर महानगरपालिका युवा संजाल परिवार
