• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चितवनका अस्पतालहरुमा बिरामीको चाप बढ्यो


  •   सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
  • चितवन । जिल्लाका अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै जाँदा बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ । जिल्लाका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुष्पाञ्जली अस्पताल, नारायणी सामुदायिक अस्पताल र नेशनल सिटी अस्पतालमा अहिले कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । यी अस्पतालमा सङ्क्रमितका लागि छुट्याइएका शय्याहरु भरिन लागेका छन् ।

    Advertisement

    चितवन मेडिकल कलेजले २५३ शय्या कोभिड उपचारका लागि भनेर छुट्याएकामा अहिले १५३ कोभिडका बिरामी रहेका छन् । अस्पतालका अपरेसन म्यानेजर पारस अधिकारीका अनुसार कोभिडका लागि ३० वटा भेन्टिलेटर छुट्याइएकामा अहिले त्यहाँ २९ बिरामी रहेका छन् । बाँकी भेन्टिलेटरलाई आकस्मिक कक्षमा प्रयोग गरिएको छ । तेइस बिरामी एचडियुमा रहेका छन् भने १०१ जना सघन उपचार कक्षमा रहेको उनले जानकारी दिए। अन्य एचडियुमा रहेको उनको भनाइ  छ । अस्पतालको आकस्मिक कक्षमा समेत बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।

    उनले भने, “कोभिडको रिपोर्ट नआएका तर भेन्टिलेटरमा राख्नु पर्नेलाई आकस्मिक कक्षमा राखी उपचार गरिरहेका छौँ ।” अस्पतालमा बिरामीको चित्कार देख्दा दर्दनाक स्थिति भएको उनको भनाइ छ । उनले भने, “दैनिक जसो अस्पताल आउँदा आउँदै मत्यु हुने बिरामीको सङ्ख्या चारदेखि पाँच जना रहेका छन् ।” श्वासप्रश्वासमा समस्या भई अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भइसकेकाको स्वाब नै परीक्षण नगरी पठाउने गरिएको छ । बिरामीको चाप बढ्दै गए अस्पतालले अक्सिजन पु¥याउन नसक्ने उनले बताए ।

    यस्तै पुरानो मेडिकल कलेजमा पनि बिरामीको चाप बढेको छ । अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेका अनुसार अस्पतालमा अहिले ६६ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालले  सङ्क्रमित बिरामीको उपचारका लागि २०० शय्या छुट्याएर उपचार गरिरहेको छ । अस्पतालमा रहेका बिरामीमध्ये १२ जना भेन्टिलेटरमा रहेका छन् । सघन उपचार कक्ष ५२ र एचडियुमा दुई जनालाई राखेर उपचार गरिएको छ । न्यौपानेका अनुसार बिरामीको चाप बढ्दै गएको छ । यही अनुसार सङ्क्रमित बढ्दै गए बिरामीको चापअनुसारको सेवा दिन अस्पताललाई कठिन हुने उनले बताए ।

    उनले भने, “अहिले पनि सङ्क्रमण पुष्टि नभएका १३ जनालाई आकस्मिक कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौँ ।” कोरोनाका कारण कठिन अवस्था आएको बताउँदै उनले भने, “अहिलेसम्म त अक्सिजनको समस्या छैन । बिरामी बढे जिल्लामा पनि अक्सिजनको समस्या आउन सक्छ ।” सो अस्पतालमा पनि भेन्टिलेटर खाली छैनन् ।

    भरतपुर अस्पतालमा १३७ सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालका सहायक सूचना अधिकारी नारायण रिजालका अनुसार अस्पतालममा कोभिडका बिरामी राख्ने क्षमता १४५ जनाको हो । पहिला १३५ जनाको क्षमता भए पनि आइतबार थप १० शय्या बनाइएको उनले जानकारी दिए । उनका अनुसार अहिले अस्पतालको सघन उपचार कक्षमा नौ, एचडियुमा २५ र सामान्य कक्षमा १०३ बिरामी रहेका छन् ।

    अहिले अस्पतालमा आएका बिरामी सबैलाई अक्सिजन दिनुपर्ने भएकाले उपचार जटिल बन्दै गएको उनको भनाइ छ । सरकारी अस्पतालमा उपचार गर्ने सरकारको नीतिअनुसार सङ्क्रमित थपिँदैं गएमा अन्य कक्ष खाली गरी शय्या थप्दै लैजाने तयारीमा अस्पताल रहेको  छ ।  अहिलेकै अवस्थामा अक्सिजन पर्याप्त भए पनि बिरामी बढेमा समस्या आउने अस्पतालले जनाएको छ ।  यता भरतपुरको बिपी कोइराला मेममोरियल क्यान्सर अस्पतालमा एक जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

    अस्पतालले क्यान्सर रोग लागेका र कोरोना सङ्क्रमण देखिएकालाई राख्नका लागि २० शय्याको कक्ष तयार गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आवश्यकतानुसार अस्पतालका सबै ४०० शय्या नै कोभिडको बिरामीका लागि प्रयोग गर्न सकिने बताए । अन्य अस्पतालमा बिरामीले उपचार गर्न नपाउने अवस्था आएमा क्यान्सर अस्पताललाई पनि प्रयोग गरिने उनले जानकारी दिए ।

    भरतपुरको चौबिसकोठीमा रहेको पुष्पाञ्जली अस्पतालमा अहिले कोभिड सङ्क्रमित १९ बिरामीको उपचार भइरहेको छ । सो अस्पतालमा २० सङ्क्रमितको उपचार गर्न सकिने अस्पतालका व्यवस्थापक सुजन अधिकारीले जानकारी दिए । उनका अनुसार अस्पतालको सघन उपचार कक्षममा छ र कोभिड कक्षमा १३ जनाको उपचार भइरहेको छ । अस्पतालमा अक्सिजनको क्षमताअनुसार मात्र कोरोनाका बिरामी राख्ने उनले बताए ।

    यस्तै जिल्लाको नारायणी सामुदायिक अस्पताल र नेशनल सिटी अस्पतालले समेत कोरोना सङ्क्रमितको उपचार शुरु गरेका छन् । नारायणी सामुदायिक अस्पतालमा अहिले १२ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये तीन जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । नेशनल सिटी अस्पतालमा एक जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार जिल्लाका अस्पतालमा ३९० सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये १७६ सङ्क्रमित चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका हुन् । जिल्लामा आजसम्म नौ हजार ५१९ जना कोरोना सङ्क्रमित भएका छन् ।

    उपचारका लागि आउने बिरामीमा छिमेकी जिल्लाहरु धादिङ, लम्जुङ, गोरखा, मकवानपुर, बारा, पर्सा, रौतहट, कैलाली, नवलपुर, नवलपरासी, रुपन्देही, अर्घाखाँची र प्युठानका  रहेका छन् । कतिपय जिल्लाबाट हेलिकप्टरमा पनि बिरामी यहाँ ल्याइएको छ । अहिलेसम्म कोभिडका बिरामीका लागि शय्या भए पनि भेन्टिलेटरको अभावका कारण कतिपय बिरामीको मृत्यु हुने गरेको छ ।

    सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.